Blogger Templates

देवघाट मेला भर्ना गएका २ महिलाको मृत्यू

चितवन, माघ १ - माघे संक्रान्ति मेला भर्न देवघाट आउने क्रममा दुई महिलाको मृत्यु भएको छ  आइतबार बिहान कालीगन्डकी नुहाउँन जाँदा नदीमा डुबेर एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा पश्चिम चितवनको जगतपुर बस्ने ६५ वर्षीया साहिली मगर भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

  
पानीमा डुबेर अचेत भएकी मगर लाई उद्धारकर्मीले तत्काल उपचारका लागि भरतपुर तर्फ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शबलाई पोष्र्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
  
त्यस्तै,  देवघाट मेला भर्न जाने क्रममा शनिबार राति ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर नगरपालिका १२ वस्ने ५० वर्षकी फुलमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्याक्टरबाट खसेर घाइते भएकी गुरुङको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो । भरतपुरको राईनोतालबाट देवघाट जाने क्रममा रामनगर जंगलको कच्चीबाटोमा राति २ बजे ना३त ७५० नम्वरको ट्याक्टरबाट गुरुङ खसेकी थिएन् । दुई दिनदेखि देवघाटमा भक्तजनको निकै घुइँचो छ ।

No comments:

Post a Comment

Blogger Widgets