Blogger Templates

जन मुक्ति सेनाहरुले २०६७ सालको SLC परिक्षामा गरेको प्रगति

image
माओवादी सेनाका कम्पनी कमान्डर डिलबहादुर रोकायले यस वर्ष एसएलसी परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरे ।

 आठ वर्षअघि जुम्लाको एक विद्यालयमा कक्षा ९ मा पढ्दै गर्दा जनयुद्धमा लागेका रोकायले शिविर बसाइलाई उपयोग गर्दै पढाइ सुचारु गरेका थिए । 
उनी अहिले चौथो डिभिजन मुख्यालयअन्तर्गत कम्पनी कमान्डरका रूपमा कार्यरत छन् । उनले शिविरमा सैन्य तालिम मात्र गरेनन्, पढाइमा पनि आफ्नो समय खर्चे । रोकायले अव उच्च शिक्षा हासिल गर्ने लक्ष्य लिएको बताए । 'मिहिनेत गरेको थिएँ, राम्रो नतिजा आयो, खुसी लागेको छ,'
उनले भने, 'अब समय मिल्यो भने उच्च शिक्षा अध्ययन गर्छु । 
रोकायजस्तै यस डिभिजनबाट यो वर्ष दुई सय ७० लडाकुले एसएलसी परीक्षा उत्तीर्ण गरेका छन् । चौथो डिभिजन मुख्यालयअन्तर्गत एसएलसी दिएका तीन सय ८० लडाकुमध्ये दुई सय ७० जना पास भए । चौथो डिभिजनअन्तर्गत रूपन्देहीको सैनामैना, नवलपरासीको हात्तीखोर, झ्याल्टुङडाँडा र जर्गाहा शिविरमा रहेका लडाकुले नवलपरासीको अरूणखोला परीक्षा केन्द्रबाट प्रवेशिका परीक्षा दिएका थिए । गत वर्ष पनि यत्तिकै संख्यामा यो डिभिजनका लडाकुले परीक्षा दिएका थिए । 
यति धेरै लडाकु एसएलसी परीक्षामा किन सामेल भए होलान् ? कतिपयले लडाकु शैक्षिक योग्यता बढाउन पढ्न सुरु गरेको बताउने गरेका छन् भने कतिपयले विगतमा पढ्न नपाएकाले त्यो पूरा गर्न चाहेको रूपमा बुझेका छन् । तर, लडाकुका कमान्डर र सदस्यहरू -परीक्षामा सहभागी समेत) ले समेत एसलसी परीक्षालाई समयको उपभोगका रूपमा लिएका छन् । 
बि्रगेड कमान्डर सरल सहयात्रीका अनुसार शान्तिप्रक्रियापछिको शिविर बसाइलाई उपयोग गर्नुपर्छ भन्ने सामूहिक सोचाइअनुसार नै लडाकुहरूले पढ्न सुरु गरेका थिए । उनले गत वर्ष संस्थागत रूपमै लडाकुहरूले परीक्षा र्फम भर्नेदेखि ट्युसन पढ्नेसम्म सामूहिक गरेका थिए भने अहिले भिन्नाभिन्नै तरिकाले पनि र्फम भरेको बताए । सहयात्रीले शिविर बसाइपछि एसएलसी उत्तीर्ण भएकाले उच्च शिक्षा अध्ययन गर्दै गरेका र एसएलसी उत्तीर्ण नभएकाले एसएलसीको तयारी गरेको बताए । 
शिविर बसाइलाई लडाकुहरूले कसरी उपयोग गर्दै छन् भन्ने उदाहरणका लागि चुलाचुलीस्थित माओवादी सेनाको प्रथम डिभिजन मुख्यालय र त्यसअन्तर्गतका शिविरको तथ्यांकले देखाउँछ । तीन वर्षयता जिल्लाको चुलाचुलीस्थित माओवादी सेनाको प्रथम डिभिजन मुख्यालय र दानाबारीस्थित सहायक शिविरबाट सहभागी दुई सय ८५ जना लडाकु एसएलसीमा उत्तीर्ण भएका छन् । 
यसपटकको परीक्षामा दानाबारीस्थित दीपज्योति माध्यमिक विद्यालयको परीक्षा केन्द्र 'ग' बाट सहभागी एक सय ४२ मध्ये एक सय ३० लडाकु उत्तीर्ण भए । तीमध्ये ४५ जना प्रथम श्रेणीमा र ८५ जना द्वितीय श्रेणीमा उत्तीर्ण भए । अहिलेसम्म कसैले पनि विशिष्ट श्रेणी हासिल गर्न सकेका छैनन् । 
तीन वर्षयता एक सय ४१ प्रथम, एक सय ४३ द्वितीय र एक लडाकुले तृतीय श्रेणी हासिल गरेका छन् । ०६६ सालको एसएलसीमा यहाँबाट सहभागी ९४ लडाकुमध्ये ९० जना अर्थात् ९७ प्रतिशतभन्दा बढी उत्तीर्ण भएका थिए । सहभागीमध्ये ३७ प्रतिशत प्रथम र ५३ प्रतिशत दोस्रो श्रेणीमा उत्तीर्ण भए । ०६५ सालको प्रवेशिका परीक्षामा सहभागी ६७ लडाकुमध्ये ६५ प्रतिशत वा ९७ प्रतिशत नै उत्तीर्ण भएका थिए । उनीहरूमध्ये ५९ जना प्रथम, पाँचजना द्वितीय र एकजना तृतीय श्रेणीमा उत्तीर्ण भए ।
पहिलो डिभिजन कमान्डर यामबहादुर अधिकारी प्रतीक्षाले शिविर बसाइ उपलब्धिमूलक बनाउन जनसेनाका सदस्य सक्रिय भएको बताए । 'फुर्सदको समयलाई उपलब्धिमूलक बनाउन चाहेको हो' प्रतीक्षाले भने । सातवटा मुख्य र २८ सहायक शिविरमा करिब १९ हजार लडाकु छन् । अहिले मात्र होइन शान्तिप्रक्रियाको सुरुवातसँगै लडाकुले अध्ययनलाई निरन्तरता दिन थालेका थिए । तेस्रो डिभिजनबाट ४६ जना लडाकुले एक्जाम्टेड दिएकोमा १० जना उत्तीर्ण भएका छन् । यसपालि तेस्रो डिभिजनबाट नियमिततर्फ एसएलसी दिने लडाकु थिएनन् ।
छैटाँै डिभिजनमा परीक्षा दिएका दुई सय आठजनामध्य एक सय ५७ लडाकु उत्तीर्ण भएका छन् । उनीहरूले जिल्ला शिक्षा कार्यालयबाट प्राइभेट परीक्षार्थीका रूपमा फारम भरेका थिए ।  माओवादी लडाकुको दशरथपुरस्थित छैटौँ डिभिजनअन्तर्गत गुमी, लेखफर्सा, कल्यानमा चारवटा सहायक शिविर छन । खुला विद्यालयबाट २१ जना विद्यार्थी परीक्षामा सहभागी थिए ।
उता, दुई नम्बर डिभिजनअन्तर्गत एसएलसी परीक्षामा सहभागी भएका ३ सय ४० लडाकुमध्ये २ सय ९० जना उत्तीर्ण भएको डिभिजन सहायक कमान्डर उत्तम पाण्डेले जानकारी दिए । जसमा प्रथम श्रेणीमा १६ जना, द्वितीय श्रेणीमा २ सय ७१ जना तथा तृतीय श्रेणीमा ३ जना पास भएका छन । सहायक शिविर रानीबास, वेलसोत र खयरमाराका लडाकुले सिन्धुलीको दुधौलीमा रहेको कोगटी परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । 
समायोजन प्रक्रियामा शैक्षिक योग्यताले सहयोग पुर्‍याउने अपेक्षा लडाकुको छ । जनसेनाका डेपुटी कमान्डर तथा प्रवक्ता बलदेवले समायोजन प्रक्रियामा न्यूनतम शैक्षिक योग्यता पनि सहयोग हुने र ज्ञानको स्तर पनि बढाउन सदस्यहरूले पढाइमा रुचि देखाएको बताए । 'साथीहरूमा खाली समय उपयोग गर्ने र शैक्षिकस्तर बढाउने इच्छा देखियो,' बलदेवले भने, 'समायोजनमा न्यूनतम शैक्षिक योग्यता सहयोग हुने पनि उनीहरूको विश्वास छ ।' 
खुला विद्यालयको अवधारणाअनुसार लडाकुले प्रवेशीका परीक्षा दिन थालेका थिए । यसअन्तर्गत माओवादीका कैयाँै सभासद्ले समेत एसएलसी उत्तीर्ण गरेका छन् । यसै वर्ष मात्र सभासद्् गीता ठगुन्ना पनि प्रवेशिका उत्तीर्ण भएकी छिन् । यद्यपि, कतिपय लडाकु परीक्षामा सामेल नभए पनि उतीर्ण हुने गरेको गुनासो सुनिन्छ । लडाकुहरूले परीक्षा दिने केन्द्रमा अनुगमन गर्ने व्यक्तिलाई समेत कडाइ गर्ने गरिएकाले उनीहरूको परीक्षाफल परीक्षा नै नदिए पनि आउने गरेको बताउने गरेका छन् ।

No comments:

Post a Comment

Blogger Widgets