Blogger Templates

चलचित्र समाजले अन्तरास्ट्रिय कार्यशाला दोलखामा गर्ने

चलचित्र निर्देशक समाजले आफ्नो दोस्रो अन्र्तराष्ट्रिय कार्यशाला दोलखामा गर्ने भएको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चलचित्रका कथा लेखक तथा निर्देशकहरुको मात्र सहभागीता रहने कार्यशाला ७ दिनसम्म सञ्चालन हुने नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठकले जानकारी दिए ।चलचित्रका कथाकार तथा निर्देशकहरु राजधानी लगायतका सहरी क्षेत्रमा कोठामा बसेर कथा लेखन गर्दा वास्तविक जनजीवनसग मेल नखाने भएकाले धेरै निर्देशकहरु राजधानी बाहिर कार्यक्रम गर्न लागिएको उनले बताए ।


कार्यशाला गोष्ठि आउदो माघ २७ देखि फागुन ३ गतेसम्म चरिकोट वा जिरीमा हुने उनले जानकारी दिए । कार्यशालामा भाग लिन नेपाली चलचित्र निर्देशकहरु सहित भारतीय, चिनीया,कोरियाली, युरोपियत र अमेरिकन ख्याती प्राप्त ७० भन्ल्दा बढी चलचित्र निर्देशकहरुको सहभागीता रहने उनले बताए । यसको पहिलो अन्र्तराष्ट्रिय कार्यशाला ;चितवनको मेघौलीमा भएको थियो ।अन्य उद्योग सरह चलचित्र उद्योगको पनि महत्व भएकाले यसमा उल्लेख भएका ठाउको चर्चा पाउने र त्यहा पर्यटन विकासका लागि महत्वपूर्ण हुने समाजका कार्यकारीणी सदस्य मनोज पण्डितले बताए ।

विगतमा नेपाली चलचित्र छायाङकनका लागि पोखरा, पाल्पा लगायत ठाउ रोजाइमा परे तापनि राजधानीको नजिकै रहेको र प्राकृतिक सौन्दर्यले भरिपूर्ण दोलखा आगामी दिनका लागि निर्देशकको छनौटको स्थान हुने उनले बताए ।कार्यशाखा अवधीमा विहान बेलुका स्थानीय समाजको अध्ययन गर्ने र ६ वटा साना चलचित्र छायाङकन गरी प्रदर्शन गरिने उनले बताए । कार्यशालाले दोलखाका पर्यटकीय क्षेत्रको अन्र्तराष्ट्रिय चर्चा पाउने उनले बताए ।

 यसबाट वार्षिक १० वटासम्म चलचित्र दोलखाका विभिन्न ठाउमा छायाङ्कन हुन सक्ने उनले बताए ।आयोजकले चरिकोटमा बुधबार आयोजित अन्र्तक्रिया कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति समेत गठन गरेको छ ।स्थानीय समितिमा दोलखा सक्रिय राजनैतिक दल, जिविस, होल व्यवसायी, उद्योगवाणिज्य संघका प्रतिनिधि सहभागी छन् ।

No comments:

Post a Comment

Blogger Widgets