Blogger Templates
आज विश्व एउटा बिहे हेर्नमा व्यस्त भयो। अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकताका साथ प्रसारण गरेका हुनाले इच्छा हुनेले होस् कि नहुनेले, यो बिहे नहेरी सुखै पाएनन्। बेलायती गद्दीका उत्तराधिकारीको लाइनमा दोस्रो नम्बरमा रहेका नवयुवराज विलियम्सको बिहे थियो त्यो। तर एउटा देशको हैन, पूरै विश्वकै राजपरिवारको बिहे हो कि जस्तो झल्को पाइन्थ्यो। बेलायत र उसले इतिहासमा उपनिवेश बनाएका देशहरुमा मात्र हैन, अरु देशमा पनि यो बिहेलाई उत्सुकतापूर्वक हेरियो। अमेरिकी मिडियामासमेत यही बिहे छाएको थियो।


बेलायतका भावी राजा र रानी बग्घी चढेर दरबारतिर जाँदै।
                   

काठमाडौ, चैत्र २४ - माओवादीले राष्ट्रपति रामवरण यादवका पछिल्ला अभिव्यक्ति र क्रियाकलापप्रति आपत्ति जनाएको छ । राष्ट्रपतिको पछिल्लो अभिब्यक्ति र नेताहरुसंगको बाक्लो भेटवार्ताप्रति माओवादीले संसदमा रोक्ष प्रकट गरेका हुन् ।

‘केही दिनअघि राष्ट्रपतिले संविधानसभाको दुई तिहाइ आधारमा संविधान जारी गर्न नमिल्ने अभिव्यक्ति दिनुभएको थियो भने विभिन्न दलका नेतासँग भेटघाट तीव्र पार्नुभएको थियो,’ सदनमा बुधबार विशेष समय लिएर बोल्दै माओवादी पोलिटब्युरो सदस्य लोकेन्द्र विष्टले भने, ‘के उहाँलाई श्रीपेच चाहिएको हो ?’
संविधानले आलंकारिक राष्ट्रपतिको व्यवस्था गरेको तर यादवबाट कार्यकारी राष्ट्रपतिको जस्तो व्यवहार भइरहेको उनको आरोप थियो । ‘राष्ट्रपतिलाई मनपरी बोल्दै हिड्ने अधिकार संविधानले कहाँ दिएको छ ?’ उनले भने, ‘उहाँ निश्चित क्षेत्र र जातिको नेता हुने गरी बोल्दै हिँड्नुभएको छ ।’ उनले राष्ट्रपतिका क्रियाकलाप र अभिव्यक्ति असंवैधानिक भएको आरोपसमेत लगाए । ‘उहाँका गतिविधि संविधानका मूल्य–मान्यता विपरीत छन्,’ उनले भने, ‘यो संविधान मिचाइ हो ।

read more........

काठमाडौं, चैत्र ८ - अमेरिकी युद्धबिमान लिबियामा दुर्घटनाग्रस्त भइ खसेको छ । अमेरिकी सेनाका प्रबक्ता केनिथ फिडलरले विमान कसैले खसाएको भनाइको खण्डन गरेका छन् ।
प्राविधिक त्रुटिका कारण वायु सेनाको एफ १५ स्ट्राइक इगल विमान अवतरण गरिएको प्रबक्ता फिडलरको दाबी छ । विमानका दुवैजना चालकको सकुशल उद्दार गरिएको अमेरिकी अधिकारीहरुले जनाएका बीबीसीले जनाएको छ । 

read more........

 

काठमाडौं, चैत्र ७ - पूर्व मन्त्री चिरञ्जीवी वाग्लेलाई कैद सजाए सुनाएलगत्तै सर्वोच्च अदालतले भ्रष्टाचारका अरु मुद्दाको सुनुवाइ थालेको छ । पदीय दुरुपयोग गरी अस्वाभाविक र आश्चर्यजनक सम्पत्तिसहित उच्चस्तरको जीवनस्तर यापन गरेको मुद्दा खेपिरहेका पूर्व प्रहरी प्रमुख प्रदीप शमशेर जवरालाई आइतबार सर्वोच्चले इजलाशमा हाजिर हुन बोलाएको छ ।

read more

No comments:

Post a Comment

Blogger Widgets