Blogger Templates

आज असार १५ दही चिउरे दिन

आज असार १५ गते दहीचिउरा खाने दिन । नेपाली समाजमा प्रत्येक वर्षको असार १५ मा धान रोप्ने मध्यसमयको अवसर पारी दहीचिउरा खाने चलन छ । वर्ष दिनका लागि धानको जोहो गर्नका निमित्त असार महिनामा रोपाइँ गरी सोही महिनाको मध्य तिथिका रुपमा सो दिन रोपाइँ गरी दहीचिउरा खाने
गरिएको हो । नेपाली समाजमा ‘असारको १५ दहीचिउरा खानू, साउनको १५ खिर’ भन्ने भनाइ छ । संस्कृतिविद् डा.विष्णु दाहालले मानिसहरू जङ्गली युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृतिलगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रुपमा विकास हँुदै गएको
बताउनुभयो । असार महिनामा मानो रोपेर मुरी फलाउनुपर्छ भन्ने मान्यता नेपाली समाजमा रहेको छ ।
गरि खाने किसान हरुको महत्व पूर्ण दिन आज धान दिवस, दहीचिउरे दिन, असार १५, मानो खाएर मुरी उब्जाउने समय, ........ आज फेरी त्यही गाउँ घर अनि सिमसार खेत मा हिलो संगै रोपाहार बाउसे सँग असारे गित गाउदै गोरु साउदै गरिएको रमाइलो लाई सम्झाई दियो अनि तपाइलाई नि..........???
असार १५ मानो खाएर मुरी उब्जाउने समय
असार १५ मानो खाएर मुरी उब्जाउने समय

असार १५ मानो खाएर मुरी उब्जाउने समय 
असार १५ मानो खाएर मुरी उब्जाउने समय
असार १५ मानो खाएर मुरी उब्जाउने समय 

असार १५ मानो खाएर मुरी उब्जाउने समय

No comments:

Post a Comment

Blogger Widgets