Blogger Templates

महत्वपूर्ण दस्ताबेज


  • प्रधानमन्त्रि झलनाथ खनाल को नेतृत्व सरकारले बल्ल  पुर्णता पाएको छ, गठित मन्त्रि परिषदका सदस्य र कार्यविभाजन

    मार्क्सवाद-लेनिनवाद-माओवादको सर्वभौम सत्यलाई नेपाली समाजको वास्तविक स्थितिमा लागू गर्ने प्रक्रियामा चलेको लामो वैचारिक एवम् वर्गसंघर्षको अनुभवका आधारमा एकता महाधिवेशनमा हाम्रो पार्टीले क्रान्तिकारी राजनैतिक कार्यदिशा निर्धारित गर्‍यो । त्यस कार्यदिशामुताविक केन्द्रीय समितिको तेस्रो विस्तारित वैठकले व्यवस्थित रूपले पार्टीले सैन्य कार्यदिशा अघि ल्यायो । त्यो सैन्य कार्यदिशाले आजको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा मात्र होइन, नेपाली समाजको ऐतिहासिक विकासप्रक्रिया र आजको आर्थिक, राजनैतिक, साँस्कृतिक एवम् भौगोलिक विशिष्टताहरू समेतको लेखाजोखा गरी नेपाली जनयुद्धको रणनीति एवम् कार्यनीतिहरूको खाका तयार पार्‍यो ।
    read more .....
    २६ मंशिर २०६५
    कास्कीको ढिकुरपोखरी गाविस वडा नं. २ मा वि.सं. २०११ साल मंसिर २६ गते जन्मिएर वि.सं. २०१९ सालमा चितवनमा बसाइ सर्नुभएका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ वि.सं. २०२८ सालबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो। चितवनको नारायणी विद्यामन्दिर माविमा कक्षा १० सम्म छविलाल दाहालको नाममा पढेपछि एसएलसी दिनुअगाडि उहाँले आफ्नो नाम पुष्पकमल बनाउनुभएको थियो। वि.सं. २०२६ सालमा एसएलसी उतीर्ण गरी आईएस्सी पाटन संयुक्त क्याम्पसबाट गर्नुभएका दाहालले वि.सं. २०३३ सालमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवनबाट कृषि विज्ञानमा स्नातक (बीएस्सी एग्री) गर्नुभएको थियो।
    सानैदेखि सामाजिक विषयमा चासो राख्ने प्रचण्डले चितवनको नारायणी विद्या मन्दिर, नवलपरासीको डन्डा मावि र केही वर्षगोरखाको आरुघाटस्थित भीमोदय माविमा अध्यापन गर्नुभएको थियो। उहाँले अमेरिकी सहयोग नियोगमा वि.सं. २०३२ सालमा केही समय काम गर्नुभएको थियो। मुक्तिराम दाहाल र भवानी दाहालका सुपुत्र प्रचण्डका अहिले तीन छोरी र एक छोरा छन्। माहिली छोरी रेणु हाल सभासद् हुनुहुन्छ भने छोरा प्रकाश पनि माओवादी पार्टीमा सक्रिय कार्यकर्ता हुनुहुन्छ। उहाँ चार नातिनातिनाका हजुरबुबा पनि हुनुहुन्छ।

     

     

                        read more

    आदरणीय दिदी–बहिनी तथा दाजुभाइहरु!
    तेह्र महिनाअघि मैले प्रधान मन्त्रीको पद सम्हालेदेखि आजसम्म आइपुग्दा अनेकौं घुम्तीहरु पार भएका छन्। तत्कालीन प्रधान मन्त्रीले राजीनामा गरेपछि उत्पन्न अप्ठ्यारो राजनीतिक परिस्थितिमा २२ राजनीतिक दलको समर्थनमा २०६६ जेठ ९ गते व्यवस्थापिका–संसदबाट म विधिवत् प्रधान मन्त्रीमा निर्वाचित भएको थिएँ। ऐतिहासिक जनआन्दोलनको उपलब्धि लोकतान्त्रिक गणतन्त्रमा सरकार प्रमुखको महत्वपूर्ण जिम्मेवारीलाई मैले देश, जनता र लोकतन्त्रका पक्षमा दृढताका साथ बहन गर्ने इमानदार प्रयास गरेको छु। राजनीतिक आन्दोलनको महाअभियानमा अमूल्य जीवनको आहुति दिने ज्ञात–अज्ञात शहीदहरुप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, आन्दोलनका घाइते र अपाङ्गहरुप्रति ऐक्यबद्धता प्रकट गर्दछु।
    read more .........
    काठमाडौँ। प्रधानमन्त्री माधवकुमार नेपालले आमहडताल फिर्ता लिएर राष्ट्रिय सहमति र सहकार्यको दिशामा अघि बढ्न एकीकृत नेकपा (माओवादी)लाई आग्रह गर्नुभएको छ। राष्ट्रका नाममा आज बेलुकी गर्नुभएको सम्बोधनमा प्रधानमन्त्री नेपालले जनताको दैनिक जीवनमा आइपर्ने कठिनाई, शान्ति प्रक्रियामाथि प्रतिकूल असर र संविधान निर्माण कार्यमा पर्ने व्यवधान समेतलाई ध्यानमा राखेर मुठभेडको नीति परित्याग गरी सहमति र सहकार्यमा आउन एकीकृत माओवादीलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री नेपालले दिनुभएको १२ बुँदाको सम्बोधनको पूर्ण पाठ यसप्रकार रहेको छ – 
    read more .................
आदरणीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,
१) आज हामी नेपाली इतिहासको असाध्यै गौरवशाली तर चुनौतीपूर्ण क्षणमा उभिएका छौं । यस्ता क्षणहरू कुनै देशका इतिहासमा कमै मात्र आउने गर्दछन् । एकातिर हामीले दसवर्षे महान् जनयुद्ध र त्यसैको पूरकका रूपमा रहेको संयुक्त जनआन्दोलन र मधेस आन्दोलनपश्चात् नेपाली इतिहासमा पहिलोचोटि संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका छौं र सयौं वर्ष पुरानो सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेका छौं । यो तपाईं हामी सबैका निम्ति असाध्यै गर्व गर्नलायक कुरा हो ।
read more ..........

 

५  मंशीर २०६५

 प्रस्तावना

नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटक पटक गर्दै आएका ऐतिहासिक संघर्ष र जनआन्दोलन मार्फत् लोकतन्त्रशान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै, सात राजनीतिक दल र ने.क.पा.(माओवादी) वीच सम्पन्न १२ बुँदे समझदारी८ बुँदे सहमति, नेपाल सरकार र नेकपा (माओवादी) बीच सम्पन्न २५ बुँदे आचारसंहिता२०६३ साल कार्तिक २२ गते सात राजनीतिक दल र नेकपा माओवादीका शीर्ष नेताहरुको बैठकका निर्णयहरु लगायत नेपाल सरकार र ने.क.पा. (माओवादी) वीच सम्पन्न सवै सम्झौतासहमति, आचारसंहिता र संयुक्त राष्ट्र संघलाई प्रेषित समान धारणाको पत्राचारप्रति  पूर्ण प्रतिवद्धताको पुनर्पुष्टि गर्दैदेशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुर्नसंरचना गर्ने संकल्प गर्दै, प्रतिष्पर्धात्मक वहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता तथा कानूनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्यमान्यता प्रतिको पूर्ण प्रतिवद्धतालाई दोहोर्‍याउदै, मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा अन्तर्राष्ट्रिय मानवीय कानुन तथा मानव अधिकार सम्बन्धी आधारभूत सिद्धान्त र मान्यताहरुप्रति प्रतिवद्ध रहँदै, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा संविधान सभाको निर्वाचनमा सहभागी हुन पाउने नेपाली जनताको आधारभूत अधिकारको प्रत्याभूति गर्दै,लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिकसामाजिक परिवर्तन तथा देशको स्वतन्त्रता, अखण्डता, सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राख्दै, २०६४ साल जेठ महिनाभित्र स्वतन्त्र र निष्पक्ष रुपले संविधान सभाको निर्वाचन सम्पन्न गर्ने  प्रतिवद्धतालाई कार्यान्वयन गर्ने दृढता व्यक्त गर्दै ,

read more.......

 

Blogger Widgets