![]() |
देबी खडका ,जयपुरी घर्ती मगर लागाएत लाई सपथ ग्रहण गराउदै प्रम झलनाथ |
दोलखाको दुर्गम जुगे गाविसको एक गरिब परिवारमा जन्मिएकी देवीले औपचारिक शिक्षाका लागि विद्यालय जान पाइनन् । त्यसैले पछि मौका पाएपछि उनले प्रौढ शिक्षामा चित्त बुझाउनुपर्यो । हुन त गाउँमै विद्यालय थियो, तर उनी सानै हुँदा बाबु र दाजु रित बहादुर खडका जेल परेको र घरको आर्थिक अवस्था कमजोर भएकाले उनले विद्यालय जाने मौकै पाइनन् । बाल्यकालमा अध्ययन गर्न नपाए पनि जनयुद्धका क्रममा उनले अनौपचारिक अध्ययन अघि बढाइन् । सभासद् बनेपछि राजधानीमै अंग्रेजी भाषासमेत सिकेकी खड्का अहिले फाट्टफुट्ट अंग्रेजीसमेत बोल्छिन् । द्वन्द्वकालमा गस्तीमा खटिएका सुरक्षाकर्मीले घरमा सुकाएका कपडा जलाएर धम्क्याएपछि उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीमा आवद्ध भएकी थिइन् । ०५३ साल चैतमा अनेमसंघ क्रान्तिकारीको जिल्ला अध्यक्ष भएकी देवीलाई ०५४ साल कात्तिकमा पक्राउ गरी २८ दिन हिरासतमा राखिएको थियो भने त्यहीवेला हिरासतमै उनको अस्मितासमेत लुटिएको थियो । अधिकारकर्मीको चर्को दबाबपछि रिहा भएकी देवी जनयुद्धभर 'अस्मिता' का नामले चर्चित भइन् । आफ्नी छोरी राज्यमन्त्री बनेको खबर सुन्नासाथ उनकी आमा मनमाया खड्काले भनिन्, 'दुश्मनहरूले दुःख नदिएको भए कसैको चुल्होचौकोमा हुन्थी होली, तर जनयुद्धले उसलाई मन्त्री बनायो ।'
देवीका बाबु पञ्चायतकालमै जेलमा मारिएका थिए भने उनका दाजु रितबहादुर खड्का माओवादी जनयुद्धकालमा सुरक्षाकर्मीद्वारा मारिएका थिए । उनको सिंगो परिवार माओवादी राजनीतिमा सक्रिय छ । देवीका श्रीमान् राजकुमार श्रेष्ठ सिन्धुपाल्चोकका सभासद् हुन् भने भिनाजु गंगा कार्की माओवादी केन्द्रीय सदस्य र भाइ विशाल माओवादी दोलखाको जिल्ला सहसेक्रेटरी छन् ।
No comments:
Post a Comment