क्वालालम्पुर, रुसाहाङ चेम्जोङ ।
मलेसियामा अवैधानीकरुपमा कार्यरत सम्पूर्ण विदेशीहरुलाई मलेसिया सरकार गृह मन्त्रालयाद्धारा ‘६ पी’ कार्यक्रम अन्र्तगत वैधानीक बन्न चाहानेहरुलाई बैधानीक बनाउने वा घर र्फकन चाहानेहरुलाई घर फर्काउने सम्बन्धी आवाश्यक गृहकार्य भईरहेको कुरा मंगलबार नेपाली राजदूतावास क्वालालम्पुरमा पत्रकार भेटघाटमा जानकारी गराए पत्रकार भेटघाट तथा छलफल कार्यक्रममा यहाँस्थित श्रमसहचारी सूर्य प्रसाद भण्डारीले प्रेस विज्ञप्ती पढेर सुनाउनुभएको थियो ।
एनआरएन मलेसियाका अध्यक्ष शंकर पौडेल र केनद्रीय सदस्य भिम शेरचनले एनआरएनको तर्फबाट गर्न सक्ने सहयोग आफूहरु गर्न तायार रहेको बताउदै सो अवसरको आवश्यक प्रचार प्रसार गर्ने कुरा बताउनुभयो ।
सो अवसरमा बैधानीक बन्न चाहानेहरु र घर र्फकन चाहानेहरुले के कति रकम बुझाउनु पर्ने र उक्त अवसर कहिलेबाट लागुहुने ? भन्ने संचारकर्मिहरुको प्रश्नमा महामहिम राजदूत ऋषिराज अधिकारीले त्यसको टुङगो भई नसकेको बताउनु भयो । नेपाल राजदूतावासको तर्फबाट सो अवसर नेपालीहरुलाई निःशूल्क प्रदान गर्न पटक-पटक अपिल गरेको पनि उहाँले बताउनुभयो । र सो अवसर लागुहुनसाथ पुनः पत्रकार सम्मेलन गरि सम्पूर्ण श्रमिकहरुलाई सूचित गराउने पनि उहाँले बताउनुभयो । समय तीन हप्ताको मात्र हुने भएकोले अवैधानीकहरुलाई आजैबाट तयारीमा रहन उहाँले अनुरोध गर्नुभयो ।
प्रेस विज्ञप्ती हेर्न तल दिएको फोटो मा क्लिक् गर्नुहोस
No comments:
Post a Comment