Blogger Templates
पालमा यदाकदा भन्ने गरिन्छ – मेचीलाई दुःख पर्दा महाकाली रुन्छिन्, रोल्पामा अकालमा मान्छे मर्दा काठमाडौँले आँसु झार्छिन्। तर यो विपतको घडीमा जापानीहरुले त्यो व्यवहारमा गरेर देखाएका छन्।
गएको शुक्रबार दिनको २.४६ मा जापानको इतिहास मै सबैभन्दा ठूलो ९.० रेक्टर स्केलको भूकम्प गएको कुरा विश्वलाई अवगत नै छ। त्यो भूकम्पले जमिन हल्लाएर निम्त्याएको विनाशको १० मिनेट पनि बित्न नपाउँदै चुनामीले तोहोकु जापानको बस्ती बस्ती निलेको दृश्य पनि संसारले प्रत्यक्ष हेरेकै हो। यो महाविनाशले लिएको ज्यानको संख्या गन्न नभ्याउँदै फेरि फुकुसिमा केनको आणविक भट्टीहरुमा ठूलाठूला विस्फोट भए। अनि त्यसैमा आएर अहिले संसारको ध्यान अडिएको छ।
विस्फोटसँगै अहिले लगभग २३० किमी जति टाढा रहेको राजधानी टोक्योमा विभिन्न खाले हल्लाहरु फिजिएका छन्। कोही भन्छन् टोक्योसम्म पनि विकिरणहरु आइसक्यो रे भागौँ, देशै फर्कौ; कोही भन्छन् खासै आत्तिनु पर्दैन सदाको जस्तै साधारण जिन्दगी ज्युँदा हुन्छ। जापान सरकारले २० किमी वरपरका बासिन्दाहरुलाई अन्यत्र जान अनि २० देखि ३० किमीभित्रकालाई घरभित्रै बस्न आग्रह गरेको छ। टोक्योस्थित अमेरिकी राजदुतावासले ५० माइल (८० किमी) वरपर विकिरणको खतरा रहेकोले त्यहाँ नजान आफ्ना नागरिकहरुलाई सूचित गराएको छ। Continue reading वाह, यस्तो पो देश!!

No comments:

Post a Comment

Blogger Widgets