Blogger Templates

सुडान घोटालामा मुछिएका सुजाता ज्वाँई बंगलादेश पुगे

प्रहरीको सुडान मिसनमा भएको घोटालामा मुछिएका नेपाली काँग्रेस नेतृ सुजाता कोइरालाका ज्वाँई रुवेल चौधरी आफ्नो घर अर्थात बंगलादेश पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राख्न प्रहरीलाई पत्राचार गरे पनि उनी आइतबार निस्फीक्री बंगलादेश पुगे ।

बंगलादेशका नागरिक एवं कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाँई रुवेल चौधरी पटक पटक अन्तराष्ट्रि कल वाइपासमा मुछिए । अनि पूर्व युवराज पारश शाहसँगको लफडा मुद्दा फसे तर उनलाई कुनै कारवाही भएन । यति मात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीको सुडान मिसनमा भएको घोटालामा संलग्नहरुलाई मुद्दा चलाईरहेका बेला रुवेल चौधरीको पनि संलग्नता भएको खुलासा भएको छ । यहि अवस्थामा अख्तियारले रुवेललाई निगरानीमा राख्न प्रहरीलाई पत्राचार गरेको थियो ।
अख्तियारले यहि असार ५ गते रुवेललाई निगरानीमा राख्न प्रहरीलाई पत्राचार गरेको थियो । तर रुवेल आइतबार प्रहरीकोबीचबाटै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बंगला देशको ढाका प्रस्थान गरे । विमानस्थलमा प्रहरीले रोकतोक त के थप सुरक्षा दियो । रुबेललाई विमानस्थल सम्म पुर्याउन सासू एवं नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाका सहयोगी हरी ढुङ्गाना गएका थिए । विमानस्थलमा रहेका प्रहरी र अनुसन्धानका अधिकृतले रुबेल आएको जानकारी गराए पनि गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले नरोक्न भनेको स्रोतले जनाएको छ । अख्तियारले निगरानीमा राख्न भनेकै भरमा पक्राउ गर्न नमिल्ने प्रहरी उच्च अधिकृतको भनाई छ ।
विमानस्थलस्थलस्थित प्रहरीका अनुसार रुबेल सामान्य यात्रुझै पौने चार बजे विमान एयरवेजबाट ढाकातर्फ लागेका थिए ।
सुडान मिसनमा खटिएका प्रहरीका लागि एपीसी खरिद गरिएको कम्पनीले स्थानिय एजेन्ट शम्भु भारतीलाई पठाएको इमेलमा रुबेलको नाम पनि उल्लेख छ ।
यता सुडान घोटालाका आरोपीहरुले अदालतको पत्र बुझ्न अस्वीकार गरेपछि ललितपुर जिल्ला अदालतका कर्मचारीहरुले उनीहरुको घरमा पत्र टाँसेर फर्किएका छन् । पत्रमा १५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । पत्र बुझ्न अस्वीकार गर्नेमा पूर्वआइजीपी ओमविक्रम राणा, निलम्बित एआइजी मदनबहादुर खड्का लगायतका अधिकारी रहेका छन् ।
राणाको कुसुन्ती स्थित घरमा अदालतका कर्मचारी अदालती पत्र टाँसेर फर्किएका हुन् । यसअघि पनि उनले कानुन व्यवसायीसित सल्लाह गर्नु पर्ने भन्दै पत्र फर्काएका थिए ।

No comments:

Post a Comment

Blogger Widgets