Blogger Templates

यसरी धक्का मारेर निकालियो चार सभासदलाई !

काठमाडौं, अषाड ५ , २०६८ 
सभासद हो भन्दैमा जे पनि गर्ने ? कहिले बैठक स्थलबाटै कुर्सी फाल्ने !  कहिले बैठकमै कपडा च्यातेर तमासा देखाउने ! तर  संविधान बनाउनेतिर भने नदिने !  अधिकार सबैलाई चाहिन्छ तर अधिकार माग्ने नाममा मर्यादा भन्दा बाहिर जाने अधिकार कसैलाई छैन । यस्तै भएको छ , आइतबारको व्यवस्थापिका संसदमा । त्यसैले सभामुखको आदेशमा चार सभासदलाई सभास्थलबाट धक्का मारेर निकालिएको छ ।

यो मुलुकमा अझै पनि कानुन कृयाशिल छ । अराजकताको एउटा हद हुन्छ जव अराजकताले पराकाष्ठा नाघ्न थाल्छ तव सबैलाई बाध्य बनाउँछ । चर्चा कै लागि मुलुकको सर्वाेच्च स्थल व्यवस्थापिका संसदमै ताण्डव देखाउँने चार सभासद संविधान सभाध्यक्ष सुवास नेम्वाङको फेला परेका छन् ।
हो अधिकार सबैलाई चाहिन्छ तर अधिकार माग्ने नाममा आफ्नो मर्यादालाई विस्रेर मुलुककै वेज्जत हुने खालका गतिविधि गर्ने अधिकार कसैलाई छैन । पटक-पटक यस्तै व्यवहार गरेर सिगो व्यवस्थापिका संसद र सभासदहरुको वेज्जत गर्दै आएका चार सभासदलाई आइतबार व्यवस्थापिका संसद बैठकबाट मार्सल लगाएर निकालिएको छ । उनीहरुलाई एक साता सम्मका लागि सभासदबाट निलम्बन समेत गरिएको छ ।
आइतबारको संसद बैठकमा सभासदहरुले संसद विकास कोषको रकम दुरुपयोग भएको विषयमा स्थानीय विकास मन्त्री उर्मिला अर्यालले जवाफ दिन रोष्टमा जान खोजे पछि दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवान संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च की सभासद रुक्मीणी चौधरी स्वतन्त्र सभासद सरदुल मिया हक र नेपा वराष्ट्रिय पार्टीका सभासद बुद्ध रत्न मानन्धरले नाराबाजी सहित अराजक गतिविधि देखाए पनि संविधान सभाध्यक्ष नेम्वाङले उनीहरुलाई मार्सल लगाएर सभाबाट बाहिर पठाए । यति मात्र होइन उनले आफ्नो विशेषाधिकार प्रयोग गरेर एक साता सम्म सभासदबाट निलम्बन समेत गरे ।
ती चार सभासदहरुलाई नेम्वाङले पटक पटक मर्यादामा रहन आग्रह गरे पनि उनीहरुले अस्वीकार गरेपछि मार्सल लगाएका हुन् । २०६२-६३ पछिको व्यवस्थापिका संसदमा मार्सल लगाएको यो पहिलो घटना हो ।
यस अघि एक महिना सम्म संवैधानिक समितिको बैठक बस्न नदिने र बसेको बैठकमा कहिले कुर्सी नै फालिदिने कहिले संवैधानिक समितिका सभापति निलाम्बर आचार्य माथि नै हातपातको प्रयास गर्ने दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवान सहितका चार जना सभासद् सभामुख नेम्वाङको फेला परेका हुन ।
ती चार सभासदले गरेको मागको सम्बन्धमा प्रधानमन्त्री झलनाथ खनालले तीन बुँदे प्रतिवद्धतालाई अस्वीकार गरेर नारावाजीलाई निरन्तरता दिएपछि नेम्वाङ मार्सल लगाउन बाध्य भएका थिए ।

No comments:

Post a Comment

Blogger Widgets