प्रधानमन्त्रि झलनाथ खनाल को नेतृत्व सरकारले बल्ल पुर्णता पाएको छ, गठित मन्त्रि परिषदका सदस्य र कार्यविभाजन
मार्क्सवाद-लेनिनवाद-माओवादको सर्वभौम सत्यलाई नेपाली समाजको वास्तविक स्थितिमा लागू गर्ने प्रक्रियामा चलेको लामो वैचारिक एवम् वर्गसंघर्षको अनुभवका आधारमा एकता महाधिवेशनमा हाम्रो पार्टीले क्रान्तिकारी राजनैतिक कार्यदिशा निर्धारित गर्यो । त्यस कार्यदिशामुताविक केन्द्रीय समितिको तेस्रो विस्तारित वैठकले व्यवस्थित रूपले पार्टीले सैन्य कार्यदिशा अघि ल्यायो । त्यो सैन्य कार्यदिशाले आजको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा मात्र होइन, नेपाली समाजको ऐतिहासिक विकासप्रक्रिया र आजको आर्थिक, राजनैतिक, साँस्कृतिक एवम् भौगोलिक विशिष्टताहरू समेतको लेखाजोखा गरी नेपाली जनयुद्धको रणनीति एवम् कार्यनीतिहरूको खाका तयार पार्यो ।
नेपालमा सचेत ढङ्गले जनयुद्धको उठान गर्ने उद्देश्यमा केन्द्रित रही विस्तारित वैठकको त्यो दस्तावेजले त्यो प्रक्रियाका चरणहरू निश्चित गर्यो । त्यसअनुसारको पहिलो चरणलाई अन्तिम तयारीको चरणको रूपमा परिभाषित गर्यो । वैचारिक, राजनैतिक, सङ्गठनात्मक, प्राविधिक एवम् संघर्षसम्बन्धी न्यूनतम तयारी पूरा गर्ने केन्द्रीय समितिको योजनाअनुसार ती कामहरू मूल रूपमा पूरा गरिएका छन् । ती सबै कामको पार्टीले आम जनसमुदायमा निकै सकरात्मक र उत्साहबर्द्धक प्रभाव परेको छ । देशमा प्रतिक्रियावादी राज्यसत्ता र त्यसअन्तर्गतका राजनीतिक गुटहरूमा विकास भइरहेको आमसङ्कटको प्रक्रिया तथा हाम्रो तर्फाट नयाँस्पिरिटअनुसार उनीहरूको भण्डाफोर एवम् देशका विभिन्न भागमा अघि बढिरहेको विविध रूपका संघर्षका कार्यक्रमहरूले आज पार्टीले छविलाई देशको एकमात्र वैकल्पिक क्रान्तिकारी राजनैतिक शक्तिका रूपमा स्थापित गर्दै आएको छ । त्यससन्दर्भमा प्रमुख कुरा के हो भने आज पार्टीले माथिदेखि तलसम्मको मूल संयन्त्र तयारीको चरणबाट संघर्षको पहलकदमीको चरणमा प्रवेशका लागि मानसिक रूपले तयार भएको छ ।
read more .....
२६ मंशिर २०६५
कास्कीको ढिकुरपोखरी गाविस वडा नं. २ मा वि.सं. २०११ साल मंसिर २६ गते जन्मिएर वि.सं. २०१९ सालमा चितवनमा बसाइ सर्नुभएका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ वि.सं. २०२८ सालबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो। चितवनको नारायणी विद्यामन्दिर माविमा कक्षा १० सम्म छविलाल दाहालको नाममा पढेपछि एसएलसी दिनुअगाडि उहाँले आफ्नो नाम पुष्पकमल बनाउनुभएको थियो। वि.सं. २०२६ सालमा एसएलसी उतीर्ण गरी आईएस्सी पाटन संयुक्त क्याम्पसबाट गर्नुभएका दाहालले वि.सं. २०३३ सालमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवनबाट कृषि विज्ञानमा स्नातक (बीएस्सी एग्री) गर्नुभएको थियो।सानैदेखि सामाजिक विषयमा चासो राख्ने प्रचण्डले चितवनको नारायणी विद्या मन्दिर, नवलपरासीको डन्डा मावि र केही वर्षगोरखाको आरुघाटस्थित भीमोदय माविमा अध्यापन गर्नुभएको थियो। उहाँले अमेरिकी सहयोग नियोगमा वि.सं. २०३२ सालमा केही समय काम गर्नुभएको थियो। मुक्तिराम दाहाल र भवानी दाहालका सुपुत्र प्रचण्डका अहिले तीन छोरी र एक छोरा छन्। माहिली छोरी रेणु हाल सभासद् हुनुहुन्छ भने छोरा प्रकाश पनि माओवादी पार्टीमा सक्रिय कार्यकर्ता हुनुहुन्छ। उहाँ चार नातिनातिनाका हजुरबुबा पनि हुनुहुन्छ।read more
आदरणीय दिदी–बहिनी तथा दाजुभाइहरु!
तेह्र महिनाअघि मैले प्रधान मन्त्रीको पद सम्हालेदेखि आजसम्म आइपुग्दा अनेकौं घुम्तीहरु पार भएका छन्। तत्कालीन प्रधान मन्त्रीले राजीनामा गरेपछि उत्पन्न अप्ठ्यारो राजनीतिक परिस्थितिमा २२ राजनीतिक दलको समर्थनमा २०६६ जेठ ९ गते व्यवस्थापिका–संसदबाट म विधिवत् प्रधान मन्त्रीमा निर्वाचित भएको थिएँ। ऐतिहासिक जनआन्दोलनको उपलब्धि लोकतान्त्रिक गणतन्त्रमा सरकार प्रमुखको महत्वपूर्ण जिम्मेवारीलाई मैले देश, जनता र लोकतन्त्रका पक्षमा दृढताका साथ बहन गर्ने इमानदार प्रयास गरेको छु। राजनीतिक आन्दोलनको महाअभियानमा अमूल्य जीवनको आहुति दिने ज्ञात–अज्ञात शहीदहरुप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, आन्दोलनका घाइते र अपाङ्गहरुप्रति ऐक्यबद्धता प्रकट गर्दछु।
शान्ति प्रक्रिया आरम्भ भएपछि राष्ट्रको सर्वोपरी हित तथा नया“ संविधान निर्माण र शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने साझा मूल कार्यलाई सम्पन्न गर्ने न्यूनतम सहमतिका आधारमा सबै सरकार गठन भएका हुन्। तर पनि, ती सबै साझा कार्यहरु सम्पन्न भएका छैनन्। स्वाधीन, सबल, समृद्ध, स्वाभिमानयुक्त र शान्त लोकतान्त्रिक गणतन्त्र नेपाल हाम्रो साझा आकांक्षा र लक्ष्य हो। यसैका लागि हामीले लोकतान्त्रिक सङ्घर्षको लामो र कष्टसाध्य यात्रा गरेका हौं र यस यात्राको क्रममा हामीले गत चार वर्षमा महत्वपूर्ण उपलब्धिहरु पनि हासिल गरेका छौं।
तिनै उपलब्धिको जगमा हाम्रो अग्रगामी यात्रा जारी छ। यद्यपि, यस यात्राका क्रममा देशलाई दिगो शान्तिको मार्गमा अग्रसर गराउन मैले पटक–पटक सहयात्राका लागि संवाद गरेको तथा बाह्रबुँदे सहमति गर्दै ऐतिहासिक जनआन्दोलनमा सहकार्यमा जुटेको एउटा पक्ष हाल असहमति र निषेधको मानसिकतामा रहेको अप्रिय स्थितिको हामीले सामना गरिरहेका छौं। यस्तो अवस्थाबाट देशलाई अविलम्ब मुक्त गर्दै विस्तृत शान्ति सम्झौता र त्यसका आधारमा भएका विभिन्न सहमतिहरुको कार्यान्वयनका लागि सहमति र समझदारीको राजनीतिक यात्रालाई अघि बढाउन हामी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्दछ। यही कुरालाई आत्मसात् गर्दै मैले सरकारको नेतृत्व गरेदेखि नै संविधानसभामा रहेका सबै राजनीतिक दलहरु, विशेषगरी प्रमुख विपक्षी दलस“ग राष्ट्रिय सवालहरुमा सहमतिका साथ अघि बढ्न निरन्तर प्रयत्न गरेको छु। यद्यपि, यो प्रयास प्रमुख विपक्षी दल एनेकपा (माओवादी) को निरन्तर असहयोग र विरोधका कारण सफल हुन सकेन।read more .........
काठमाडौँ। प्रधानमन्त्री माधवकुमार नेपालले आमहडताल फिर्ता लिएर राष्ट्रिय सहमति र सहकार्यको दिशामा अघि बढ्न एकीकृत नेकपा (माओवादी)लाई आग्रह गर्नुभएको छ।
राष्ट्रका नाममा आज बेलुकी गर्नुभएको सम्बोधनमा प्रधानमन्त्री नेपालले जनताको दैनिक जीवनमा आइपर्ने कठिनाई, शान्ति प्रक्रियामाथि प्रतिकूल असर र संविधान निर्माण कार्यमा पर्ने व्यवधान समेतलाई ध्यानमा राखेर मुठभेडको नीति परित्याग गरी सहमति र सहकार्यमा आउन एकीकृत माओवादीलाई आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री नेपालले दिनुभएको १२ बुँदाको सम्बोधनको पूर्ण पाठ यसप्रकार रहेको छ –
१. विभिन्न बाधा, विरोध र चुनौतीहरू पार गर्दै मैले संयुक्त सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको छ। संविधानसभाको निर्वाचनपछि राष्ट्रिय हित, शान्ति र संविधान निर्माणको मुख्य अभिभारालाई केन्द्रविन्दूमा राखेर नेकपा (एमाले) ले जोखिम मोलेरै भए पनि नेकपा (माओवादी) लाई प्रधानमन्त्री प्रस्तावित गरी सरकारमा सम्मिलित भएको थियो। तर, एकीकृत नेकपा (माओवादी) को आफ्नै गलत चिन्तन र व्यवहारका कारण सहयोगी दलहरूले समर्थन फिर्ता लिएपछि तत्कालीन प्रधानमन्त्रीको राजिनामाबाट उत्पन्न रिक्तता, अन्यौल र अनिश्चयको अवस्थामा संविधानसभाका २२ राजनीतिक दल र बहुमत सभासद्हरूको समर्थनमा मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको हुँ। संविधान र विधिअनुरूप गठित मेरो नेतृत्वको सरकारले अत्यन्त प्रतिकूल परिस्थितिमा पनि लोकतन्त्र, राष्ट्रिय हित एवम् दिगो शान्तिको पक्षमा दृढतापूर्वक काम गर्दै आएको छ।
२. शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने, संविधान निर्माण प्रक्रियालाई पूर्णता दिने, जनतालाई राहत प्रदान गर्ने र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्ने उद्देश्यका साथ मैले सरकारको नेतृत्व सम्हालेको थिएँ। अनेकौं जटिलता र अवरोधको सामना गर्दै उक्त उद्देश्य अनुरूप सरकार अहिले पनि क्रियाशील छ।read more .................
१) आज हामी नेपाली इतिहासको असाध्यै गौरवशाली तर चुनौतीपूर्ण क्षणमा उभिएका छौं । यस्ता क्षणहरू कुनै देशका इतिहासमा कमै मात्र आउने गर्दछन् । एकातिर हामीले दसवर्षे महान् जनयुद्ध र त्यसैको पूरकका रूपमा रहेको संयुक्त जनआन्दोलन र मधेस आन्दोलनपश्चात् नेपाली इतिहासमा पहिलोचोटि संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका छौं र सयौं वर्ष पुरानो सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरेका छौं । यो तपाईं हामी सबैका निम्ति असाध्यै गर्व गर्नलायक कुरा हो ।
यसका निम्ति हामीले ती दसौं हजार महान् सहिदहरू, बेपत्ता पारिएकाहरू र घाइते योद्धाहरूको युगौंयुगसम्म उच्च सम्मान र सम्झना गरिराख्नुपर्दछ । परन्तु, अर्कोतिर हामीले प्राप्त गरेकोे शिशु गणतन्त्र, हाम्रो प्यारो राष्ट्रिय स्वाधीनता र आमजनताले चाहेको तीव्र आर्थिक-सामाजिक परिवर्तन र विकासका विरुद्ध विभिन्न देशी तथा विदेशी प्रतिगामी तथा यथास्थितिवादी तत्त्वहरूले गम्भीर षड्यन्त्र गरिराखेका छन् । यो हामी सबैका निम्ति ठूलो चुनौतीको विषय हो । यिनै सन्दर्भलाई लिएर गणतन्त्र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीका हैसियतले म यतिबेला तपाईंहरूलाई सम्बोधन गर्दैछु ।
२) संविधानसभा निर्वाचनमा आमनेपाली जनताको अपार माया र समर्थन पाएर हाम्रो पार्टी एकीकृत नेकपा -माओवादी)ले प्रत्यक्ष निर्वाचन प्रणालीमा स्पष्ट बहुमत र समानुपातिक निर्वाचन प्रणालीमा सबभन्दा ठूलो दलको हैसियत प्राप्त गर्यो । यो हामीले चुनावका दौरानमा अघि सारेको \'नयाँनेपालका निम्ति नयाँविचार र नयाँनेतृत्व\' भन्ने नाराको स्पष्ट जनअनुमोदन थियो । परन्तु, निर्वाचन परिणाम निस्केको चार महिनासम्म विभिन्न बहानामा माओवादी नेतृत्वमा सरकार बनाउन दिइएन ।
No comments:
Post a Comment