Blogger Templates

मुख्य समाचार » त्रिशुलीमा ट्रक खस्यो, चालक र खलासी बेपत्ता

चितवन, अषाढ १७ -
मुग्लिन -नारायणगढ सडक खण्ड अन्तरगत सेती दोभानमा शुक्रबार दिउँसो एउटा भारतीय मालबहाक ट्रक त्रिशुलीमा खंस्दा चालक र खलासी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बेपत्ता ट्रकमा अन्य यात्रु रहे/नहरेको बारे केही जानकारी नभएको भन्दै प्रहरीले खोजी सुरु गरेको जनायो  ।

खाद्यान्न लिएर वीरगंजवाट काठमाण्डौतर्फ जादै गरेको भारतिय एचआर ५५ के ६०४० नम्बरको ट्रक दिउसो साढे २ बजे त्रिशुलीमा खसेर बेपत्ता भएको हो । लगातारको बर्षादका कारण त्रिसुलीमा बढेको भेलका कारण खोजि कार्य प्रभावित भएको छ ।

बेपत्ता ट्रक खोजतलासमा स्थानिय बासिन्दा, प्रहरी र शशस्त्र प्रहरी खटिएका छन् । आज त्रिसुली र नारायणीमा यसवर्षकै सबै भन्दा बढि पानीको बाढि देखिएको छ । लगातारको वषर्ादका कारण पानीको सतह निक्कै बढेको छ ।

No comments:

Post a Comment

Blogger Widgets