Blogger Templates

सेनाको रगत–पसिनामा जर्नेलहरू नुहाउदै...!!

साँघु
राज्य व्यवस्था समितिलाई नेपाली सेनाको अनुरोध
विभिन्न पत्रपत्रिकामार्फत् बेला बेलामा नेपाली सेनामा भएका कमीकमजोरीको विषयमा प्रधानसेनापति, रक्षामन्त्री, रक्षा मन्त्रालय, प्रधानमन्त्रीलगायतलाई सम्बोधन गरी लेख्दा पनि कसैले वास्ता नगरेकोले त्यस समितिलाई यसै पत्रिकामार्फत् खुल्ला निवेदन हालेका छौं। १. देशलाई एक लाख सेना आवश्यक छ छैन, बहस होस्। नेपाली सेनामा हाल रहेको संख्या ५० प्रतिशतले बढी छ कि? समयमा नै डाउन साइजिङ गरेर कम्तीमा पनि हाल रेन्जर गणले पाए सरहको तालिम सुविधा भएको नेपाली सेना खडा होस्। सेनाको नाममा खाली गाँसवास, कपास दिएर सुकुम्बासी जस्तो झल्लु सेना नबनाइयोस्। सेनाभित्र नयाँ जर्नेल थप्ने प्रस्ताव विना छलफल रद्द गरियोस्। त्यस वारे रक्षामन्त्रीले केही गर्दैनन्। उनलाई कसै कसैले ठूलो पोको भिडाइ सकेका छन्। नेपाली सेना कहिले कुन चिफ कहिले कुन चिफको राजनीति गर्ने थलो बन्नबाट रोकियोस्। २. सेनाका पूर्व गुरुङ जर्नेलहरूको राजनीतिका कारण हाल खाली रहेको रथी उपरथी, सहायक रथी पदमा प्रमोशन उठाइएको छैन। त्यो किन उठाइएन? समयमा प्रमोशन उठेको भए कर्णेल रतिन्द्र खत्री, जर्नेल बन्न सक्ने थिए। त्यसमा जातीय राजनीति भा'को हो कि? हेरियोस्। ३. हाल रहेको फूल कर्णेल (महासेनानी) भन्दा माथिल्लो तहको जागिर खाने अवधि घटाइयोस्। जर्नेलहरूले नमरुन्जेल पद नछाड्ने गरी बनाइएको सैनिक नियम तुरुन्त खारेज गरियोस्। जर्नेलहरूको जागिर खाने म्यादलाई लामो बनाउने काम बदनियतपूर्ण तरिकाले नियम बनाउने सेनाको कानुन विभाग, प्राड विवाकलाई सो कामको जिम्मा नदिइयोस्। किन भने प्राडका जर्नेल आफू नै सो पदमा लामो समय बस्न नेपाली सेनाको मनोवल गिर्ने गरी कानुन बनाएका छन्। अर्को कुरा प्राड विभाग कसरी प्राविधिक नियमभित्र पर्छ? त्यसलाई टेक्निकल ग्रुपभित्र राखेर किन लामो समयसम्म जागिर खाने भाडो बनाइयो? के सर्वोच्च अदालतलगायतका अदालतहरू पनि प्राविधिक भित्र मानेको छ नेपालको संविधानले? चिफको अवधि २ वर्ष, रथिको २ वर्ष, उपरथी र सहायक रथीको ५ वर्ष मात्र अवधि होस्। जसले गर्दा तल्ला तहका अफिसरलाई क्यारियर प्लानिङमा असर नपरोस्। ४. नेपाली सेनाको अधिकृतहरूको भर्नाका लागि शैक्षिक योग्यता मिनिमम स्नातक (बिए) बनाइयोस्। विए गरेका व्यक्ति सिपाहीमा भर्ना हुने, आइ ए गरेका अधिकृत हुने उता पुलिसमा आइ ए गरेका असइ हुने, सिभिलमा खरीदार हुने त्यस्तो असमान व्यवस्थाको खारेज होस्। सेनाकै इज्जतको लागि विए गरेका अफिसर चाहिन्छ। सेनाको खरिपाटीको विए र स्टाफ कलेजको एमएलाई त्रिविले हचुवाको भरमा मान्यता दिएर, विहारी सर्टिफिकेटलाई जस्तै बनाएको छ। त्यसबाट केही हुनेवाला छैन। नेपाल सरकारले आफ्नो देशको कानुन नियम बनाएर विए लागू गरोस्। सेनाका जर्नेलले सके भने त एसएलसीबाट नै लप्टन भर्ना गर्ने छन्। ५. नेपाली सेना भित्र गरिने प्रमोशन, विदेश तालिम, शान्ति सेना, खर्च आदिको वारेमा सैनिक नियममा प्रष्ट लेखेर कानुनतः पास गर्नुस्। हरेक चिफले आफ्नो मान्छेलाई चिफ बनाउने खेल र अर्बपति हुने भ्रष्टाचारी झेललाई नियम कानुनबाटै बन्द गर्नुस्। नेपाली सेना अहिले कसैको मातहतमा छैन। राष्ट्रपति आकाशमा, प्रधानमन्त्री पातालमा र हरेक रक्षामन्त्री सेनाको पैसोको पोकोभित्र बन्द भएर बस्छन् भने, सेनाको नियन्त्रण कसले गर्ने? के चिफ हुनेहरूले जे गर्योस त्यही हुने? अनि सरकार चाहिं सेनाको संरचना बिग्रिन्छ भनेर सेनाभित्रको विकृतिलाई साथ दिईरहने? सेनालाई नियन्त्रण गर्न डराउने हो भने रक्षा मन्त्रालय किन राख्ने त? सेना सम्बन्धी हरेक कुरा मन्त्रालय र क्याविनेटले निर्णय गर्नु पहिले सैनिक ऐन/कानुन अगाडि राखेर त्यसमा मिल्ने भए गर्नुस् नभए नगर्नुस्। नत्र समय सान्दर्भिक उपयुक्त नियम बनाएपछि मात्र गर्नुस्। सेना भित्रको पीएसओज् (प्रिन्सिपल स्टाफ अफिसर्स) गर्ने मनपरी निर्णयलाई ठाडै पास नगर्नुस्। त्यही पिएसओज् हो, नेपाली सेनालाई रुवाउने। ६. नेपाल सरकार आफैले शान्ति सेना संचालन गरी आर्मी भित्रको चरम भ्रष्टाचार रोक्नुस् छिमेकी चाइना र भारतले कसरी संचालन गरेको छ? अध्ययन भ्रमण गर्नुस्। सेनालाई सरकारको टाउकोमाथि नराख्नुस्। भारतीय, युएसए र युके सेनामा गएर त्यहाँको ब्यवस्थाको अध्ययन गर्नुस्। के त्यहाँ आर्मीको संभाररथी विभागले आफैं अबर्ौं अर्बको सामान खरीद गर्छ कि? त्यहाको सरकारले गर्छ? सामान किन्न सेनालाई सिधै पैसा दिएर नेपाल सरकारले नै सेनालाई भ्रष्टाचार गर्न प्रोत्साहन र मलजल गरेको छ। अन्यत्र सामान डिमान्ड सेनाले गर्छ, भने खरीद सरकारले गर्दछ। ७. सेना भित्र आइए गर्ने १८ वर्षीय र एमए गर्ने २४ वर्षीय व्यक्ति एकै दिनमा सेकेण्ड लप्टनका लागि भर्ना योग्य हुने नियम छ। यसरी एउटै पदमा एकै दिनमा ६ वर्षको उमेरमा जेठो, कान्छो भएको मान्छे भर्ना लिइन्छ। के त्यो पुलिसमा छ? अनि सेनानी भन्दा माथि चिफ सा'व हुन उमेरको हदम्याद राखिएको छ? जो कान्छो छ उही धेरै समय जागिर खाएर चीफ हुन्छ भने ६ वर्ष जेठो व्यक्ति फूल कर्णेलमै घर जानु पर्छ। आइए गर्ने चिफ बन्छ। के यो संविधानसम्मत समानता छ? भर्ना गर्दा उमेरको यत्रो ग्याप किन? यो राणा चिफहरूले राखेको झेली व्यवस्था होे। त्यसलाई समाधान गर्न–१, विए पास गरेकोलाई मात्र अफिसरमा लिने। २, अन्य निकायमा जस्तै सेनामा पनि नोकरी र उमेरको अवधि लगाउने। ३५ वर्ष भन्दा बढी नोकरी गर्ने नियम खारेज होस्, जति कान्छो उमेर भयो, त्यति बढी जर्नेल हुन पाउने नियमले गर्दा नै २३ वर्षमा भर्ना भएकाहरूले १६ वर्षीय नक्कली उमेर बनाएर २–३ र ४ तारे जर्नेल भएका छन्। एसएलसीको सर्टिफिकेट र सेनाको सैनिक सचिव विभागमा भएको सर्टिफिकेट भेरीफाइ गर्ने आँट गर्नुस्। अनि कति जर्नेल घर जान्छन् हेर्नुस्। ८. सेनाका पूर्व र वर्तमान जर्नेल–कर्णेलको घरमा मानव अधिकारवादी र पत्रकार सहितको टोली गएर छड्के जाँच गर्नुस् त कतिजना सिपाही, हवल्दारलाई कमारा बनाइएको छ? थाहा हुनेछ। एउटा मेजर जर्नेल सो भन्दा माथिकाले कम्तीमा १० जना वर्दीधारी नोकरहरू भेट्नुहुनेछ। ९. अकुत सम्पत्ति कमाउने सेनाका पूर्व चिफ र जर्नेल र बहालवाला जर्नेलको छानविन होस्। विशेष गरी कटवाल चिफको पालामा सेनाको लागि घडेरी खरीद गर्ने भनी भक्तपुर, पोखरा, सतुंगल एरियामा सैयौं सैयौं रोपनी काम नलाग्ने जग्गा खरीद गरी ३५ सौं करोड सफेद भ्रष्टाचार गर्ने हाल दीपायलका पृतनापति कुमार बुढाथोकी, पूर्व जर्नेल कुमार केसी र रुक्मांगत कटवाललाई अख्तियारको कठघरामा उभ्याइयोस्। सेनाको रगत पसिनामा जर्नेलहरूले नुहाउने छुट पाइरहेका छन्। यो तत्काल रोकियोस्। नेपाली सेनामा भर्ना भएका सिपाही, हवल्दार महिलाले नेपाली सेनाका अफिसरसंग विवाह गरेमा सेनाको जागिर छाड्नु पर्ने नियम छ। यो मानवअधिकारको हनन हो। त्यसलाई खारेज गरियोस्। कोसंग विवाह गर्ने नगर्ने त्यो व्यक्तिको व्यक्तिगत मामिला होइन। १०, सेनाको विकास निर्माणको काम हाल सुजाता कोइरालाका मान्छेलाई मात्र ठेक्का दिने गरेको वारेमा बुझियोस्। ११. नेपाली सेनामा के के सुधार गर्नुपर्ला भन्ने विषयमा प्रमुख सेनानी र सोभन्दा तल्लो दर्जाको राय लिइयोस्। र पूर्व सैनिक अधिकृत र एक्सपोर्टसंग बुझियोस्। विगत ७ वर्षभित्र नेपाली सेनाले खरीद गरेको एपीसीहरूको छानविन गरी डार्फर घटना जस्तै सेनाको भ्रष्टाचारलाई पनि सार्वजनिक गरियोस्। १२. अन्तमा नेपाली सेना अस्तिसम्म राणाहरूको पारिवारिक पञ्जाबाट मुक्त हुन गाह्रो परेको थियो। अहिले भूपू र वहालवाला गुरुङहरूको मुठ्ठीभित्र परेको छ। यसको भविष्य माओवादीतिर वा सेनावादतिर कता हो ठेगान छैन। तसर्थ सेनाभित्र दुर्घटना हुन नदिन सेनाको उच्च तहमा समावेशी पिएसओज्को ब्यवस्था होस्। त्यो भन्दा पनि ठूलो कुरो सेना सम्बन्धि विज्ञ व्यक्तिलाई रक्षा मन्त्री बनाइयोस्। जसले सेनाको गुटबन्दी नियन्त्रण गर्न र सेनाको मर्म बुझ्न सकोस्। शाही सेनाबाट जनताको सेना हुन चाहने सैनिकहरू

No comments:

Post a Comment

Blogger Widgets