Blogger Templates

विश्वकप छनौटको दोस्रो चरणमा प्रवेश, नेपाललाई ५–० को जीत

काठमाडौ, अषाढ १८ - नेपाल विश्वकप छनौटको दोस्रो चरणमा प्रवेश गरेको छ । शनिबार इष्टटिमोरसंग भएको दोस्रोचरणको खेलमा ५–० को जीत हात पारेपछि दोस्रो चरणमा प्रवेश गरेको हो । यसअघि पहिलो खेलमा २–१ को जीत हात पारेको थियो । नेपालले दोस्रो चरणको जोर्डनसंग खेल्ने छ ।
.............................................................
कांग्रेस महामन्त्री प्रकाशमान सिंह, संविधानसभाका उपसभापति पूर्णकुमारी सुवेदी, राखेपाका उपाध्यक्ष युवराज लामा सहित खेलाडी दर्शक सबै खुशी ।
खेल सकियो । नेपाल विश्वकप छनौटको दोस्रो चरणमा प्रवेश । अवको खेल जोर्डनसंग हुने छ ।
तीन मिनेट समय थपिएको छ ।
९०:०० नेपालको पाँचौ गोल । सुजल श्रेष्ठले गोल गरेका हुन् । उनको यो अन्तरराष्टिय खेलमा पहिलो गोल हो ।
८९:०० नेपालको चौथौं गोल ।
८५:०० सागर श्रेष्ठको लामो प्रहार इष्टटिमोरका किपरले समातेका छन् ।
८३:०० नेपालले फेरी पनि राम्रा राम्रा अवसरहरु गुमाइरहेको छ ।
नेपाली खेलाडी फेरी फेरिएको छ । सन्दीप श्रेष्ठको स्थानमा शिव श्रेष्ठ मैदानमा छिरेका छन् ।
इष्टटिमोरका लागि अव बराबरीमा पुर्याउने वा जित्ने संभावना छिन बन्दै गएको छ । नेपाली खेलाडीहरुको मनोबल बढाउन रंगशालामा दर्शकहरुबा६ ब्यापक हुटिङ भइरहेको छ ।
७२:०० नेपाललाइ कर्नर ।
७१:०० इष्टटिमोरका लागि एउटा राम्रो अवसर गुम्यो । बल बाहिर हाने ।
६३:०० जुमानु राइ बाहिरीए । सुजल श्रेष्ठ उनको सट्टामा भित्रिएका छन् ।
६०:०० नेपालको तेस्रो गोल । जुमानु राइले आकर्षक गोल गरेका छन् ।
५६:४० नेपालको दोस्रो गोल । गोल भोला सिलवालले गरेका हुन् ।
इष्टटिमोरको खेलमा सुधारिएको देखिएको छ ।
५०:३० मा नेपालले फ्रिकिक पाएका छन् । बाहिरियाे । 
नेपाली कोचले दौरा सुरुवाल खोलेर टिसट र ट्रयाक सुटमा देखिएका छन् ।
४६:०० दोस्रो हाफको खेल सुरु.
..................................................
४५: ०० २ मिनेट समय थप गरिएको छ ।
४४:०० मा नेपालले फेरी कर्नर हानेको छ । तर इष्ट टिमोरको किपरले समातेको छ ।
४०:०० सम्ममा नेपालले एक गोल अग्रता लिएको छ । दर्जनभन्दा बढी राम्रा मौकालाइ सदुपयोग गर्न सकेनन् ।
नेपाली खेलाडीको मनोवल बढाउन गायक राजेश पायल राइ पनि रंगशाला पुगेका छन् । केही राजनीतिकृमी पनि रंगशाला पुगेका छन् ।
३६: ०० राम्रा मौका गुमाएकव् छ ।
३५:०० नेपाललाइ फेरी कर्नर
३३:00 नेपाललाइ फ्रिकिक
३०:00 नेपाली र विपक्षी दुवै खेलाडी घाइते ।
२९: 00  नेपालले कर्नर हान्याे । 
-खेलको २३ औं मिनेटमा मैदानमा तनाव । कर्नर प्रहार गर्ने क्रममा खेलाडीबीच धकेला धकेल भएको थियो । दुवै तर्फका क्याप्टनलाई सम्झाउने प्रयास । दुबै टीमका क्याप्टनले पहेलो कार्ड पाए ।
-खेलको २० औं मिनेट पूरा । नेपाल १-० ले अगाडि ।
-खेलको १५ औं मिनेट पूरा नेपालको अग्रता कायमै ।
-खेल १० औं मिनेटमा नेपालको सुरुवाती आक्रमक ।
-अनिल गुरुङले पेनाल्टी मार्फत पहिलो गोल गर्‍यो । खेलको तेस्रो मिनेटमा नेपालले पेनाल्टी गोलको मौका पायो । यो संगै गुरुङको अन्तर्राष्ट्रिय खेलमा सातौं गोल पुगेको छ । नेपाली दर्शकहरु उत्साहित भएका छन् ।

No comments:

Post a Comment

Blogger Widgets