Blogger Templates

“न रोए है आमा”

 रचनाकार:- अम्मर बहादुर लामिछाने 
                               नि.पो.२ कास्की नेपाल
                           हाल:- मलेशिया के एल बंगशार
                           फोन न. ०१०२६४२२७३,०१०२४५०९८२
                        
ढल्नेछ रात हुनेछ बिहान सुनौलो किरण !
नरुनु आमा हुनेछ सु:ख आउनेछ त्यो दिन ! !
घर र जग्गा जमिन धितो साहुको त्यो ऋण !
भालेको डाँको संग संगै उठ्थ्यौ सम्झन्छु त्यो दिन ! !

न बोल्न पायौ न सुत्न पायौ रातको बेलामा !
त्यो खालि पेट पटुकी कसी निस्कन्थ्यौ मेलामा ! !
साहुको ऋणले छटपटी हुँदा सुस्केरा हालेको !
सम्झना आउछ अधेरी रातमा त्यो दीप बालेको ! !

न लेख्न पायौ न पढ्न पायौ गरीब हुनाले !
जन्मदै खेरि आकाशै चुम्ने साहुको ऋणले ! !
दु:ख नै दु:ख झेल्नु नै परर्यो सु:ख को साटोमा !
संगी र साथि आकाश उड्छन् म रहे माटोमा ! !

प्रदेशी भए हे मेरी आमा तिमीलाई छाडेर !
आउदै छु छिट्टै बसौला अनि दु:ख लाई बाडेर ! !
मन बुझाई बस्नु हे मेरी आमा तस्बिरै हेरेर !
हुने छ भेट अबश्य पनि नगए मरेर ! !
                          समाप्त

No comments:

Post a Comment

Blogger Widgets