Blogger Templates

दमिनी सिहं प्रकरण अब के होला ? अभियुक्तलाई फासी !!


१६ डिसेम्बरमा भारतको राजधानी मा चल्ने एउटा बसभित्र ६ जना मान्छेरूपी दानवहरुबाट पाशविक तरिकाले एउटी २३ बर्षे युवतीको इज्जत लुटिएको समाचार जब बाहिर आयो,
 
 सारा दिल्लिबासी हरु ओर्लिएर सडकमा आए। मृत्युदण्ड र अझ मध्य-पुर्व मा जस्तो कठोर सजाय को माग राखेर केटाकेटी, युवा-युवति, विधार्थी, व्यापारी, पत्रकार, धनि -गरिब सब आन्दोलन मा ओर्लिए। संसदमा अवाज उठ्यो। एक प्रहरी हवल्दार र एक पत्रकार ले ज्यान गुमाउनु पर्यो । प्रधानमन्त्री मनमोहन सिंहले जनतालाई संयमता अपनाउनका लागी सम्बोधन गर्नु पर्यो।

पुष्पकमल दाहाल 'प्रचण्ड' लाई फाइवर्ग युनिर्भसीटी जर्मनी बाट खुल्ला पत्र

नेपाललाई स्टेटम्यानको खाँचो छ । माओवादीको पहिलो श्रेणीका नेता सरकारमा जाँदैनन् देशलाई दिशा दिने नीति र नेतृत्व दिन लाग्नेछन्’, 

म एउटा मध्यम वर्गको नेपाली युवक । म जन्मिएको ११ वर्षपछि तत्कालीन नेकपा माओवादीबाट जनयुद्धको उद्घोष भएको थियो । जनयुद्धको रापले सेकिएको समाजमा हुर्कँदा धेरै नयाँ चिजहरू अनुभव गर्न पाएँ । संस्कृतिले जोडेको समाजलाई कसरी राजनीतिले छिन्नभिन्न बनाउँदो रहेछ भन्ने देखें अनि समाज परिवर्तन गर्न हिँडेकाहरू स्वयम् परिवर्तन भएको दुर्लभ चित्र पनि देख्न पाएँ ।

आनन्दीदेबीका अध्यक्ष श्याम सुन्दर गुप्ता अपहरण काण्डमा पक्राउ

काठमाडौ, २ माघ । नेपाल सदभावना पार्टी आनन्दीदेबीका अध्यक्ष एवम सभासद श्याम सुन्दर गुप्तालाई आज प्रहरीले ब्यापारी पवन संघाई अपहरण काण्डमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । भैरहवा स्थित उनको निवासबाटै प्रहरीले गुप्तालाई आज अपरान्ह ४ बजे पक्राउ गरेको उनका छोरा कैलास गुप्ताले जानकारी दिए । 

धादिंग जिल्लामा तनाब / प्रहरी द्वार ७ राउण्ड हवाई फाएरिङ

धादिङ, माघ २- गएको शनिबार धादिङबेसीमा मृत फेला परेका एक प्रहरी जवानका विषयमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गर्दै तामाङ समुदायले आज सोमबार दिउँसो विरोध प्रदर्शन गरेपछि जिल्ला सदरमुकाममा तनाव उत्पन्न भएको छ।

देवघाट मेला भर्ना गएका २ महिलाको मृत्यू

चितवन, माघ १ - माघे संक्रान्ति मेला भर्न देवघाट आउने क्रममा दुई महिलाको मृत्यु भएको छ  आइतबार बिहान कालीगन्डकी नुहाउँन जाँदा नदीमा डुबेर एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा पश्चिम चितवनको जगतपुर बस्ने ६५ वर्षीया साहिली मगर भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

युवा नेता गगन थापालाई सात समुन्द्र पारी बाट खुल्ला पत्र

आदरणीय सभासद् तथा युवानेता गगन थापाज्यू,
झण्डै तीन करोड जनताको ढुकढुकीको नेतृत्व गरी राख्नुभएका तपाईंप्रति जनताको आशा र भरोसा दुवै छ । राजनीतिक दलका नेताहरुले दिनदिनै साख गुमाउँदै गएको वर्तमान परिप्रेक्ष्यमा तपाईंप्रति भने जनताको सदासयता र विश्वास उर्लंदो छ । तपाईंजस्तो राष्ट्रको होनहार सच्चा राष्ट्रवादी युवा नेतालाई दूरदराजबाट कलमीपत्र लेख पाउनु मात्र पनि ठूलो सौभाग्य ठान्दै यो पत्र लेख्दै छु । प्रसंग झण्डै एक महिनाअगाडि नेपालस्थित एक टेलिभिजन च्यानलमार्फत तपाईंले अमेरिकालगायत विभिन्न विदेशी मुलुकमा बसोबास गरिरहेका नेपालीहरुप्रति लक्षित तपाईंका अभिव्यक्ति । हुन त तपाईंद्वारा अभिव्यक्त ती विचारहरु सच्चा राष्ट्रवादले ओतप्रोत छन्, त्यसमा दुईमत छैन । तर, मुलुकको एउटा सभासद् त्यसमा पनि तपाईंजस्तो होनहार युवा नेताले विदेशमा बस्ने नेपालीलाई गैरनेपालीको दृष्टिकोणबाट हेर्न खोजेको हो कि ? वा विदेशमा बस्ने झण्डै ३० लाख जनतालाई बिरानो ठान्नुभएको हो ? यस्तै आशंका भित्रैबाट सात समुद्रपारि बसेर श्रम बेचिरहेका म जस्ता श्रमजीवीहरुको असन्तुष्टिका कारण पत्र लेख्न बाध्य भएको छु ।

चलचित्र समाजले अन्तरास्ट्रिय कार्यशाला दोलखामा गर्ने

चलचित्र निर्देशक समाजले आफ्नो दोस्रो अन्र्तराष्ट्रिय कार्यशाला दोलखामा गर्ने भएको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चलचित्रका कथा लेखक तथा निर्देशकहरुको मात्र सहभागीता रहने कार्यशाला ७ दिनसम्म सञ्चालन हुने नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठकले जानकारी दिए ।चलचित्रका कथाकार तथा निर्देशकहरु राजधानी लगायतका सहरी क्षेत्रमा कोठामा बसेर कथा लेखन गर्दा वास्तविक जनजीवनसग मेल नखाने भएकाले धेरै निर्देशकहरु राजधानी बाहिर कार्यक्रम गर्न लागिएको उनले बताए ।

एस पि खरेल को बढुवा रोक्न जुलुस / एउटा असल व्यक्तिले धेरैलाई असर पार्दो रहेछ

वीरगन्ज, पुस २९ -  प्रहरी उपरीक्षक (एसपी) रमेश खरेलको बढुवा हुने समयमा दुई दिनयता वीरगन्जमा विरोध प्रदर्शन भइरहेको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता आत्मसात् गरी ६ महिना जिल्लामा प्रहरी प्रमुखको कार्यभार सम्हालेका एसपी खरेलले सीमा क्षेत्रमा हुने संगठित तस्करी र अपराधविरुद्ध आक्रामक कारबाही थालेका छन् । 

पूर्वराज्यमन्त्री तथा सभासद करिमा बेगमले विरोध जुलुसको अगुवाइ गरेकी छन् । फोरम लोकतान्त्रिककी नेतृ बेगमले प्रहरी प्रशासनले गरिबमाथि दमन गरेको आरोप लगाउँदै विरोध अभियान थालेको बताइन् । बुधबार निस्केको पहिलो जुलुसमा छाडा चौपायालाई उपमहानगरपालिकाले प्रहरीको सहयोगमा नियन्त्रणमा लिई जगंलमा छाडेको भन्दै उनले आक्रोश पोखिन् । सडकको दायाँ र बायाँ अव्यवस्थित तरकारी तथा फलफूल बिक्रीमा रोक लगाइएकामा उनको आपत्ति छ । पटकपटक सूचना जारी गर्दासमेत चौपायाधनीले अटेर गरेकाले प्रहरीको सहयोग लिएको उपमहानगरपालिकाका कार्यकारी अधिकृत शिवदत्त भट्टराईको भनाइ छ । 
Blogger Widgets