Blogger Templates

रोल्प भन्छ : काडमाडौंलाई रोल्पा बनाउन गएको तँ आफै काठमाडौं भइस..

२०६८ जेठ १४ ,सोफिया पुन
रोल्पा भन्छ- काडमाडौंलाई रोल्पा बनाउन गएको तँ तँ आफै काठमाडौं भइस् काठमाडौं पसेर जात फेरिस् ।   कहिलेकाहीँ यसो गम्छु- राजा र राणाको जीवनशैलीसित मेरो जीवनशैलीले मेल खायो भन्दैमा जात फेरेको भन्नु मनासिब हो र?   रोल्पा भन्छ- एक कल फोन पनि गर्दैनस् मिसकलसमेत गर्दैनस् गरेको फोनसमेत उठाउँदैनस् ।   कहिलेकाहीँ यसो गम्छु- परिवारका सदस्य नातागोता र केही कमरेडले पूजा नै गरेजसरी राखेपछि रोल्पालाई सम्झनै पर्ने कुन\ आइतबार छ र?   रोल्पा भन्छ- पुर्खे सुनार र सुनसरा बुढा मगरलाई भुलिस् सीता आचार्य र झन्कार मगरका गीत पनि भुलिस् ।   कहिलेकाहीँ यसो गम्छु- माइकल ज्याक्सनको गीतमा नाचिरहेको बेला रोल्पाली सहिद र रोल्पाली गीत सम्झनामा आउने माक्स्[वाद छ र?   रोल्पाको गुनासोले आजित छु, म पटकपटक उसलाई सोध्छु- 'तैले रेडियो सुन्दैनस्? टिभी हेर्दैनस्? पत्रिका पढ्दैनस्? मेरा 'दुई शव्द'मा रोल्पाको कुरा गर्न कहाँ छाडेको छु र?'   जब ऐना हेर्छु- आफ्नै अनुहारले सोध्छ- 'काठमाडौंले रोल्पाली भन्छ रोल्पालीले काठमाडौंको भन्छ कमरेड ! कस्तो डायस्पोरा भएँ हँ म?'   मेरो सिलुक सुनिरहेका\पढिरहेका मेरा कमरेड ! के रोल्पाले भनेजस्तो देखिन्छु र म ?   जेठको अन्तिम साता नुवाकोट गएको थिएँ, लेखकहरुको हुलसँग मिसिएर। कवि एवं मेरा साथी कृष्ण कुसुमको निम्तोमा पहिलोपालि नुवाकोट जाने साइत जुरेको थियो। आरएम डंगोलसहितका नुवाकोटे टोलीमा विमल निभा, नयनराज पाण्डेलगायतका झण्डै सात दर्जन लेखकहरुको टोली नुवाकोट गएको थियो। अँ, कुसुमले निम्तो दिएपछि आफू कवि पनि नभएको र समाचार लेख्ने सन्तोष रिमाल जाने भएपछि केका लागि जाने? यसो गमेँ। एक महिनामा एकपालि यो खाल्डो नाघिएन भने बौलाइएलाजस्तो हुन्छ। फेरि कहिल्यै नगएको ठाउँ जान पनि मन थियो।   एकाएक मेरो सम्झनामा आए कवि वैरागी काइँला। के आइतबार परेर सम्झना आए कुन्नि? सम्झिएँ त्यो दिन, जुन दिन लोकतान्त्रिक लेखक शाही शासनको विरोधमा उत्रिएका थिए। र, संचारग्राममा भएको एक कार्यक्रममा वैरागी काइला बोल्दैथिए, 'म त बैला भएको छु। तर, हिजो भने झण्डै कविता फुर्यो।'   लामो समयसम्म कविता नलेखेका काइलाको कविता झण्डै फुरेको प्रसंग रहेछ, मोहन कोइरालालगायतका लेखकहरुको बग्गी यात्रा। शाही शासनको विरोधमा कति कवि सडकमा थिए भने कति बग्गीमा। तिनै बग्गीवाल अचेल 'खाट्टी लोकतन्त्रवादी मात्र होइन गणतन्त्रवादी' नै भन्छन्। खैर, ती कुरा तपसिलमै राखौं। अँ, भन्दैथिएँ कुनै याममा यसैयसै कवि भनिएको थिएँ। डण्डीफोरे उमेरमा कविता भनेर लेखिएछन्। टीकाराम उदासी, उदय जीएम, आकाशगंगा बीसी(अहिलेको गंगा बीसी)सहितको एउटा कविताकिताब पनि निकालियो।   रोटीकारितामा लागेपछि 'लेखन'सँग पानी बाराबारजस्तै भयो। रोटीकारिता राजनीतिक बिट भएपछि लेखकले बोलाउने कुरै भएन। नलेखेपछि लेखक हुने कुरै भएन।   अँ, एउटा प्रसंग जोडूँ क्या हो। हिजो प्रभात चलाउनेको कोठामा आए छिङको किताब भेटेँ। मनमा बसेको उनको उक्ति बार बार दोहोर्याएको छु। उनले भनेका छन्, 'तिम्रो पाठकभन्दा एक तह माथि लेख। जसले गर्दा तिम्रो पाठकको एक तह माथि उक्लियोस्।' हो, उनै छिङको कविताकिताबमा उनले भनेका रहेछन्, 'एउटा लेखकले केही नलेख्नु भनेको ऊ अस्तित्वहीन हुनु हो। उसलाई सबले भुल्नु हो।'   झल्यास्स भएँ। हो त है। नलेखेर पो सबले भुलेका। नलेखेपछि काइलाले भनेजस्तो भइएन त बैला? रोल्पातिर बैलालाई 'थारा' भन्छन्। जन्माउने क्षमता नभएका गाई भैसीलाई भन्ने चलन छ।   अँ कृष्ण कुसुमले नुवाकोट जाने निम्तो दिएपछि कविता पो फुर्लाजस्तो भएछ। बैला भएका काइला मोहन कोइरालालाई बग्गीमा देखेपछि झण्डै फुरेजस्तो मेरो 'नुवाकोट जानेभएपछि केही त बोकेर जानुपर्ने' भनेर 'यसो उसो भयो' क्यार। यसै कोरेछु। यो कविता भनेर म दाबी गर्दिन।   धन्य आरएम डंगोल! कविता पढ्न नबोलाएकोमा। बोलाएको भए त कविताको बेइज्जतै हुन्थ्यो नि। सुनाउनलायक कहाँ छ र यो?

No comments:

Post a Comment

Blogger Widgets