Blogger Templates

विश्वले हेरेको एउटा बिहे बेलायती राजकुमारको बिबाह समारोह

बैशाख १५ शुक्रबार २०६८
आज विश्व एउटा बिहे हेर्नमा व्यस्त भयो। अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकताका साथ प्रसारण गरेका हुनाले इच्छा हुनेले होस् कि नहुनेले, यो बिहे नहेरी सुखै पाएनन्। बेलायती गद्दीका उत्तराधिकारीको लाइनमा दोस्रो नम्बरमा रहेका नवयुवराज विलियम्सको बिहे थियो त्यो। तर एउटा देशको हैन, पूरै विश्वकै राजपरिवारको बिहे हो कि जस्तो झल्को पाइन्थ्यो। बेलायत र उसले इतिहासमा उपनिवेश बनाएका देशहरुमा मात्र हैन, अरु देशमा पनि यो बिहेलाई उत्सुकतापूर्वक हेरियो। अमेरिकी मिडियामासमेत यही बिहे छाएको थियो।


बेलायतका भावी राजा र रानी बग्घी चढेर दरबारतिर जाँदै।

विश्वभरका दुई अर्बले टेलिभिजन र इन्टरनेटबाट प्रत्यक्ष हेरिरहेका थिए बकिङ्घम दरबारको बरन्डामा सार्वजनिक रुपमा प्रेम प्रदर्शन गर्दै दुलाहादुलहीले दुई पटक चुम्बन गरेको यो दृश्य।


सबभन्दा पुरानो राजतन्त्रात्मक देशको रुपमा परिचित बेलायतको परम्परा भने फरक छ। त्यहाँ राजपरिवारले सामान्य नागरिकसित पनि बिहे गर्न पाउँछ। यहाँ जस्तो राणा खलक कै बिहे गर्नुपर्ने नभए भारततिरको खान्दानको बिहे गर्नुपर्ने चलन उतातिर छैन। विलियमको बिहे पनि उनीसँगै पढेकी सामान्य परिवारकी केट मिडलटनसित भएको हो। इन्टरनेटको व्यापक प्रयोग भएको पुस्तामा भएको यो पहिलो बिहे हो।


दुलहीको यो ड्रेसको निकै प्रतीक्षा भएको थियो। यो आइभोरी गाउन सराह बर्टनले अलेक्ज्यान्डर म्याकक्विनमा बनाएकी हुन्। अनि पछाडि यो गाउन समात्ने चाहिँ दुलहीकी बहिनी हुन्।

उनीहरु पाले पुण्य मारे पाप त भन्दैनन्। तर केही न केही चाहिँ भन्छन् होला। दुलहा, दुलही र दुलहीका बाबु।

No comments:

Post a Comment

Blogger Widgets