Blogger Templates

धादिंग जिल्लामा तनाब / प्रहरी द्वार ७ राउण्ड हवाई फाएरिङ

धादिङ, माघ २- गएको शनिबार धादिङबेसीमा मृत फेला परेका एक प्रहरी जवानका विषयमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गर्दै तामाङ समुदायले आज सोमबार दिउँसो विरोध प्रदर्शन गरेपछि जिल्ला सदरमुकाममा तनाव उत्पन्न भएको छ।

 
 पोष्टमार्टमको रिपोर्ट आउनु अगावै हत्या भएको हुन सक्ने आशंकामा तामाङ समुदायले धादिङबेसी बजार बन्द गराउनुका साथै सदरमुकाममा चल्ने सवारी आवागमन ठप्प पारेका हुन्।प्रहरीविरुद्ध नाराबाजी गर्दै बजार बन्द गराई विरोधमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रुग्याससमेत प्रहार गरेको छ।धादिङकै झार्लाङ गाविस घर भएका प्रहरी जवान दलबहादुर तामाङ निलकण्ठ उच्च माविको प्राङगणमा रहेको रुखमा शनिबार झुन्डिएर मृत अवस्थामा फेला परेका थिए। उनी सिन्धुपाल्चोक जिल्लामा खटिएका थिए।

मृत्युको कारण खुल्न सकेको छैन। शव स्थानीय मुचुल्का पश्चात् पोष्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा राखिएको छ। शवको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

No comments:

Post a Comment

Blogger Widgets