Blogger Templates

ओसामा विन लादेनको मृत्यु, ढिलै भए पनि आतंकवादविरुद्ध सफलताः ओबामा

काठमाडौं , वैशाख १९ - २०६८ /  ०२-०५-२०११  

अल-कायदाका संस्थापक एवं प्रमुख ओसामा विन लादेनको मृत्यु भएको अमेरिकाले दाबी गरेको छ ।

पाकिस्तानको राजधानी इस्लामावादबाट करिब सय किलोमिटर उत्तरमा रहेको अब्बोत्ताबादको बिलाल क्षेत्रमा चार वटा हेलिकप्टरले हवाई आक्रमणमा अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको संगठन अलकायदाका 'मास्टरमाइन्ड' बिन लादेन सहित चार जना मारिएका छन् र आक्रमणपछि छापा मारेर त्यहाँ रहेका महिला र बालबालिकाहरुलाई हिरासतमा लिइएको छ। खोजी गरेको १० वर्ष र ३ हजार भन्दा बढीको मृत्यु पछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले आज बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै पाकिस्तानमा गरिएको आक्रमणमा उनको मृत्यु भएको पुष्टि गरेका हुन्। लादेनसँगै थप तीन जना पनि मारिएका छन्। तीमध्ये एक उनका छोरा रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन्। उनीसँगै उनका अन्य परिवार सदस्य समेत मारिएको दावी गरिएको छ। अधिकारीहरुले उनको शव नियन्त्रणमा लिइसकेका छन्। यो अपरेसनमा कुनै पनि अमेरिकीलाई क्षति नपुगेको बताइएको छ। बिन लादेन मारिएको खबरसँगै अमेरिकाले विश्‍वभरका अमेरिकी कार्यालयहरुमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामा राष्ट्रका नाममा सम्बोधनमा 'म आज अमेरिकी जनता र विश्वलाई यो बताउन चाहन्छु कि "ओसामा बिन लादेन मारिए", उनले घोषणा गरे, 'आज मेरो निर्देशनमा बिन लादेनविरुद्ध अमेरिकी सेनाले आक्रमण गरेको हो। भिडन्तपछि उनीहरुले ओसामालाई मारे र उनको शवलाई नियन्त्रणमा लिए।' घोषणासँगै राति अबेरसम्म पनि ह्वाइट हाउसअगाडि अमेरिकी झण्डा बोकेर खुसियाली मनाउनेहरुको भीड लागेको छ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले सोमबार टेलिभिजन सम्बोधन गर्दै लादेनको मृत्यु भएको पुष्टि गरेका छन् । लादेन पाकिस्तानको सीमावर्ती क्षेत्रमा भएको सैन्य कारबाहीमा मारिएको ओबामाले टेलिभिजन सम्बोधनमा भनेका छन् ।

बिन लादेनको शव अमेरिकामा नै रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति ओबामाले आतंककारी लादेनको मृत्युबाट आफूलाई गर्बवोध भएको बताएका छन् ।

ओबामाले विश्वभरका मुलुकलाई शान्तिपूर्ण बनाउने अभियानमा ढिलै भए पनि सफल भएको टिप्पणी गरेका छन् । उनले विश्वलाई नै शान्तिपूर्ण बनाउने आफ्नो अभियान जारी रहने प्रतिबद्धतासमेत जनाएका छन् ।

ओसामाबेन लादेन पहिले

ओसामबेन लादेनको क्षेत बिक्षेत अनुहार
टेलिभिजन सम्बोधनमा ओबामाले १० वर्षसम्मको आतंकवादविरुद्धको लडाईंमा साथ दिने अमेरिकी जनता र युद्धमा निरन्तर खटिएका सैनिकहरुलाई धन्यवाद दिएका छन् । लादेन मारिएको समाचारबारे उनको संगठन अल-कायदाले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

लादेन अमेरिकाको सर्वाधिक खोजीका व्यक्ति थिए । विन लादेन सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्यूयोर्क र वासिङ्टनमा भएको हमलाका प्रमुख योजनाकार थिए ।

बिन लादेनको मृत्यु भएको खबरपछि अमेरिकी नागरिकहरु खुशीका साथ सडकमा उत्रिएका छन् । अमेरिकी सञ्चारमाध्यमहरुले लादेन मारिएको समाचारको प्रत्यक्ष प्रशारण गरिरहेका छन् ।

No comments:

Post a Comment

Blogger Widgets