Blogger Templates

अमेरिकी युद्धबिमान लिबियामा खस्यो

काठमाडौं, चैत्र ८ - अमेरिकी युद्धबिमान लिबियामा दुर्घटनाग्रस्त भइ खसेको छ । अमेरिकी सेनाका प्रबक्ता केनिथ फिडलरले विमान कसैले खसाएको भनाइको खण्डन गरेका छन् ।
प्राविधिक त्रुटिका कारण वायु सेनाको एफ १५ स्ट्राइक इगल विमान अवतरण गरिएको प्रबक्ता फिडलरको दाबी छ । विमानका दुवैजना चालकको सकुशल उद्दार गरिएको अमेरिकी अधिकारीहरुले जनाएका बीबीसीले जनाएको छ ।
वायु सेनाको एफ १५ स्ट्राइक इगल विमान विद्रोहीको पकड रहेको बेंगाजीमा खसेको हो । विमान खसेको ठूलो आवाज कर्नेल गद्दाफीको निवासमा पनि सुनिएको थियो ।

No comments:

Post a Comment

Blogger Widgets