Blogger Templates

आनन्दीदेबीका अध्यक्ष श्याम सुन्दर गुप्ता अपहरण काण्डमा पक्राउ

काठमाडौ, २ माघ । नेपाल सदभावना पार्टी आनन्दीदेबीका अध्यक्ष एवम सभासद श्याम सुन्दर गुप्तालाई आज प्रहरीले ब्यापारी पवन संघाई अपहरण काण्डमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । भैरहवा स्थित उनको निवासबाटै प्रहरीले गुप्तालाई आज अपरान्ह ४ बजे पक्राउ गरेको उनका छोरा कैलास गुप्ताले जानकारी दिए । 

अपराध अनुसन्धान महासाखा हनुमान ढोकाको आग्रहमा रुपन्देही प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ गरे लगत्तै उनलाई प्लेन चढाएर काठमाडौ ल्याईएको छ । उनलाई अहिले हनुमान ढोकामा राखिएको छ । प्रहरी स्रोतले संघाई अपहरण् काण्डको योजना र रकमको बाडफाडमा सभासद गुप्ताको संलग्नताको आशंका गरेको छ ।  केही समय अघि राजधानीको डिल्ली बजारबाट अपहरणमा पनि झण्डै दुई सात पछि भारतमा करोडौ रुपमा फीरौती बुझाएर संघाई अपहरण मुक्त भएका थिए ।

No comments:

Post a Comment

Blogger Widgets