Blogger Templates

सिडिओले भारतद्वारा अतिक्रमित सडक भत्काउन लगाए

झापा,  असार १८ । नेपाल-भारत अन्तरराष्ट्रिय सिमानालाई अतिक्रमण गरी भारत विहार राज्यका ठेकेदारले नेपाली भूमि मिचेर बनाएको सडक पक्की सडक बनाउन थालेपछि झापाका प्रजिअ गेहनाथ भण्डारीले तत्काल भत्काउन लगाएका छन् । प्रजिअ भण्डारीले आफ्नै सामुन्ने अतिक्रमित क्षेत्रको सडक तुरुन्त भत्काउन आदेश दिएका हुन् । प्रजिअको आदेशलाई पालना गर्दै भारतीय ठिकेदार जुवेर आलमले तत्काल सडकको नाप गरी अतिक्रमित क्षेत्रको सडक भत्काएन लगाएका हुन् । उनले करिब २०० मिटरको लम्बाइको दुई फिट चौडाइसम्मको सडक तुरन्तका तुरन्त भत्काएका थिए ।
अन्तर्राष्ट्रिय सिमाना क्षेत्रमा सडक, घर र खनजोत गर्न नपाइने अन्तर्राष्ट्रिय नियम छ । झापाको सदरमुकाम भद्रपुरदेखि ९० किलोमिटर दक्षिणमा अवस्थित खजुरगाछी-१ स्थित दस गजालाई मिचेर भारत विहारको किशनगन्ज जिल्लाको खनियावाद पञ्चायतमा बनाइएको  ग्रामीण सडकको अतिक्रमित भाग भत्काइएको हो । यस क्षेत्रका  दसगजा क्षेत्र छुट्टयाएपछि मात्र सडकको निर्माण कार्य थाल्न प्रजिअले सुझाव दिएपछि  सीमा सुरक्षा बल भारत फत्तेपुरका कमान्डर एलए सिंहले पनि सहमति जनाएपछि सडक निर्माण कार्य रोकिएको हो ।
यसअघि २०६६ चैत्र १६ गते उक्त दसगज्जा क्षेत्रमा ग्राभेल सडक निर्माणको क्रममा विवाद उत्पन्न भएपछि झापा जिल्लास्थित प्रशासनिक अधिकारी र विहार  फत्तेपुरका ब्लाक डेभेलोपमेन्ट अफिसर, नापीका अफिसर तथा एसएसबीका कमान्डरको उपस्थितिमा दस गजाको नाप गरिएको थियो । उतिखेर छुट्टयाएको दसगजा नै अहिले अतिक्रमित भएको हो ।
सीमावर्ती नेपालको खजुरगाछी र भारतको फत्तेपुरस्थित सीमास्तम्भ १५०/३४ र १५१/३५बीचको करिब १ किलामिटर दूरीमध्ये ४०० मिटर क्षेत्रमा दस गज्जालाई मिचेर सडक निर्माणको कार्य भइरहेको थियो । खबर पाउनासाथ त्याहा रहेका सशस्त्र प्रहरी र जनपथ प्रहरीका टोलीले जिल्लामा खबर गरी बिहीबार नै सडकका निर्माण कार्य रोक्न लगाएको थियो ।

No comments:

Post a Comment

Blogger Widgets