Blogger Templates

अपडेट गरिदै >>बाढी पहिरोले मुलुक अस्तव्यस्त/ ठुलो धनजनको क्षति

काठमाडौं, असार १७ । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा गएको पहिरो र बाढीमा परि कम्तिमा ११ जनाको मृत्यु भएको छ । २ जना वेपत्ता भएका छन्। तनहुँमा बाढी तथा पहिरोमा परि ६ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । अविरल वर्षापछि चिसापानी खेलाले बगाएर रिसिङ रानीपोखरी चारका ४४ वर्षीय हरिकुमार श्रेष्ठ र १४ वर्षीया गीता श्रेष्ठको मृत्यु भएको छ ।
१६ वर्षीय दीपेन्द्र श्रेष्ठलाई भने खोलाले बगाएको छ । उनको खोजी भइरहेको छ ।  खल्दी खेलाले बगाएर बन्दीपुर ८ की ७८ वर्षीया केशमाया भट्टराईको मृत्यु भएको छ । भानुमति-४ मोहरियामा गएको पहिरोमा परि १९ वर्षीया तीतामाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको पल्ट्याङमा गएको पहिरोमा परी २३ वर्षीया गमाया थापा र उनको १४ दिनको बच्चाको मृत्यु भएको छ ।

अस्पतालमा बाढी पस्दा जलमग्न

अविरल बर्षाले ललितपुरको सातदोबाटोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल क्षेत्र डुबानमा परेका थिए । अस्पताल हाता भित्र र वरपरको बस्तीमा पाँच फिटसम्म पानी जमेको थियो । पानी जमेपछि उपचार गराईरहेका बिरामीहरुको बिजोग भएको थियो । उपचारमा सम्लग्न चिकित्सकहरु र विरामीहरु भवनभित्रै थुनिएका थिए ।
विरामीकालागि औषधी लिन बाहिर निस्कने बाटो नभएपछि किष्ट मेडिकल कलेजका कुरुवाहरु कम्मर-कम्मरसम्म आउने पानी तरेर औषधी लिन नजिकका पसलमा पुगेका थिए । ग्वार्कोको बस्तीमा जमेको पानीमा स्थानीयबासी पौडी खेलेका थिए ।कर्मनाशा, ठैब, झरुवाराशी लगायत खोलाको पानी अस्पतालसहित वरपरका घरहरुमा पसेपछि विरामीलगायत स्थानीय बासिन्दाको विजोग भएको हो । खोलाको बाढीका कारण त्यस क्षेत्रमा २ दर्जन घरहरु डुवानमा परेका थिए । सो क्षेत्रमा थप क्षति हुन नदिन र उद्धारको लागि प्रहरीसमेत परिचालन गरिएको थियो ।
पाल्पामा पनि अविरल वर्षापछि गएको पहिरोमा पुरिएर पाल्पामा तीन जनाको ज्यान गएको छ । पालुङ मैनादी गाविस-६ दशैंघर टोलमा पहिरोले गोठ बगाउँदासँगै पढ्न बसेका १७ वर्षीया सिर्जना विक र १६ वर्षीया सुनिता विकको मृत्यु भएको हो । दोभान गाविसस्थित झुसामा पहिरोमा पुरिँदा रुपन्देही मघौलिया गाविस-७ का ३५ वर्षीय धर्मप्रसाद भण्डारीको घटनास्थलमै मृत्यु भएको छ ।यसैगरी महोत्तरीको रातु खोलाले बताएर २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विलपुराका १० वर्षीय रमनकुमार राउत र विश्वजीत राउत रहेका छन् । तीनाउ नदिमा आएको बाढीले बुटबलमा एक विद्यालयसहित आधा दर्जन घर बगाएको छ । नदी तटबन्धनका लागि माझगाउँ सिरानमा बनाएको दुई बटा पक्की पर्खाल भत्काएर बाढी गाउँ पस्दा विनापाते निमावि बगाएको छ । सुनसरीको इटहरी नगरपालिकाका ७ र ९ नम्बर वडाका अधिकांश भूभाग डुवानमा परेको छ । इटहरी नगरपालिका-७ स्थित ट्याङग्रा खोलाको बाँध भत्किएर खोलामा आएको बाढी मानव बस्तीमा पस्दा गाउँ डुवानमा परेको हो । सुनसरी खोलामा आएको बाढी गाउँ पस्दा झोक्राहा-७ र रेडक्रस बस्ती डुवानमा परेको छ ।
पाल्पा संवाददाता माधव अर्यालका अनुसार त्यहाँ छुट्टा-छुट्टै स्थानमा गएको पहिरोमा च्यापिर तीन जनाको मृत्यु भएको छ । पश्चिम पाल्पाको पालुङ्मैनादी गाविस-६ दशैघरटोलमा पहिरोले गोठ बगाउँदा शुक्रवार विहान दुई किशोरीको मृत्यु भएको छ ।पहिरोमा परेर तल्लो माथिल्लो घरका १७ बर्षीया सिर्जना विक र १६ वर्षीया सुनिता विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दिदीबहिनी संगैबसेर गोठको कोठामा पढिरहेको अवस्थामा पहिरोसंगै बगाएको कुटमेराकोरुख ढलेर च्यापेको  स्थानीय लिला कार्कीले बताए ।    पढेर बसेका उनीहरुको शुक्रवार विहान १ बजे पहिरो खसेर गोठ भत्किदा च्यापिएर मृत्यु भएको हो । एसएलसीमा गणित विषय लागेर पुरक परीक्षाको तयारी गरेकी सिर्जना र कालिका माविमा कक्षा १० पढ्ने सुनिता संगै बसेर पढ्ने गर्दै आएका थिए । गोठमा बांधेर राखेको लैनौभैसी पहिरोले च्यापिएर मरेको छ । शुक्रवार विहान स्थानीय र प्रहरीले पहिरो पन्छाएर शव बाहिर निकालेको छ । त्यस्तै,अविरल वर्षासंगै सडकमाथिबाट खसेको पहिरोले गुड्दै गरेको मोटरसाईकललाई च्याप्दा मोटरसाइकलमा सवार एक यात्रुको मृत्यु भएको छ । बुटवलवाट पाल्पा आउदै गरेको लु ५ प १२७ नम्वरको मोटरसाईकल दोभान गाविसको झुम्सा नजिकै पहिरोले च्यापेको हो । पहिरोले च्याप्दा मोटरसाईकल चालक रुपन्देही मधौलिया-७ का ३५ वषिर्य धर्मप्रसाद भण्डारी गम्भिर घाइते भएका थिए । पहिरोको दलदलबाट स्थानीयले गम्भीर घाइते अवस्थामा उद्धार गरिएका उनको लुम्विनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा बिहीबार राती मृत्यू भएको प्रहरीले जनाएको छ । तीनदिन देखिको अविरल वर्षाले सिद्धार्थ राजमार्गका दर्जनबढी स्थानमा पहिरो खस्दा गएरातीदेखि सवारी साधन चल्न सकेका छैनन् । पाल्पा, अषाढ १७ - शुक्रवार दिउँसो पाल्पाको माडीफाँटस्थित तिनाउ खोलामा पौडी खेल्नेक्रममा एक किशोर वेपत्ता भएका छन् ।  कुन्सरेका १४ वर्षीय राजु कनौजे पौडी खेल्ने क्रममा मदनपोखरा र कसेनी गाविसको अम्ल्यान पुल नजिकैबाट वेपत्ता भएका हुन् । उनको खोजी कार्य गरिएपनि साँझसम्म नभेटिएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण खोला अत्यधिक ठुलो भएकाले खोज्न समस्या भएको स्थानीयले बताए । माडीफांट भएर बग्ने तिनाउ खोलामा वालबालिका पौडी खेल्न नियमित जाने गर्छन् । तीन दिनदेखिको अविरल वर्षाले माडीफांट जलमग्न भएकाले खोला ठुलो भएको छ ।
सिद्वार्थराजमार्ग अवरुद्ध अविरल वर्षासंगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग बिहीबार रातीदेखि अवरुद्ध भएको छ । तल्लो सिद्धबाबा, विद्युत् हेडवक्स, रामफेदी, दोभान बजार नजिकै पहिरो गएको छ । यस्तै तानसेन-वुटवल सडकको जरेपिपल, डुम्रे, हिउदेखोलामा पहिरो खसेको छ । सिद्धार्थ राजमार्ग अवरुद्ध भएपछि पोखरा, गुल्मी, पाल्पातर्फवाट वुटवल, भैरहवातर्फ हिडेका सवारी साधन बाटोमै रोकिएपछि त्यहाँ सवार सयौ यात्रुहरु अलपत्र परेका छन् । उता वुटवलवाट पाल्पा तर्फ आउने सवारी साधन वुटवलमै रोकिएका छन् । बुटवलतर्फवाट वाटो खुलाउन डोजर लगाईसकिएको र पाल्पा तर्फवाट पनि डोजर लगाउने प्रहरीले जनाएको छ । पानी पर्न रोकिनासाथ डोजरले बाटो खुलाइने छ । तीन दिनदेखि वषर्ा नरोकिएकोले डोजर लगाउन कठिनाई भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षासंगै पाल्पाका ग्रामिण सडक चिलाङ्गदी चापपानी, दर्लमडाडा सडक समेत अवरुद्ध भएको छ । अविरल वर्षासंगै ग्रामिण सडकमा डोजर लगाएर खनिएका सबै सडकमा जीप सेवा बन्द भएका छन् ।
विद्यालयसहित करिब आधा दर्जन घर बगायो
बुटवलबाट अमृता अनमोलले जनाए अनुसार तिनाउ नदीमा आएको बाढीले एक विद्यालयसहित करिब आधा दर्जन घर बगाएको छ । करिब एक सय  घर जोखीममा परेका छन् । नदी तटबन्दनका लागि माझगाउं सिरानमा बनाइएका दुईटा पक्की पर्खाल भत्काएर बाढी गाउंतिर सोझीदा  विनापाते निमावि बगाएको हो । विद्यालयसंगै नदी उकास क्षेत्र ओगटेर बनाइएका ६ घर पनि बगाएको हो । तिनाउ नदी दुवैतिबाट उर्लेर बगेपछि नदी बीचको विनापातेमा बनाइएका एक सय बढी घरपरिवार बीचमा अलपत्र परेका छन् । बुटवल नगरपालिका र जनताको तटबन्द कार्यक्रमले ठाउंठाउंमा बनाएका तारजाली बगाउदा इटाभट्टी र नहरपुर क्षेत्रमा समेत नदीले कटान सुरु गरेको छ ।
तनहुँबाट पूर्ण विकले जनाएअनुसार भिमाद ८ लहरोनीमा शुक्रवार विहान पहिरो जाँदा ४ घरमा क्षति पुर्‍याएको छ । स्थानिय जिउकुमारी राना, तीलक नेपाली, सोमकुमार श्रेष्ठ र छविलाल थापा मगरको घरमा माथिवाट आएको पहिरोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । पहिरोले जिउकुमारीको घरको भित्ता पुरिएको छ । पानी गर्दै गरेकोले थप क्षति पुर्‍याउन सक्ने भएकोले उनीहरुलाई सुरक्षित स्थान तर्फ सारिएको ईलाका प्रहरी कार्यलय भिमादका प्रहरी नायव निरिक्षकले वताए ।त्यस्तै पहिरोले पृथ्वी राजमार्ग अन्तर्गतको आँबुखैरेनी नजिकैको मार्किचोकमा खहरे वढेर राजमार्गमा प्रवेश गर्दा विहानै देखि वजेदेखि सडक अवरुद्ध भएको छ।  जिल्लामा वर्षापछि आएको बाढीले बगाएर शुक्रबार एक बृद्धासहित तीन जनाको मृत्यु भएको छ ।रिसिङ रानीपोखरी ४ चिसापानीका ४४ वर्षीय हरिकुमार श्रेष्ठ र १४ वर्षीय वालिका गीता श्रेष्ठ चिसापानी खोलाले बगाएर मृत्यु भएको छ । प्रहरीका अनुसार १६ वर्षीय दीपेन्द्र श्रेष्ठ बेपत्ता भएका छन् ।यसैगरी खल्दी खोलाले बगाएर बन्दिपुर ८ की ७८ वर्षीय केशमाया भट्टराईको मृत्यु भएको छ । उनको शव स्थानीय स्वास्थ्य चौकीमा पोस्टमार्टमका लागि राखिएको छ ।यसैबीच पहिरोले पुरेर अरुणोदय गाविसमा दुई दर्जन चौपाया मरेका छन् ।
सुनसरीबाट शंकर खरेलले जनाए अनुसार पकली र दुहबीका दुई वडामा २ सयभन्दा बढी घर डुबानमा परेका छन् । पकली-५ सुकुम्वासी वस्तीका सयभन्दा बढी घर परिवार सामान घरमै राखेर सुरक्षित स्थानतर्फ लागेका छन् भने दुहबी-४ मा १ जलमग्न भएका सयभन्दा बढी घरका परिवारले प्रशासनले बेवास्ता गरेको भन्दै प्रदर्शन गरेका छन् । पकली-५ मा ३ सय मिटर कच्ची सडकसमेत पानीले पुरेकोछ । बुढी खोलाले इटहरीदेखि दुहबीसम्म झण्डै २ बिघा जग्गा कटान गरेकोछ । वषर्ाले हिलाम्य भएकाले साप्ताहिक हाट बजारसमेत प्रभावित भएकाछन्       सुनसरी, अषाढ १७ - घर डुबानमा परेपछि कोसी राजमार्ग खण्डको दुहबी बजार पुगेर प्रदर्शन र सडक जाम गरिरहेका बाढी पीडितउपर प्रहरीले आज लाठीचार्ज गरेकोछ ।
दुहबी-४ कृष्णनगरका वासिन्दाले कोसी राजमार्ग खण्डको दुहबीमा चक्काजाम गरेपछि प्रहरीले बाटो खुलाउन हस्तक्षेप गर्दा एक दर्जन पिडित घाइते भएका छन् । पानी निकास हुनुपर्नेलगायतका माग राखि सडकमा उत्रेका पिडितलाई प्रहरीले सहयोग गर्नुको साटो दमन गरेपछि पिडितलाई प्रहरीविरुद्ध नारावाजी गरेका छन् । उता, अविरल वर्षापछि सुनसरी इटहरीस्थित टेङ्ग्रा खोलामा आएको बाढीले तटवन्ध भत्काएकोछ । तटवन्ध भत्केपछि इटहरीको ७ र ९ वडाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । नियन्त्रणका लागि सशस्त्र र नेपाली सेना परिचालन गरिएकोछ । अविरल वर्षाले सुनसरीको खनार, सोनापुर, बक्लौरी, पकली, दुहबीलगायत क्षेत्रमा ५ सयभन्दा बढी घर डुबानमा परेका छन भने सुनसरी करिडोरका उद्योगमा पानी पसेर उत्पादनसमेत प्रभावित भएकोछ ।
सुनसरीका विभिन्न क्षेत्र डुबानमा, ३ पुल उच्च जोसखममा
केही दिनदेखिको निरन्तर वर्षाले सुनसरीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । पानीको निकास नभएपछि इटहरीका केही वडासहित खनार, मधेली, सोनापुर, बक्लौरीलगायतका क्षेत्र डुबानमा परेका छन् । सुनसरी औद्योगिक करिडोर क्षेत्रका ५० भन्दा बढी उद्योगमा पानी पसेर जलमग्न भएका छन् । टेङ्ग्रा, बुढी र सेउतीलगायतका खोलामा आएको बाढीले महत्वपूर्ण ३ वटा पुल उच्च जोखिममा परेका छन भने पुल आसपासका सुकुम्वासी वस्तीमा कटान सुरु गरेकोछ ।अविरल वर्षाले रोपिएका धान खेती डुबाएको छ भने बिउसमेत क्षती पुर्‍याएकोछ । सीमावर्ती क्षेत्रका आधा दर्जन गाविसमा पर्वल, रामतोरिया, मकै, सागसब्जीलगायतका बाली नष्ट गरेकोछ । कृषि प्राविधिक कृष्णकुमार यादवले क्षतीको पूर्ण विवरण आउन नसकेको बताए । सुनसरी प्रशासनले आज बिहानैदेखि बाढीग्रस्त क्षेत्रको स्थलगत अध्ययन सुरु गरेकोछ भने जिल्ला विकास समिति सुनसरीको आग्रहमा सेउती र बुढी खोलाका ३ पुल आसपास सुरक्षा तैनाथी बढाएकोछ । स्थानीय विकास अधिकारी प्रेम भट्टराईकाअनुसार खोलानाला आसपासका सुकुम्वासीवस्तीमा जोखिम देखिएको अवस्थामा सुरक्षित स्थानमा सार्न मातहतका निकायमा आग्रह गरिएकोछ ।
बाढीले दुई सयभन्दा बढी घर डुबानमा
निरन्तरको वर्षाले सुनसरीको पकली र दुहबीका दुई वडामा २ सयभन्दा बढी घर डुबानमा परेका छन् । पकली-५ सुकुम्वासी वस्तीका सयभन्दा बढी घर परिवार सामान घरमै राखेर सुरक्षित स्थानतर्फ लागेका छन् भने दुहबी-४ मा १ जलमग्न भएका सयभन्दा बढी घरका परिवारले प्रशासनले बेवास्ता गरेको भन्दै प्रदर्शन गरेका छन् । पकली-५ मा ३ सय मिटर कच्ची सडकसमेत पानीले पुरेकोछ । बुढी खोलाले इटहरीदेखि दुहबीसम्म झण्डै २ बिघा जग्गा कटान गरेकोछ । वर्षाले हिलाम्य भएकाले साप्ताहिक हाट बजारसमेत प्रभावित भएकाछन् ।

बाढीले नहर पुरेपछि मुस्ताङमा विद्युत अवरुद्ध
घनश्याम खड्का
म्याग्दी-अविरण झरी पछि बुधवार राती आएको बाढीले मुस्ताङको टुकुचे गाविसमा रहेको चोखोपानी साना जलविद्युत आयोजनाको नहर पुरेपछि विद्युत उत्पादन बन्द भएको छ ।
दुई सय ५० किलोवाट क्षमत्ताको चोखोपानी जलविधुत आयोजनाको नहर बाढीले पुरेपछि हिमालपारीको जिल्ला दुई दिनदेखी अन्धकारमय छ । वषर्ा नरोकिएकोले आयोजनाको नहरमा प्रवेश गरेको बाढीलाई तर्काउने र लेदो हटाउन नसकिएको आयोजना अन्तरगतको स्वेत भैरव पावर स्ाप्लाई प्रालि जोमसोमका प्राबिधिक राजेन्द्र थकालीले बताए ।
विद्युत आपुर्ती हुन नसक्दा छुसाङ, झोङ, कागबेनी, मुक्तिनाथ, जोमसोम, टुकुचे, मार्फा, कोवाङ, लेते र कुञ्जो गाविसमा विद्युत आपूर्ती बन्द भएको हो । लाईन मर्मत गरी विद्युत आपुर्ती अवरुद्ध भएको प्राविधिक थकालीले बताए । म्याग्दी हुंदै मुस्ताङ्गमा जोडिएको विधुतको केन्दि्रय प्रसाशरण लाईनमा पनि तीन दिनदेखी समस्या आएको छ ।     
यसैगरी जोमसोमका संञ्चारकर्मी चन्द्रेश्वर बास्ताकोटीका अनुसार प्रतिकुल मौसमका कारण पााच दिनदेखि पोखरा जोमसोम हवाई उडान बन्द छ । पोखरा-जोमसोम रुटमा एयरलाइन्सले दैनिक सरदर १० उडान भर्दै आएका छन् । अविरण वषर्ापछि बेनी-जोमसोम सडकको विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध हुंदा यातायात पनि विच्छेद भएको छ ।

No comments:

Post a Comment

Blogger Widgets