Blogger Templates

रगतसँग साटेको बन्दुक सजिलै बुझाइन्नः दाहाल

२०६८ जेठ १३
एकीकृत नेकपमा माओवादीका अध्यक्ष प्रचण्डले रगतसंग साटिएका बन्दुकहरु सजिलै नबुझाईने स्पष्ट गर्नुभएको छ । सहिद पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुकको नवौं स्मृति दिवसको अबसरमा आज काठमाडौंमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रगतसंग साटिएका बन्दुकहरु सजिलै नबुझाउने र नथन्क्याइने बताउनुभयो । क्रान्तिका बाटो सरल नभएको उल्लेख गर्दै उहाँले हज्जारौ सहिदको सपनालाई घात गर्ने काम नहुने स्पष्ट गर्नुभयो ।
उहाँले कृष्ण सेन इच्छुक यस युगको संबाहक पात्र भएको बताउनुभयो । कार्यक्रममा बोल्दै माओवादीका बरिष्ठ उपाध्यक्ष एवं इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष मोहन बैद्य किरणले सहिदका आशा अपेक्षा र सपना पुरा गरिने बताउनुभयो । उहाँले क्रान्ति जारी रहेको स्ष्पष्ट गर्दै माओवादीले कसैसंग नझुकी क्रान्तिको झण्डा उठाईरहने बताउनुभयो । देशको स्वाधिनता र जनताको मुक्तिका लागि बर्तमान मोर्ा जितिने दृढता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले लडाईको मोर्चाबाट पिठ्यु नफर्काइने बरु छाती थापेर शहिद बन्न तयार रहेको बताउनुभयो ।

यसैबीच कृष्णसेन ईच्छुक स्मृति प्रतिष्ठानले आज साहित्य कला र नवप्रतिभा पुरुस्कार द्वारा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा कृष्ण सेन इच्छुक साहित्यीक पुरुस्कारबाट अनिल शर्मा विरही कला पुरस्कारबाट सहिद कलाकार च्याङ्बा लामा र नव प्रतिभा पुरुस्कारबाट झन्कार बुढामगर सम्मानित हुनभएको हो । उहाँहरुलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष किरणले सम्मान गर्नुभएको थियो । कार्यक्रममा जनयुद्धका २५ गीत संग्रहीत एल्बम र जनयुद्धका कविताहरुको अंग्रेजी संस्करण बिमोचन गरियो ।

No comments:

Post a Comment

Blogger Widgets