१६
डिसेम्बरमा भारतको राजधानी मा चल्ने एउटा बसभित्र ६ जना मान्छेरूपी दानवहरुबाट पाशविक
तरिकाले एउटी २३ बर्षे युवतीको इज्जत लुटिएको समाचार जब बाहिर आयो,
सारा दिल्लिबासी हरु ओर्लिएर सडकमा आए।
मृत्युदण्ड र अझ मध्य-पुर्व मा जस्तो कठोर सजाय को माग राखेर केटाकेटी, युवा-युवति, विधार्थी, व्यापारी, पत्रकार, धनि -गरिब सब आन्दोलन मा ओर्लिए। संसदमा
अवाज उठ्यो।
एक प्रहरी हवल्दार र एक पत्रकार ले ज्यान गुमाउनु पर्यो । प्रधानमन्त्री मनमोहन सिंहले जनतालाई संयमता
अपनाउनका लागी सम्बोधन गर्नु पर्यो।
चर्चित
खेलाडी देखि अमिताभ बच्चन, सलमान
खान जस्ता कलाकारले समेत दोषीहरुलाई मृत्युदण्ड र जेलमै पिटी
पिटी मार्नु पर्ने जस्तो अभिव्यक्ति दिए। यतिले नपुगेर तिहार जेलमा समेत यी
पशुहरुमध्ये एकलाई त्यहाका अरु कैदीहरुले पिटेर “मलमुत्र” खान बाध्य पारे जसले गर्दा प्रशाशनले तिनीहरुलाई अर्कै “सेल” मा सार्न बाध्य भए। ती युवतीको उपचार
हुँदाहुँदै सिंगापुरको
अस्पतालमा मृत्यु भएपछि दिल्लीका साथै अरु सहरहरुमा पनि सर्वसाधारण आन्दोलनमा
सरिक हुदैछन। यतिको व्यापक र “आक्रोशित
” जनसहभागिता वावजुद आन्दोलन शान्तिपूर्ण रहनु भनेको
सो आन्दोलन कुनै राजनैतिक पार्टीको स्वार्थको लागी नभएर विसुद्ध नागरिक
समाजको अगुवाइमा आम जनता स्वस्फुर्त उर्लेर आएको आन्दोलनको रुपमा लिन
सकिन्छ। एउटा कुरा के प्रष्ट छ भने अब भारतीयहरु यस्ता अपराधलाई “अर्को तथ्यांक” को रुपमा स्विकार्न कदापि तयार छैनन्।
यो प्रकरणमा
न्यायपालिकाले विगत जस्तो अपराधीलाई फेभर गर्ने किसिमको केहि
बर्षको कारागार सजाय
मात्र तोक्न सजिलो पक्कै हुने छैन। अहिले सबैजना अदालतले के निर्णय गर्छ र सोको लागी
सहजिकरण गर्न
सरकारले वा संसदले कानूनमा कस्तो संशोधन लेराउछ- सोको व्यग्र प्रतिक्षामा छन । यदि मृत्युदण्ड फैसला
भएमा त्यसको विरुद्दमा बोल्न वा पुनरावेदनमा जान कुनै मानव अधिकार आयोग वा अरु निकाय जनताको “रौद्र” मुड छिछोलेर अगाडी आउने सम्भावना न्यून छ। यौन हिंसाका घटनालाइ
महिलाहरुको अशोभनीय “लवाई”
संग जोडेर हेर्ने र बलात्कार हुँदा महिलालाई
बढी दोष दिने समाजले यसपाली भने यस्तो बेतुकको तर्क गर्ने हिम्मत गर्न
सकेका छैनन् ।
No comments:
Post a Comment