Blogger Templates

हृदय बिदारक दरबार हत्याकान्डको १० वर्ष

२०६८ जेठ १९
हेर्दाहेर्दै दरबार हत्याकान्ड भएको पनि  १० वर्ष भइसकेछ। २०५८ साल जेठ १९ गतेको  त्यो शुक्रबारे काल रात्रिले  आज पनि प्रतेक नेपालीलाई  पल पल अनि समय समयमा  मुटुमा चस्काइ रहन्छ किनकि त्यो हृदय बिदारक थियो , त्यो कारुणिक घटना थियो, उतिबेलाको शक्तिकेन्द्र नारायणहिटी राजदरबार अहिले संग्रहालय भइसकेको छ। ज्ञानेन्द्रले दरबार छाड्नुअघि गरेको पत्रकार सम्मेलनका क्रममा कास्की बैठक कोठामा केही बेर पत्रकार हरु बस्न पाइएका थिए। त्यसको केही समय पछी संग्रहालयका रुपमा दरबार घुम्न सर्ब साधारणको लागि अनुमति दिईयो । देशमा गणतन्त्र घोषणा भइसकेपछि यही एउटा दरबार संग्रहालय बन्नुबाहेक सर्वसाधारणको जीवनमा खासै परिवर्तन आउन सकेको छैन। त्यही दरबार पनि के के न जस्तो लाग्थ्यो, तर भित्र गएर हेर्दा त्यस्तो खास कुराहरु सर्ब साधारण जनता हरुले केहि पनि पाएनन मात्रै जिज्ञासाको पोको मात्रै । त्यही भएर होला त्यहाँ फोटो खिच्न अनुमति छैन। हनुमानढोका दरबार संग्रहालय हेर्दा ‘यस्तोमा पो बस्थे उतिबेलाका राजा ?’ भन्ने भए जस्तो नारायणहिटीमा पनि हुन्छ। दरबार हत्याकान्ड भएको ठाउँ त्रिभुवन सदन भत्केको अवस्थामा देख्दा भने पूर्व राजा ज्ञानेन्द्रसँग स्वभाविक रुपमा रिस उठ्छ। उनी हत्याकान्डको दोष आफूलाई बित्थामा लगाइयो भन्छन्, तर किन उनका आफ्ना परिवार का कोहि पनि सदस्य त्यस घटनामा हताहत भएनन? अनि आफ्नो शासन कालमा त्यो भवनलाई किन भत्काउन लगाए त? इतिहासका रुपमा त्यसलाई राखेको भए उनको के बिग्रन्थ्यो? १० वर्षअगाडिको त्यो रात फेरि सम्झन बाध्य भइन्छ। जसको कारण राजासस्थालाई  नै धरापमा  पार्यो !
तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला द्वार देश बासिको नाम मा दिएको शोक बक्तब्य
दिदी बहिनी तथा दाजुभाइहरू,
राष्ट्रिय एकताका प्रतीक श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाहको अत्यन्त दुःखद एवं अप्रत्यासित निधनले हामी सम्पूर्ण नेपाली जनता स्तब्ध र शोकमग्न भएका छौँ। नेपालको ऐतिहासिक राजसंस्थाको गरिमा र मर्यादालाई झन्-झन् उज्ज्वल पार्दै जनताको सुख-दुःखमा निरन्तर समर्पित देशको प्रगति र एकताका निम्ति चिन्तनशील एवं संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय प्रजातन्त्रको पुनःस्थापना र विकासका निम्ति अविस्मरणीय योगदान पुर्याउने आफ्ना प्यारा राजारानीको अप्रत्यासित निधनको यो अत्यन्त दुःखद र पीडादायक राष्ट्रिय दुर्घटनाले नेपाली जनतालाई लामो समयसम्म मर्माहत गराइराख्नेछ।



मौसुफहरूको अप्रत्यासित निधनको यो घटनासँगै श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह, श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह, श्री ५ शाहज्यादी जयन्ती शाह र कुमार खड्गविक्रम शाहसमेतको सामूहिक एवं अप्रत्यासित निधनले हामी सबै नेपालीलाई अत्यन्त मर्माहत बनाएको छ।
यो हृदयविदारक एवं राष्ट्रिय शोकको बेला देशभित्र र बाहिर बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूलाई शान्त र सयमित रहन तथा धैर्यका साथ यस राष्ट्रिय विपत्तिलाई सहनसक्ने साहस बटुल्न अपील गर्दछु। नेपाली जनताको एकता र सयमको प्रदर्शन नै राष्ट्रिय शोकको यस घडीमा दिवंगत आफ्ना प्यारा राजारानीप्रति भावपूर्ण श्रद्धाञ्जलि हुनेछ।


समस्त नेपाली जनता र श्री ५ को सरकारका तर्फबाट म स्वर्गीय श्री ५ महाराजाधिराज, श्री ५ बडामहारानी एवं राजपरिवारका अन्य सदस्यहरूप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै मौसुफहरूको दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ आ-आफ्ना धार्मिक विधि विधान र विश्वासअनुसार पूजाप्रार्थना गर्न समस्त नेपाली जनतालाई आग्रह गर्दछु।


साथै यस घटनामा घाइते होइबक्सेका वर्तमान श्री ५ दीपेन्द्र वीर विक्रम शाहदेवलगायत श्री ५ अधिराजकुमारी कोमलराज्य लक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी देवी शाही, कुमार गोरखशमशेर राणा, धीरेन्द्र शाह र केतकी चेप्टरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हिजो भएको अत्यन्त दुःखद घटनाका बीच आफ्ना प्यारा राजारानीलगायत राजपरिवारका अन्य सदस्यहरूसमेतको अप्रत्यासित एवं दुःखद निधनको यथार्थ परिस्थिति र घटनाको सत्य-तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वाससहित यसप्रति श्री ५ को सरकार गम्भीर र संवेदनशील रहेको तथ्य पनि सबै नेपाली दिदीबहिनी र दाजुभाइमा अवगत गराउन चाहन्छु।
जय नेपाल !




No comments:

Post a Comment

Blogger Widgets