Blogger Templates

संबिधान सभाको मिहात थपिने नै भयो (लाइभ अपडेट )

१२ बज्यो। १५ गते लाग्यो। ह्यापी गणतन्त्र दिवस !  

नत्र राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगरेसम्म कसरी संविधान संशोधन अर्थात् म्याद थप हुन्छ र ? मिलाएर गरेसि जे नि हुन्छ के  

१५ मिनेटपछि त १२ बजिसक्छ भन्ने सोच्नुभा होला। प्रक्रिया सुरु भइसकेपछि पाइन्छ रे। पोहोर नि त्यस्तै गरेका त हुन् नि। खासमा यो १५ मिनेटको ब्रेक भनेको संशोधन र छलफलका लागि हो। तीन दिन लाग्नुपर्ने हो नियमित प्रक्रियामा गए। अहिले त मिलाएर गरेर पो त  

अब अन्तरिम संविधान नवौँ संशोधनको विधेयक कानुन मन्त्री प्रभु साहले पेश गर्दैछन्। यसपछि संसद बैठक केही समयका लागि स्थगित हुनेछ।  
राप्रपा नेपालको विरोधको सूचना बहुमतले अस्वीकृत  
अब कानुन मन्त्री प्रभु साहले राप्रपा नेपालको विरोधको जवाफ दिँदैछन्। यसपछि मतदान हुनेछ। ध्वनि मत अर्थात् हुन्छ/ हुन्नबाट।  
अब त सबै नेताहरु संसदको बैठकमा आइसकेका रहेछन्  
प्रधानमन्त्री झलनाथ खनाल पनि संसद बैठकमा देखिए।  
तीन दलबीच भएको सहमति ३) कब्जा सम्पति तत्काल फिर्ता प्रक्रिया सुरु गर्ने ४) राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास सुरु गर्ने  
तीन दलबीच भएको सहमति १) २० गतेभित्र माओवादी नेताको दोहोरो सुरक्षा हटाउने २) एक महिनाभित्र हतियार राज्यलाई बुझाउने  
राप्रपा नेपालको विधेयकको विरोधको प्रस्तावमाथि मतदान हुनेछ। यो प्रस्ताव पास भयो भने म्याद थप हुन सक्दैन तर यो बहुमतले अस्वीकृत हुनेछ  
अहिले संसदमा संविधान सभाको म्याद थप गर्न संविधान संशोधन गर्न सरकारले ल्याएको विधेयकको राप्रपा नेपालका सभासद विरोध गर्दैछन्।  
संसद बैठक सुरु भएपछि म्याद थपिने निश्चित 
अब राप्रपा नेपालको म्याद थपको विरोधको सूचना प्रस्तुत हुँदैछ  
अहिले राष्ट्रिय गान बज्दैछ।  
संसदको बैठक ११ १४ मा बस्यो  
सविधान सभामा रहेका साथी माधव ढुङ्गेल भन्छन् - शर्तैशर्तको जालोमा ६ महिना म्याद थपिने देखियो 
सविधान सभामा रहेका साथी माधव ढुङ्गेल भन्छन् - स‍ंसदको बैठक सुरु हुन घण्टी बजे जस्तो सुनियो। 
अब के प्रष्ट भो भने १२ बज्नुअघि संविधान संशोधनको प्रक्रियामात्र सुरु हुनेछ। किनभने चार पटक बैठक बस्नुपर्नेछ अहिले संसद बैठ।  
मधेसी मोर्चालाई यसरी मनाए हुन्छ माग१ प्रमको राजीनामा: हुन्छ भोलि दिने। माग२ १० हजार मधेसीलाई सेनामा: हुन्छ सबै मधेसीलाई सेना बनाउने  
तीन दलको बैठक सकियो अब मधेसी मोर्चासँग तीन दलको बैठक रे
भोलि जेठ १५- Happy गणतन्त्र दिवस भन्ने हो कि GUNतन्त्र दिवस भन्नुपर्ने हो कुन्नि :) 
लौ ११ बज्यो। अब एक घण्टामात्रै बाँकी अझै संसद बस्न सकेको छैन। हुनत ११५९ मा बैठक सुरु गरे नि प्रक्रिया सुरु भएसि पाइन्छ भन्ने होलान्  
मधेसी मोर्चाले संविधान सभाको म्याद थप्न संविधान संशोधनको मतदानमा भाग नलिने भनेपछि कुरो बुझे भो तीन दलले म्याद थपमा सहमति गर्ने भो 
मधेसी मोर्चाको एउटा माग अहिले नै पूरा भएन। उनीहरुले तीन दलको बैठकमा आफूलाई पनि राखियोस् भनेका थिए तर अहिले तीन दलमात्रै बैठकमा छन्  
सबै नागरिकलाई अनिवार्य सैनिक तालिम दिउँ भन्दा मानेनन्, अब ५० हजार मधेसीलाई सेनामा भर्ना लिनुपर्‍यो रे।  
स‍ंविधान सभाको म्याद सकिन २ घण्टाभन्दा कम समय बाँकी हुँदा तीन दलका शीर्ष नेताको बैठक सुरु।  
'र'का प्रतिनिधि आएको भोलिपल्टै फोरम फोडेका जेपी गुप्ताले मधेसी माग पूरा नभए संविधान सभाबाट बाहिरिने बताएका छन्। 
सबैको ध्यान संविधान सभा भवनतिर भा बेलाँ म भने काठमाडौँ खाल्डो हेर्न रामकोट डाँडा पुगेँ। काठमाडौँमाथि कालो बादल
स‍ंसद बैठक कहिले बस्ला भनी कुरिरहनुभएको भए बुझ्नुस्, त्यो भन्दा पहिले तीन दलका शीर्ष नेताको बैठक बस्नुपर्छ, त्यही त बस्न सक्या छैन  
लौ केपी ओली नि छिरेछन् है ८ बजेर ५ मिनेट जाँदा संविधान सभा भवनभित्र। पोहोर नि उनैको सक्रियतामा ११४५ बजे सहमति भएर म्याद थपिएथ्यो
मधेसीको माग-१० हजार मधेसीलाई अहिल्यै सेनामा समायोजन गर्ने एक मधेस एक प्रदेशको स्वीकार्ने र ३ दलको बैठकमा मधेसी मोर्चालाई राख्ने  
लौ बिहान ८ बजे बोलाइएको संसद १२ घण्टा ढिला हुँदा नि बसेन। राति ८ बज्यो अहिले। अब ४ घण्टा बाँकी म्याद सकिन।  

No comments:

Post a Comment

Blogger Widgets