Blogger Templates

मनोरञ्जन

  • अञ्जु पन्त र मनोजराज अलग हुने बाटोमा

    म एकदमै टेन्सनमा छु, एकपटक आउन मिल्छ,' -गायिका अञ्जु पन्तले एकाबिहानै मोबाइलमार्फत आग्रह गरिन् । उनको स्वरमा तनाव झल्कन्थ्यो । त्यसको केही समयपछि मनोजराजले पनि फोन गरे र सोधे, 'कतिबेला आउने हो ?' उनीहरू केही कुरा स्पष्ट  गर्न हतारिरहेको प्रस्ट थियो । बिहानको साढे आठ बजे उनीहरूको निवास खोज्दै धुम्बाराही पुगियो । घरभित्र कुनै ठूलो घटनापछिको चकमन्नता थियो । भेटघाट हुँदा मुस्कुराइरहने मनोजको मुहारमा तनावको भाव थियो । अञ्जुका आँखा रसाएका थिए भने उनले  आफ्नो मुख र नाक मास्कले छोपेकी थिइन् । मनोजकी आमाको अनुहारमा पनि चिन्ता देखिन्थ्यो । मनोज र अञ्जुकी एकमात्र नौ वषर्ीया छोरी परितोषिका विद्यालय जाने तयारीमा थिइन्, उनको मुहारमा पनि असमञ्जसताको भाव थियो ।

    अनुमान लगाउन गाह्रो भएन— अघिल्लो रात मनोज र अञ्जुबीच नराम्रो विवाद भयो । 'गाह्रो भयो, मेरो कारणले अप्ठेरो हुन थाल्यो घरमा,' -अञ्जुले कुरा आरम्भ गरिन् । कोकिलकण्ठी गायिकाको स्वर त्यतिबेला भासिएजस्तो थियो । उनको कुरा पूरा हुँदा-नहुँदै  मनोजले पनि गला अवरुद्ध भएको आवाजमा भने- 'हामीबीच अन्डरस्ट्यान्डिङ नै भएन ।' यो घटना फागुन २७ गते शुक्रबार बिहानको हो ।

    raed more .........  

राजधानीमा यसै साता सम्पन्न अन्तर्राष्ट्रिय टाटु सम्मेलनमा स्वभाविक, अनौठा अनि डरलाग्दा टाटु कुँदाउनेहरूको कमी थिएन। आखिर सुन्दर शरीरमा कहिल्यै नमेटिने खत हुने गरी किन टाटु कुँदाउने ? 'आमाले कुँदाउनुभएको थियो, मैले पनि कुँदाएँ, सुन्दर कला भएकाले मन पर्‍यो,' ललितपुर मंगलबजारकी भरना शिल्पकारले तिघ्राभरि कोरिएको सुन्दर टाटु देखाउँदै भनिन्। भारत नयाँदिल्लीका ७० वषर्ीय हरप्रकाश ऋषिले सुन्दर शरीरमा गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाउनकै लागि टाटु कुँदाएका हुन् त ? उनले शरीरमा सबैभन्दा बढी मुलुकको टाटुको झन्डा बनाउने तीनवटा रेकर्ड बनाइसकेका छन्। 'म मरेपछि भूत बनेर विना राहदानी र भिसा संसारको परिक्रमा गर्न चाहन्छु, त्यही भएर टाटु कुँदाएको,' उनको जवाफ थियो।
                                                                                                                                    
'एउटा मान्छेको मायाले कति फरक पर्दछ, जिन्दगीमा,

एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा'
 

नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल हिजोआज यही गीत गुनगुनाउन थालेका छन्। जीवन र वैवाहिक सम्बन्धका बारेमा सधैं पृथक् दृष्टिकोण राख्दै आएका यी नायकले स्वर सम्राट नारायण गोपालले गाएको यो गीत गाउनुमा रहस्य लुकेको अनुमान लगाउन कसैलाई गार्‍हो पर्दैन। 'जीवन चलाउन विवाह आवश्यक छैन, तर त्यसो भन्दैमा सबै अविवाहित नै हुनुपर्छ भन्नेचाहिँ होइन, म आफैंले विवाह गर्नैपर्छ भन्ने सोच्दिनँ, तर मेरो विवाहको सम्भावना नै छैन पनि भन्दिनँ' केही समय अघिसम्म यस्तै मान्यता राख्ने नायक हमाल ४८ वर्षको उमेरमा आइपुग्दा भने विवाहप्रति बढी नै सकारात्मक देखिएका छन्। दर्शनका कुरा एक हदसम्म सही छन्, जसले मलाई विवाह आवश्यक होइन भन्ने बुझायो, तर नारायण गोपालको यो गीत दर्शनभन्दा पनि यथार्थ रहेछ भन्ने अहिले आएर बुझें। जीवनको एउटा कालखण्डमा आएर मैले महसुस गरे, विवाह र जीवनसाथीको महत्वहमालले साप्ताहिकलाई विशेष जानकारी दिने क्रममा भने।

read more ......

 

 

माग्ने: साहेब २० रुपैयाँ दिनुहोस् न कफी पिउनु मन लाग्यो ।
साहेब: किन २० रुपैयाँ नि ? कफी त १० रुपैयाँ कपमै आउछ त ।
माग्ने: साहेब, साथमा girlfriend पनि छ नि त ।
साहेब: माग्ने भएर girlfriend बनाएर हिड्छौ ?
माग्ने: होइन साहेब, girlfriend ले चाँही माग्ने बनायो ।


Husband
wife कतै जादै थियो । बाटोमा एउटा गधा भेटियो ।
wife: (
जिस्किदै) तिम्रो नजिकको आफन्त हो नमस्ते गर ।
Husband:
नमस्ते ससुरा बा ।

सासु (बुहारी सँग रिसाउदै):
भगवानले तँलाई २ वटा आँखा दिएको छ , चामलमा २ - ४ ढुङ्गा निकाल्न सकिनौ ??
बुहारी : तपाईंलाई पनि भगवानले ३२ वटा दाँत देको छ त २ - ४ वटा चपाउन सक्नु भएन त

                                                                                                           read more 

Blogger Widgets