Blogger Templates

समाचारहरु

देबी खडका ,जयपुरी घर्ती मगर लागाएत लाई सपथ ग्रहण गराउदै प्रम झलनाथ
यतिखेर दोलखा अनि यहाँका बासिन्दाहरु को  छाती चौडा भई गौरीशंकर हिमाल झै आटल अनि गर्भले ढक्क फुलेको छ ! बाबुआमाले देवी नाम राखिदिए । तर, विपन्न बाबु जेलमा परेकाले उनलाई न 'लक्ष्मी'को धन प्राप्त भयो, न 'सरस्वती'को शिक्षा नै । तर, जनताको मतबाट ऐतिहासिक संबिधान साभाको चुनाब मा २२१८२ मत ल्याई  निर्वाचित उनी देशकी राज्यमन्त्री भएकी छन् । प्रौढ शिक्षा पढेकी दोलखाली चेली देवी खड्का देशकी राज्यमन्त्री भएकी छन् । उनले भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

दोलखाको दुर्गम जुगे गाविसको एक गरिब परिवारमा जन्मिएकी देवीले औपचारिक शिक्षाका लागि विद्यालय जान पाइनन् । त्यसैले पछि मौका पाएपछि उनले प्रौढ शिक्षामा चित्त बुझाउनुपर्‍यो । हुन त गाउँमै विद्यालय थियो, तर उनी सानै हुँदा बाबु र दाजु रित बहादुर खडका जेल परेको र घरको आर्थिक अवस्था कमजोर भएकाले उनले विद्यालय जाने मौकै पाइनन् । बाल्यकालमा अध्ययन गर्न नपाए पनि जनयुद्धका क्रममा उनले अनौपचारिक अध्ययन अघि बढाइन् । सभासद् बनेपछि राजधानीमै अंग्रेजी भाषासमेत सिकेकी खड्का अहिले फाट्टफुट्ट अंग्रेजीसमेत बोल्छिन् । द्वन्द्वकालमा गस्तीमा खटिएका सुरक्षाकर्मीले घरमा सुकाएका कपडा जलाएर धम्क्याएपछि उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीमा आवद्ध भएकी थिइन् । ०५३ साल चैतमा अनेमसंघ क्रान्तिकारीको जिल्ला अध्यक्ष भएकी देवीलाई ०५४ साल कात्तिकमा पक्राउ गरी २८ दिन हिरासतमा

read more.....

काठमाडौं, २४ वैशाख २०६८
 पछिल्ला केही दिनदेखि इन्टरनेटको सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा चाखलाग्दो तर गम्भीर नारा सार्वजनिक भएको छ, 'ज्याला पूरै लियौ, अब संविधान देऊ' । सञ्जाल प्रयोगकर्ताले सत्ता मोहको किचलो त्यागेर बेलैमा संविधान बनाउन नेतालाई आह्वान गरेका छन् । उनीहरूको इन्टरनेट आह्वान शनिबारदेखि सडकमा सार्वजानिक रूपमा आएको छ । फेसबुक र ट्वीटरकै सूचनाका आधारमा शनिबार दिउँसो माइतीघरमा भेला भएका युवा जमातले मण्डलामा उभिएर भन्यो, 'हामीलाई बेलैमा संविधान देऊ ।

संविधान बन्न बीस दिन बाँकी रहँदा करिब २ सयको संख्यामा आएका युवा दलका नेताहरूको दोहोरो चरित्रको व्यवहारप्रति निराश थिए । राजधानीका मध्यम वर्गीय तथा विदेशी नियोग, गैरसरकारी तथा वित्तीय संस्था, शैक्षिक संघसंगठनमा कार्यरत, मिस नेपालमा सहभागी तथा एक जना सभासद सुनिलबाबु पन्त पनि युवाले सुरु गरेको यो अभियानमा सरिक थिए । वातावरण क्षेत्रमा कार्यरत अनिल चित्रकार लगायत केही उपस्थितले संविधान निर्माणमा भएको विलम्बमाथि धारणा व्यक्त गरे ।

read more.....

काठमाडौं , वैशाख १९ - अल-कायदाका संस्थापक एवं प्रमुख ओसामा विन लादेनको मृत्यु भएको अमेरिकाले दाबी गरेको छ ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले सोमबार टेलिभिजन सम्बोधन गर्दै लादेनको मृत्यु भएको पुष्टि गरेका छन् । लादेन पाकिस्तानको सीमावर्ती क्षेत्रमा भएको सैन्य कारबाहीमा मारिएको ओबामाले टेलिभिजन सम्बोधनमा भनेका छन् ।

बिन लादेनको शव अमेरिकामा नै रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति ओबामाले आतंककारी लादेनको मृत्युबाट आफूलाई गर्बवोध भएको बताएका छन् । ओबामाले विश्वभरका मुलुकलाई शान्तिपूर्ण बनाउने अभियानमा ढिलै भए पनि सफल भएको टिप्पणी गरेका छन् । उनले विश्वलाई नै शान्तिपूर्ण बनाउने आफ्नो अभियान जारी रहने प्रतिबद्धतासमेत जनाएका छन् ।टेलिभिजन सम्बोधनमा ओबामाले १० वर्षसम्मको आतंकवादविरुद्धको लडाईंमा साथ दिने अमेरिकी जनता र युद्धमा निरन्तर खटिएका सैनिकहरुलाई धन्यवाद दिएका छन् । लादेन मारिएको समाचारबारे उनको संगठन अल-कायदाले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

 read more.......

आज विश्व एउटा बिहे हेर्नमा व्यस्त भयो। अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकताका साथ प्रसारण गरेका हुनाले इच्छा हुनेले होस् कि नहुनेले, यो बिहे नहेरी सुखै पाएनन्। बेलायती गद्दीका उत्तराधिकारीको लाइनमा दोस्रो नम्बरमा रहेका नवयुवराज विलियम्सको बिहे थियो त्यो। तर एउटा देशको हैन, पूरै विश्वकै राजपरिवारको बिहे हो कि जस्तो झल्को पाइन्थ्यो। बेलायत र उसले इतिहासमा उपनिवेश बनाएका देशहरुमा मात्र हैन, अरु देशमा पनि यो बिहेलाई उत्सुकतापूर्वक हेरियो। अमेरिकी मिडियामासमेत यही बिहे छाएको थियो।


बेलायतका भावी राजा र रानी बग्घी चढेर दरबारतिर जाँदै।
                   

काठमाडौ, चैत्र २४ - माओवादीले राष्ट्रपति रामवरण यादवका पछिल्ला अभिव्यक्ति र क्रियाकलापप्रति आपत्ति जनाएको छ । राष्ट्रपतिको पछिल्लो अभिब्यक्ति र नेताहरुसंगको बाक्लो भेटवार्ताप्रति माओवादीले संसदमा रोक्ष प्रकट गरेका हुन् ।‘केही दिनअघि राष्ट्रपतिले संविधानसभाको दुई तिहाइ आधारमा संविधान जारी गर्न नमिल्ने अभिव्यक्ति दिनुभएको थियो भने विभिन्न दलका नेतासँग भेटघाट तीव्र पार्नुभएको थियो,’ सदनमा बुधबार विशेष समय लिएर बोल्दै माओवादी पोलिटब्युरो सदस्य लोकेन्द्र विष्टले भने, ‘के उहाँलाई श्रीपेच चाहिएको हो ?’

संविधानले आलंकारिक राष्ट्रपतिको व्यवस्था गरेको तर यादवबाट कार्यकारी राष्ट्रपतिको जस्तो व्यवहार भइरहेको उनको आरोप थियो । ‘राष्ट्रपतिलाई मनपरी बोल्दै हिड्ने अधिकार संविधानले कहाँ दिएको छ ?’ उनले भने, ‘उहाँ निश्चित क्षेत्र र जातिको नेता हुने गरी बोल्दै हिँड्नुभएको छ ।’ उनले राष्ट्रपतिका क्रियाकलाप र अभिव्यक्ति असंवैधानिक भएको आरोपसमेत लगाए । ‘उहाँका गतिविधि संविधानका मूल्य–मान्यता विपरीत छन्,’ उनले भने, ‘यो संविधान मिचाइ हो ।

read more........

काठमाडौं, चैत्र ८ - अमेरिकी युद्धबिमान लिबियामा दुर्घटनाग्रस्त भइ खसेको छ । अमेरिकी सेनाका प्रबक्ता केनिथ फिडलरले विमान कसैले खसाएको भनाइको खण्डन गरेका छन् ।प्राविधिक त्रुटिका कारण वायु सेनाको एफ १५ स्ट्राइक इगल विमान अवतरण गरिएको प्रबक्ता फिडलरको दाबी छ । विमानका दुवैजना चालकको सकुशल उद्दार गरिएको अमेरिकी अधिकारीहरुले जनाएका बीबीसीले जनाएको छ । 

read more........

 

काठमाडौं, चैत्र ७ - पूर्व मन्त्री चिरञ्जीवी वाग्लेलाई कैद सजाए सुनाएलगत्तै सर्वोच्च अदालतले भ्रष्टाचारका अरु मुद्दाको सुनुवाइ थालेको छ । पदीय दुरुपयोग गरी अस्वाभाविक र आश्चर्यजनक सम्पत्तिसहित उच्चस्तरको जीवनस्तर यापन गरेको मुद्दा खेपिरहेका पूर्व प्रहरी प्रमुख प्रदीप शमशेर जवरालाई आइतबार सर्वोच्चले इजलाशमा हाजिर हुन बोलाएको छ ।

read more

Blogger Widgets