Blogger Templates

खिमनाथ आक्रमण काण्ड /आफै धामी आफै बोक्सी

काठमाडौ, अषाढ ३ -
एमाले प्रचार विभागका प्रमुख प्रदीप ज्ञवालीले पत्रकार आक्रमणका आरोपी पर्शुराम बस्नेतलाई राज्यले खोजेको बेला उपस्थित भएर अनुसन्धानमा सघाउन ध्यानाकर्षण गरेका छन् ।
विभागको तर्फबाट शुक्रबार पत्रकार सम्मेलन गरी उनले आफ्नो सम्पर्कमा रहे पर्शुरामलाई अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउनसमेत युवा संघका अध्यक्ष महेश बस्नेतको ध्यानाकर्षण गरेका छन् ।
महेशले केही दिन अघि पर्शुराम आफुसंगै रहेको भन्दै सक्ने भए पक्रन चुनौती दिएका थिए । 'राज्यले खोजेको बेला उपस्थित हुन आरोपीको कर्तब्य हो । आरोपितहरुलाई घट्नाको अनुसन्धान सघाउन र आफु निर्दोष भए प्रमाणित गर्न ध्यानाकर्षण गर्दछौं' उनले भने ।
उनले विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि गरिएको आक्रमणको निन्दा र भर्त्सना पनि गरे । 'दोषीलाई अविलम्ब कारवाही गर्दै पत्रकारहरुको भौतिक र पेशागत सुरक्षा गर्न सरकारसंग जोडदार माग गर्छौं' उनले भने, 'घाइते पत्रकारको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिन माग गर्छौ ।'
ज्ञवालीले यसै घट्नासंग जोडेर पछिल्ला दिनमा एमाले पार्टी र यसका नेतालाई लाञ्छाना लगाउँदै संप्रेसित समाचार, सम्पादकीय र टिप्पणीको खण्डन गरेका छन् । 'घट्नालाई अतिरञ्जित गर्दै राजनीतिकरण नगर्न आग्रह गर्दछौं' उनले भने ।
उनले घट्नाको निष्पक्ष छानविनका लागि स्वतन्त्र आयोग गठन हुनुपर्नेसमेत बताए । 'प्रेसमाथीको आक्रमणलाई लोकतन्त्र माथीको आक्रमणको रुपमा लिंदै आक्रमण बिरुद्ध दृढतपूर्वक उभिन्छौं' उनले भने । 
साथै बिहीबार प्रहरीले युवा संघका अध्यक्ष महेश बस्नेतलाई पक्राउ गरेको, सप्ताकोशी एफएममा हस्तक्षेप र खनतलासी गरेको तथा शंकरदेव क्याम्पसमा प्रहरीले ज्यादति गरेको भन्दै विरोध गरेको छ ।

No comments:

Post a Comment

Blogger Widgets