Blogger Templates

विश्व कप छनोट फुटबलः नेपालको जीत

काठमाडौं, अषाढ १५ - विश्व कप छनोट चरण फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा बुधबार नेपालले पूर्वीटिमोरलाई २-१ ले हराएको छ ।
नेपालका लागि अनिल गुरुङ र जुमानु राईले गोल गरे । अनिलले १४ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरे भने जुमानुले ६९ औं मिनेटमा विराज महर्जनको क्रसलाई हेडमार्फत पोस्ट चुमाए ।
पूर्वीटिमोरका कोरियाले मध्यान्तरलगत्तै फ्रिकिकलाई सदुपयोग गरी आफ्नो टिमलाई सान्त्वना दिलाए ।
सन् २००२ मा इन्डोनेसियाबाट छुटि्टएर बनेको पूर्वीटिमोर फिफा बरियतामा दुई सयौं स्थानमा छ । नेपाल भने १ सय ४७ औं स्थानमा छ ।

-    खेल सकिएपछि नेपाली र पूर्वीटिमोरका खेलाडीबीच घम्साघम्सी भएको छ । कारण के हो थाहा छैन । तर दुवैतर्फका खेलाडीले आफ्ना साथीलाई सम्हालिन आग्रह गरेपछि तनाव अन्त्य भयो ।
-    खेल सकियो.............
-    सिमसिमे झरीले रंगशाला हिलाम्मे भएको छ । होचा कदका दुवै तर्फका खेलाडी हिलाम्मे भएको पनि रोचकै देखिन्छ ।
-    बराबरी भएपछि निराश दर्शकमा उत्साह थपिएको छ । पानीमा भिजिरहेका दर्शकहरुले हुटिङ गरेर नेपाली टिमलाई हौसला थपिरहेका छन् ।
-    ४ : ५९ नेपालले गोल लगायो । विराज महर्जनको क्रसमा जुमानु राईले हेडमार्फत नेपालका लागि गोल थपे ।
-    ४ : ५६, राजु श्रेष्ठ बाहिरिएका छन् भने भोला सिलवाल मैदान प्रवेश गरेका छन् ।
-    भरतको अभाव मैदानमा देखिएको छ । बराबरी भएपछि नेपालको खेल जम्न सकेको छैन ।
-    डी बक्सभित्र लडेर नाटक गरेको भन्दै खवासलाई पहेँलो र रातो कार्ड दिएपछि उनले मैदान छाडेका छन् । नेपाली टिम १० जनामा सीमित भएको छ ।
-  ४ : ४३ नेपाली खेलाडी भरत खवासलाई रातो कार्ड ।
-    ४ : ३६ फ्रि किक सदुपयोग गर्दै पूर्वीटिमोरले गोल फर्काएको छ । खेल बराबरी भयो । ६ नम्बर जर्सीका कोरियाले गोल फर्काए । पानी परिरहेका कारण गोलकिपर किरण चेम्जोङले गोल 'जज' गर्न पाएनन् ।
-    ४ : ३५ मध्यान्हपछिको खेल सुरु भयो । भरत खवासले पूर्वीटिमोरका खेलाडीलाई लडाएपछि उसले फ्रि किक पाएको छ ।
-    ४: १९, मध्यान्ह ।
-    ४: १८, मध्यान्हअघि एक मिनेट थपियो ।
-    ४ :१७, जुमानु राईले दिएको पास पूर्वीटिमोरले कब्जा लिएपछि मौका गुम्यो । 
-    ४: ०७, काठमाण्डूमा पानी परिरहेको छ । खेलाडी ल्याफ्राक्कै भिजेका छन् ।
-    ४ ०७, जुमानु राईले आज धेरै प्रहार खेर फ्यालेका छन् । फेरि अर्को पटक उनको प्रयास असफल भयो । गोल पोस्टमाथिबाट हुँइकियो ।
-    ४ : ०५, नेपाली टोलीका प्रशिक्षक ग्राह्म रोबर्टस् आफ्नो टिमको प्रदर्शन देखेर हौसिएका छन् । पूर्वीटिमोर टोलीका प्रशिक्षक भने रातो रातो भएर निर्देशन दिइरहेको देखिन्छन् ।
-    ३: ५९, घरेलु मैदानमा नेपालको प्रदर्शन राम्रो देखिएको छ । तर पूर्वीटिमोरको खेल भने अहिलेसम्म जम्न सकेको छैन ।
-    ३ : ५५, नेपालले हानेको कर्नर खेल गयो ।
-    ३ : ५०, पूर्वीटिमोरले फ्रि किकको अवसर गुमायो ।
-    ३: ४७, पूर्वीटिमोर खेलाडीलाई पहेँलो कार्ड । नेपाललाई पेनाल्टी अवसर । अनिल गुरुङले गोल लगाए ।
-    जुमानुले पाएको प्रहार 'मिस' भएपछि नेपालको सुनौलो गोल मौका गुम्यो ।
-    ३ :४३, शिव श्रेष्ठले पहेँलो कार्ड पाएका छन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।
-    ३ : ४२, जुमानु राईलाई लडाएपछि नेपालले पाएको फ्रि कि मौका गुमेको छ ।
-    ३ :३९,  नेपालले कर्नर मौका पायो ।
-    ३ : ३२,  नेपाली खेलाडी शिव श्रेष्ठले भरत खवासलाई बल दिएर खेल सुरु गरेका छन् ।
-    ३ : ३२,  सुरु सुरु भएको छ । पानी सिमसिम परिरहेको छ ।
-    ३ : २५,  नेपाली खेलाडीहरुले पनि राष्ट्रिय गान गाएका छन् ।
-    ३ : २०,  पूर्वीटिमोरका खेलाडीहरुले खेलअघि राष्ट्रिय गान गाएका छन् ।
-    १ बजेः खेलाडीहरु दशरथ रंगशाला प्रवेश गरेका छन् । रंगशलामा दर्शकहरुको आउनेक्रम पनि जारी छ । नेपाली खेलाडी देखेपछि 'हुटिङ' हुने गरेको छ । 

No comments:

Post a Comment

Blogger Widgets