Blogger Templates

दमिनी सिहं प्रकरण अब के होला ? अभियुक्तलाई फासी !!


१६ डिसेम्बरमा भारतको राजधानी मा चल्ने एउटा बसभित्र ६ जना मान्छेरूपी दानवहरुबाट पाशविक तरिकाले एउटी २३ बर्षे युवतीको इज्जत लुटिएको समाचार जब बाहिर आयो,
 
 सारा दिल्लिबासी हरु ओर्लिएर सडकमा आए। मृत्युदण्ड र अझ मध्य-पुर्व मा जस्तो कठोर सजाय को माग राखेर केटाकेटी, युवा-युवति, विधार्थी, व्यापारी, पत्रकार, धनि -गरिब सब आन्दोलन मा ओर्लिए। संसदमा अवाज उठ्यो। एक प्रहरी हवल्दार र एक पत्रकार ले ज्यान गुमाउनु पर्यो । प्रधानमन्त्री मनमोहन सिंहले जनतालाई संयमता अपनाउनका लागी सम्बोधन गर्नु पर्यो।

पुष्पकमल दाहाल 'प्रचण्ड' लाई फाइवर्ग युनिर्भसीटी जर्मनी बाट खुल्ला पत्र

नेपाललाई स्टेटम्यानको खाँचो छ । माओवादीको पहिलो श्रेणीका नेता सरकारमा जाँदैनन् देशलाई दिशा दिने नीति र नेतृत्व दिन लाग्नेछन्’, 

म एउटा मध्यम वर्गको नेपाली युवक । म जन्मिएको ११ वर्षपछि तत्कालीन नेकपा माओवादीबाट जनयुद्धको उद्घोष भएको थियो । जनयुद्धको रापले सेकिएको समाजमा हुर्कँदा धेरै नयाँ चिजहरू अनुभव गर्न पाएँ । संस्कृतिले जोडेको समाजलाई कसरी राजनीतिले छिन्नभिन्न बनाउँदो रहेछ भन्ने देखें अनि समाज परिवर्तन गर्न हिँडेकाहरू स्वयम् परिवर्तन भएको दुर्लभ चित्र पनि देख्न पाएँ ।

आनन्दीदेबीका अध्यक्ष श्याम सुन्दर गुप्ता अपहरण काण्डमा पक्राउ

काठमाडौ, २ माघ । नेपाल सदभावना पार्टी आनन्दीदेबीका अध्यक्ष एवम सभासद श्याम सुन्दर गुप्तालाई आज प्रहरीले ब्यापारी पवन संघाई अपहरण काण्डमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । भैरहवा स्थित उनको निवासबाटै प्रहरीले गुप्तालाई आज अपरान्ह ४ बजे पक्राउ गरेको उनका छोरा कैलास गुप्ताले जानकारी दिए । 

धादिंग जिल्लामा तनाब / प्रहरी द्वार ७ राउण्ड हवाई फाएरिङ

धादिङ, माघ २- गएको शनिबार धादिङबेसीमा मृत फेला परेका एक प्रहरी जवानका विषयमा उच्चस्तरीय छानबिन हुनुपर्ने माग गर्दै तामाङ समुदायले आज सोमबार दिउँसो विरोध प्रदर्शन गरेपछि जिल्ला सदरमुकाममा तनाव उत्पन्न भएको छ।

देवघाट मेला भर्ना गएका २ महिलाको मृत्यू

चितवन, माघ १ - माघे संक्रान्ति मेला भर्न देवघाट आउने क्रममा दुई महिलाको मृत्यु भएको छ  आइतबार बिहान कालीगन्डकी नुहाउँन जाँदा नदीमा डुबेर एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा पश्चिम चितवनको जगतपुर बस्ने ६५ वर्षीया साहिली मगर भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

युवा नेता गगन थापालाई सात समुन्द्र पारी बाट खुल्ला पत्र

आदरणीय सभासद् तथा युवानेता गगन थापाज्यू,
झण्डै तीन करोड जनताको ढुकढुकीको नेतृत्व गरी राख्नुभएका तपाईंप्रति जनताको आशा र भरोसा दुवै छ । राजनीतिक दलका नेताहरुले दिनदिनै साख गुमाउँदै गएको वर्तमान परिप्रेक्ष्यमा तपाईंप्रति भने जनताको सदासयता र विश्वास उर्लंदो छ । तपाईंजस्तो राष्ट्रको होनहार सच्चा राष्ट्रवादी युवा नेतालाई दूरदराजबाट कलमीपत्र लेख पाउनु मात्र पनि ठूलो सौभाग्य ठान्दै यो पत्र लेख्दै छु । प्रसंग झण्डै एक महिनाअगाडि नेपालस्थित एक टेलिभिजन च्यानलमार्फत तपाईंले अमेरिकालगायत विभिन्न विदेशी मुलुकमा बसोबास गरिरहेका नेपालीहरुप्रति लक्षित तपाईंका अभिव्यक्ति । हुन त तपाईंद्वारा अभिव्यक्त ती विचारहरु सच्चा राष्ट्रवादले ओतप्रोत छन्, त्यसमा दुईमत छैन । तर, मुलुकको एउटा सभासद् त्यसमा पनि तपाईंजस्तो होनहार युवा नेताले विदेशमा बस्ने नेपालीलाई गैरनेपालीको दृष्टिकोणबाट हेर्न खोजेको हो कि ? वा विदेशमा बस्ने झण्डै ३० लाख जनतालाई बिरानो ठान्नुभएको हो ? यस्तै आशंका भित्रैबाट सात समुद्रपारि बसेर श्रम बेचिरहेका म जस्ता श्रमजीवीहरुको असन्तुष्टिका कारण पत्र लेख्न बाध्य भएको छु ।

चलचित्र समाजले अन्तरास्ट्रिय कार्यशाला दोलखामा गर्ने

चलचित्र निर्देशक समाजले आफ्नो दोस्रो अन्र्तराष्ट्रिय कार्यशाला दोलखामा गर्ने भएको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय चलचित्रका कथा लेखक तथा निर्देशकहरुको मात्र सहभागीता रहने कार्यशाला ७ दिनसम्म सञ्चालन हुने नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठकले जानकारी दिए ।चलचित्रका कथाकार तथा निर्देशकहरु राजधानी लगायतका सहरी क्षेत्रमा कोठामा बसेर कथा लेखन गर्दा वास्तविक जनजीवनसग मेल नखाने भएकाले धेरै निर्देशकहरु राजधानी बाहिर कार्यक्रम गर्न लागिएको उनले बताए ।

एस पि खरेल को बढुवा रोक्न जुलुस / एउटा असल व्यक्तिले धेरैलाई असर पार्दो रहेछ

वीरगन्ज, पुस २९ -  प्रहरी उपरीक्षक (एसपी) रमेश खरेलको बढुवा हुने समयमा दुई दिनयता वीरगन्जमा विरोध प्रदर्शन भइरहेको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता आत्मसात् गरी ६ महिना जिल्लामा प्रहरी प्रमुखको कार्यभार सम्हालेका एसपी खरेलले सीमा क्षेत्रमा हुने संगठित तस्करी र अपराधविरुद्ध आक्रामक कारबाही थालेका छन् । 

पूर्वराज्यमन्त्री तथा सभासद करिमा बेगमले विरोध जुलुसको अगुवाइ गरेकी छन् । फोरम लोकतान्त्रिककी नेतृ बेगमले प्रहरी प्रशासनले गरिबमाथि दमन गरेको आरोप लगाउँदै विरोध अभियान थालेको बताइन् । बुधबार निस्केको पहिलो जुलुसमा छाडा चौपायालाई उपमहानगरपालिकाले प्रहरीको सहयोगमा नियन्त्रणमा लिई जगंलमा छाडेको भन्दै उनले आक्रोश पोखिन् । सडकको दायाँ र बायाँ अव्यवस्थित तरकारी तथा फलफूल बिक्रीमा रोक लगाइएकामा उनको आपत्ति छ । पटकपटक सूचना जारी गर्दासमेत चौपायाधनीले अटेर गरेकाले प्रहरीको सहयोग लिएको उपमहानगरपालिकाका कार्यकारी अधिकृत शिवदत्त भट्टराईको भनाइ छ । 

भिन्न दलका भिन्नै कुरा तर कांग्रेस एउटैको २ वटा कुरा

काठमाडौं, पुस २८ - स्विट्जरल्याण्डमा मिश्रि त प्रणालीको शासकीय स्वरुपमा प्रमुख राजनीतिक दलहरुसँग आफूहरुले पनि सहमति जनाएको कांग्रेस नेता अर्जुन नरसिंह केसीले स्पष्ट पारेका छन् ।संसदीय दलका नेता रामचन्द्र पौडेलले स्विट्जरल्याण्डमा कुनै पनि सहमति नभएको बताएको केही घण्टामै केसीले रिपोर्टर्स क्लवको साक्षात्कारमा केसीले ज्यूरिचमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा पार्टीको तर्फबाट आफूले सहमति गरेको बताएका हुन् । ज्यूरिक सहमतिप्रति आफू र कांग्रेस प्रतिबद्ध रहेको उनले बताए 
 
'ज्यूरिकमा सहमति भएकै हो । त्यसमा हामि प्रतिबद्ध छौ तर अहिले सहमतिमा भएका अन्य विषयलाई छाडेर शासकीय स्वरुपमा मात्रै काग्रेसले सहमति गरेर पछाडी फर्कियो भन्नु न्याय संगत हुँदैन,' उनले भने, 'सबै सहमतिलाई प्याकेजमै कार्यान्वयन गरौ हामि शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणाली मान्न तयार छौं ।' केसीले ज्यूरिच सहमतिमा सेना समायोजन, सत्ता साझेदारी र संविधान निर्माणका विषयलाई ४५ दिनभित्र पुरा गर्ने कार्यतालिकासहित सहमति भएकोमा अन्य कुनै पनि सहमति कार्यान्वयन नगरी केवल शासकीय स्वरुपलाई मात्रै अगाडि ल्याएर कांग्रेसलाई घेर्ने काम भएको आरोप लगाए । 

वीरका डाक्टरले फोडे प्रशासनको ढोका

काठमाडौं, २८ पुस
सामान्यतः डाक्टरहरू बिरामीको उपचारमा तल्लीन हुन्छन् । तर, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -न्याम्स), वीर अस्पतालका डाक्टर भने तोडफोडमा समेत उत्रेका छन् । त्यो पनि अनुपस्थित समयमा पनि उपस्थित भएको हाजिर गर्न पाउनुपर्ने अडानमा । वीर अस्पताल रेडियोलोजी विभागका डाक्टरले बुधबार अस्पताल प्रशासन कार्यालयको ढोका नै तोडफोड गरेका हुन् । तोडफोडमा उत्रनुको कारण थियो- समयमा उपस्थित नभएपछि हाजिरीमा लागेको रातो मसीले अनुपस्थित जनाइनु । अस्पताल प्रशासनले रेडियोलोजी विभागमा कार्यरत डाक्टर तथा कर्मचारी कार्यालय समयमा अनुपस्थित भएको पाएपछि उनीहरूको हाजिरमा रातो लगाएको थियो । प्रशासन प्रमुख अर्जुन गौतमले मंगलबार गरेको छड्केमा लगातार चार/पाँच दिनसम्म कार्यालय समयमा अनुपस्थित भएका डाक्टर तथा कर्मचारीको हाजिरमा रातो लगाएको बताए ।

अनुपस्थित समयलाई पनि 'कार्यालयमा आएको' मानिनुपर्ने भन्दै डाक्टरले प्रशासनमा तोडफोड गरेको गौतमले जानकारी दिए । उनका अनुसार रेडियोलोजी विभागका डाक्टर तथा कर्मचारीले प्रशासनमा लगाइएको ढोका नै फुटाएका छन् । a'अफिस समयमा लगातार अनुपस्थित हुने अनि एकै दिन आएर हाजिर गर्ने गुनासो आइरहेको थियो,' प्रशासन प्रमुख गौतमले भने, 'त्यही गुनासोका आधारमा छड्के गर्दा विभागीय प्रमुखसहित अन्य कर्मचारी अनुपस्थित देखेर हाजिरमा रातो लगाइएको थियो । तर, उनीहरूले त्यसैलाई निहुँ बनाएर प्रशासनको ढोका फुटाए ।' उनले प्रशासनले रेडियोलोजी विभागलाई पटक-पटक हाजिरका विषयमा जानकारीसमेत गराएको बताए ।

हिउँमा चिप्लिएर ए को मृत्यू १ बेपत्ता

खाँदबारी, पुस २८ - संखुवासभाको सिमावर्ती किमाथांका र हटिया गाविसको विचमा पर्ने छेसुम्बाडाँडामा हिउँमा चिप्लिएर एक जनाको मृत्यु भएको छ । अर्का एक जना वेपत्ता भएका छन् । चेपुवा गाविस ३ गुठी गुम्बाका ३४ वर्षीय छुवाङग ल्होमी भोटेको मृत्यु भएको हो । मृतक ल्होमीको शव बिहीबार हटिया र किमाथांका गाविसका स्थानीयले फेला पारेका छन । उनको सव छेसुम्बाडाँडाको ओरालोमा भेटिएको हटियाका पूर्व गाविस अध्यक्ष वाङदावी भोटेले बताए ।

ल्होमीसंग अर्का नाम खुल्न नसकेका हटियाका एकजना स्थानीय भने वेपत्ता भएको प्रहरीले जनाएको छ । बुधबार हटियाबाट किमाथांका जाने क्रममा छेसुम्बाडाँडा नजिक हिउँमा उनीहरु दुवैजना बेपत्ता भएका थिए । एकसाता लामो परेको हिमपात पछि घाम नलागेकाले हिउँ पग्लन सकेको छैन । हटियावाट किमाथांका आवतजावत गर्ने बाटोभरी हिउँ भएको वाङदाबीले बताए । बेपत्ताको खोजी गर्न प्रहरी र स्थानीय सक्रिय भएर लागिपरेको प्रहरीले जनाएको छ । मृतक छुवाङको शव भने पोष्टमार्टमका लागि खाँदबारी ल्याईने भएको छ । घटनास्थल सदरमुकाम खाँदबारीवाट ५० कोष टाढा छ । त्यहाँ पुग्न ५ दिन पैदल हिड्नु पर्छ ।

प्रचण्ड र बैद्य मिलन प्रति भट्टराई सशंकित

माओवादी अध्यक्ष प्रचण्डले जनविद्रोहमा जोड दिइरहेको असन्तुष्ट खेमालाई साथ लिन गरेको प्रयासले प्रधानमन्त्री बाबुराम भट्टराईलाई सशंकित तुल्याएको छ।उनको त्यस्तो शंका मेटाउन प्रचण्ड आफ्ना पक्षका नेताहरुका साथ प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए।दुई पक्षीय छलफलमा सहभागि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, "सरकार, शान्ति प्रकृया र संविधान लेखनबारे केही आशंका पैदा भएका थिए, त्यसैबारे छलफल भयो।"विपक्षि दलहरुले चर्को असन्तुष्टी देखाइरहेकै बेला सरकारको विकल्प खोजिरहेको असन्तुष्ट खेमासँगको छलफललाई अध्यक्ष प्रचण्डले केहीदिन यता तीव्र बनाएका थिए।

राति बीर अस्पतालमा आकस्किक सेवा मा खचाखच तर कसरी ?

काठमाडौं, पुस २८ - वीर अस्पतालको आकस्मिक कक्षमा मध्यराति थाम्नै नसक्ने भीड बढेको छ । ट्राफिक प्रहरीले रातको १० बजेदेखि तीन बजेसम्म उपत्यकामा मदिरा पिएर सवारी चलाउनेको जाँच गर्न थालेपछि अस्पतालको आकस्मिक कक्ष खचाखच भएको हो । भीड र हल्लाखल्लाले उपचार गराइरहेका बीरामीलाई अफ्ठेरो परेको छ । राति खटिएका डाक्टरसमेत भीड थाम्न हम्मे-हम्मे परेको बताउँछन् ।
 
'मध्यराति आकस्मिक कक्ष हेर्न एक/दुई जना मात्र डाक्टर खटिएका हुन्छन्,' वीर अस्पतालका आकस्मिक विभाग प्रमुख धु्रवप्रसाद सिंहले भने, 'एकैपटक ठूलो संख्यामा मदिरा सेवन गरेकाको हूल अस्पतालमा छिर्दा डाक्टरलाई भीड थाम्नै मुस्किल पर्छ ।'उनका अनुसार दैनिक ५०/६० जना जति सवारी चालकलाई ट्राफिक प्रहरीले ल्याउने गरेका  छन् । 'एक दिनमा ९६ जनासम्म आएको तथ्यांक छ ।'

अरनिको यातायातमा भाडा दर मनपरी ढंगले उठाइदै

पुस २७ - सिन्डिकेटले यात्रुलाई कति ठगी गर्छ भन्ने अर्को उदाहरण खोज्नुपरे तामाकोसी-मन्थली रुटलाई हेर्नुपर्छ, जहाँ बन्दै गरेको सडकमा अनुमति नलिई बढी भाडा असुलेर यातायात सेवा दिँदै आएका व्यवसायीले अहिले कालोपत्रे भइसके पनि भाडा घटाएका छैनन् । बरु उल्टो बढाएर यात्रुलाई 'अघोषित' ठगी गरिरहेका छन् । यो रुटमा पहिले कच्ची बाटो हुँदा यातायात व्यवसायीले प्रतिकिलोमिटर २ रुपैयाँ लिदै आएका थिए । पक्की भएपछि घट्नुपर्नेमा व्यवसायीले बढाएर अहिले प्रतिकिलोमिटर २ रुपैयाँ ८० पैसा पुर्‍याएका छन् । जब कि सरकारले पक्की सडकको भाडा प्रतिकिलोमिटर १ रुपैयाँ ७० पैसा निर्धारण गरेको छ ।
 
'पक्की सडकमा यति धेरै भाडा लिनु उपभोक्तामाथिको ठगी हो,' यात्रु एवं स्थानीय बासिन्दा लोकेन्द्र कार्की भन्छन्, 'यो मुलुककै सबैभन्दा बढी भाडा तिर्नुपर्ने रुट होला, सरकारले अनुगमन गर्नु जरुरी छ ।'यो रुटमा अरनिको यातायात सेवा समितिका सवारी सञ्चालित छन् । त्यसो त यो व्यवसायीको संस्थाले अन्य रुटमा पनि सरकारले तोकेको भाडा मात्र लिने गरेको रेकर्ड कहीँ छैन । अरनिको राजमार्गमा एकछत्र राज गरिरहेको यो संघले काठमाडौं-मन्थलीको भाडामा पनि निर्धारित भन्दा अत्यधिक बढी लिने गरेको छ । काठमाडौं-मन्थलीको १ सय ९० किलोमिटरका लागि साढे ५ सय रुपैयाँ लिँदै आएको छ । जब कि सरकारी दर अनुसार ३ सय २३ रुपैयाँ मात्र हुनुपर्ने हो ।  'बाटो सजिलो भएपछि भाडा घटाउनुपर्नेमा उल्टै बढाएर लिन थालेको छ,' रामेछाप उद्योग वाणिज्य संघका उपाध्यक्ष जेएन दाहाल भन्छन्, 'यो भेगमा अरनिकोको मनोमानी , अन्य रुटमा पनि यात्रुलाई ठग्ने काम भइरहेको छ । यसरी राज्य कमजोर भएको फाइदा उठाएर सर्वसाधारण ठग्न मिल्दैन ।

दोलखा काटाकुटी सेरोफेरो: चिनिया हरुले गोर्खाली भूमिमा आएर ताण्डब नाँच देखाए

दोलखा काटाकुटी सेरोफेरो: चिनिया हरुले गोर्खाली भूमिमा आएर ताण्डब नाँच देखाए

चिनिया व्यक्तिहरु द्वारा अदालत मा तोडफोड

नेपालमा गुण्डागर्दी गर्न के नेपालीहरुको कमि थियो र ! युथफोर्स, वाइसीएल, नेविसंघ नामधारी पार्टीको खोल ओढेका गुण्डाहरु प्रशस्तै छन्। त्यतिले नपुगी जेलभित्रै गोली हान्नेदेखि बीच सडकमा गोली हान्नेसम्मका आयातीत भारतीय अपराधी पनि देखेकै हौँ हामीले। अब हुँदाहुँदा चाइनिजहरुको नि गुण्डागर्दी देखाउने थलो हुन पुगेछ नेपाल, हे दैव ! के साह्रो नेप्रिएका हौ यिनीहरु त ! अर्काको देशको राजधानी जस्तो ठाउँमा विदेशी नागरिकहरु हुल बाँडेर अदालतमा तोडफोड गर्ने अनि प्रहरीलाई ढुङ्गा हानी दोहोरो झडप गर्ने ! मुलाहरु उनीहरुको देशमा प्रदर्शनको उच्चारण गर्न पाउँदैनन्, त्यहाँको रिस हाम्रो देशमा पोख्न आएका हुन् कि कसो ?

कुरो के पर्‍यो ?
कुरो यसो हो। अस्ति शनिबार भक्तपुरको जगातीमा एकाबिहानै चार बजे तीन वटा गाडीमा खासातिर हिँडेका चिनियाँ नागरिकबाट ९७ हजार २२३ अमेरिकी डलर र करिब ११ लाख नेपाली रकम फेला पर्‍यो। महिला र पुरुष गरी नौ जना चिनियाँ पक्राउ परेका थिए। शरीरको विभिन्न ठाउँमा लुकाइएको रहेछ डलर उनीहरुको। पर्यटक भिसामा नेपाल आएका उनीहरु नेपालको गैरकानुनी बजारबाट संकलन गरेको डलर चीनको गैरकानुनी बजार लैजाँदै गरेको भन्दै छानबिन भइरहेको थियो। यो सम्बन्धमा छानबिन आन्तरिक राजस्व कार्यालयले गर्छ। उसले अनुसन्धानका लाषि म्याद थप गर्न हिजो साँझ पक्राउ परेकाहरुलाई जिल्ला अदालत भक्तपुर लगेको थियो। अब सुरु भयो फिल्मी शैली।

प्रचण्ड ले कठोर विकल्प उठाउँदै किरण निकट भए

काठमाडौ, पुस २७ - पार्टीभित्र मोहन वैद्य पक्षसँग 'निर्णायक संघर्ष' मा उत्रिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल एकाएक किन उनीहरूसँगै एकता गर्न अग्रसर भए ? फुटको संघारमा पुगेको पार्टीलाई जोगाउनु त एउटा उद्देश्य होला, अर्को कारणचाहिँ यसबीचमा प्रमुख प्रतिपक्षी कांग्रेससँग बढेको दूरी पनि हो ।
दाहालसामु दुइटा विकल्प थिए: शान्ति र संविधानको प्रक्रियामा कांग्रेस, एमालेसँग लचिलो भई वैद्य पक्षलाई टाढा हुत्याउने कि शान्ति/संविधानमा कडा नीति लिएर उक्त समूहलाई फुट्नबाट जोगाउने । उनले दोस्रो अपि्रय बाटो रोजे, जसले गर्दा लडाकु व्यवस्थापन र संविधान लेखन कार्य प्रभावित भएको छ ।नेपाली सेनामा समायोजन गरिने कमान्डरलाई कुन तहसम्मको दर्जा दिने र संसदीय वा राष्ट्रपतीयमध्ये कस्तो पद्धति रोज्ने भन्नेमा कांग्रेससँग मतभेद बढेलगत्तै दाहाल वैद्य पक्षसँग नजिक पुगेका हुन् । यसअघि उनी पार्टी फुट्ने जोखिम मोलेरै भए पनि शान्ति/संविधानको प्रक्रिया टुंग्याउन अगाडि सरेका थिए, तर शान्ति/ संविधानका विषयमा 'सम्झौता' होइन 'समर्पण' नै गर्नुपर्ने, अनि पार्टीसमेत फुट्ने राजनीतिक नोक्सानी देखेपछि दाहाल वैद्यसँग नजिकिन बाध्य भएको उनीनिकट स्रोतहरूको भनाइ छ ।

किरण र प्रचण्ड एक भए बाबुराम कै सरकारलाई राष्ट्रिय सरकार बनाउने

माओवादीका दुई पक्षबीच शान्ति र संविधानका लागि एक भएर जाने सहमति भएपछि पार्टीमा देखिएको विवाद हाललाई टरेको छ। माओवादी पदाधिकारीको सोमबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डर उपाध्यक्ष मोहन वैद्यले केन्द्रीय समितिमा प्रस्तुत गर्नुभएका प्रतिवेदनलाई छलफलमा लैजाने र शान्तिप्रक्रिया संविधान निर्माण एवम् जनसंघर्षका लागि एक भएर अगाडि बढ्ने निर्णय गरेको हो। माओवादी केन्द्रीयसमिति बैठकमा प्रस्तुत भएका दुवै प्रतिवेदन थाती राखी दुवै पक्षलाई मान्य हुने गरी जनपरिचालनको कार्ययोजना केन्द्रीय समिति बैठकमा लैजाने सहमति संस्थापन र वैद्य पक्षबीच भएको छ।

पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शान्ति र संविधानका लागि व्यापक जनपरिचालन गर्ने कार्ययोजना बैठकमा लैजाने र पार्टीभित्रका विवादलाई बहस गर्दै महाधिवेशनमा टुंग्याउने सहमति भएको जानकारी गराउनुभयो। शान्ति र संविधानविरुद्ध षड्यन्त्र भए जनसंघर्षमा जानसमेत दुवै पक्षबीच सहमति भएको छ। आन्तरिक विवादका कारण अन्य पार्टीले आफ्नो पार्टीलाई ट्रुपमा पार्न खोजेको आशंका गर्दै पार्टी एक भएर अगाडि नबढे जनताको पक्षमा जनसंविधान नबन्ने खतरा देखिएको विश्लेषण बैठकले गरेको छ। पार्टीको आगामी कार्यदिशाका बारेमा बहस चलाउँदै जाने तर हाल जनसंविधान निर्माण र शान्तिप्रकि्रयालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने सहमति दुवै पक्षबीच भएको नेताहरुले बताएका छन्।

हुम्लामा ३ फिट हिउँ पर्यो तापक्रम माइनस १० डिग्री

तीनदिनदेखि परेको हिउँले उच्च हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमीकोटका बासिन्दा मर्कामा परेका छन् । सिमीकोटमा हिउँ ३ फिट जमेको छ । गएको शनिबारदेखि लगातार परेको हिउँ अहिलेसम्म नरोकिएको बरगाउँका छिरिङ लामाले जानकारी दिनुभयो ।बाक्लो हिउँ परेका कारण त्यहाका बासिन्दालाई एक स्थानबाट अर्को स्थानमा जान समेत कठिनाई भएको छ । लगातार परेको हिउँले घरबाट बाहिर निस्कन समेत मुस्किल परेको लामा बताउनु हुन्छ ।
 
हुम्लामा हिउँ परे पछिको दृश्य
स्थानीयले घरमा खाना पकाउनका लागि चाहिने पानी ल्याउन धारामा जानसमेत नसकेको र आँगनमा जमेको हिउँ पगालेर खान बाध्य छन् । हिउँले जिल्लाका अधिकांश कार्यालयसमेत बन्द छन् । चिसो धेरै बढेकाले कार्यालयमा बसेर काम गर्न समस्या परेको जिल्ला प्राविधिक कार्यालयका देवी ऐडीले बताउनुभयो । उहाँका अनुसार निरन्तर रुपमा हिउँ परेका कारण चिसोले हात नै नचल्ने भएपछि कर्मचारी कार्यालयमा आउन नसकेका हुन् ।

हिउँका कारण जिल्लामा सञ्चालित स्नातक तहको परीक्षामा समेत समस्या भएको छ । चिसोले हात नै नचल्ने भएपछि परीक्षामा सोचेअनुसार परीक्षा दिन नसकेको स्नातक तह दोस्रो वर्षका परीक्षार्थी कालीबहादुर थापाले गुनासो गर्नुभयो । यसैगरी, जिल्लामा परेको भारी हिमपातले प्रवेशिका परीक्षाको तयारीका लागि ट्युसन पढिरहेका विद्यार्थी समेत प्रभावित भएका छन् । बिहान ७ बजे बेलुका ६ बजेसम्म अङ्ग्रेजी, गणित, विज्ञान र ऐच्छिक गणितको ट्युसन पढ्ने विद्यार्थीलाई समेत समस्या भएको अङ्ग्रेजीको ट्युसन पढाइरहेका मानसरोवर उच्च माध्यमिक विद्यालयका शिक्षक अमरबहादुर शाहीले बताउनुभयो ।

सडक बिस्तार मा समस्या /गुलेली प्रहार गर्ने स्थानीय को चेतावनी

२०३३ सालमा लागू भइसकेको मापदण्ड अनुसार सडकको बीचभागबाट निश्चित दूरीभित्र बनेका घरटहराहरु भत्काउने क्रम तीव्र बनाइरहेको तपाईँहरुलाई थाहै होला। यसलाई डोजर आतंक भन्दै भत्काउने सूचिमा आफ्नो घर परेकाहरु आन्दोलित भएका छन्। लाजिम्पाटदेखि नारायणगोपाल चोक हुँदै बुढानिलकण्ठ सडकमा सबैभन्दा धेरै र ठूल्ठूला घरहरु यसमा पर्ने भएका छन्। नारायणगोपालचोकबुढानिलकण्ठ सडक विस्तारमा घरटहरा भत्कन लागेपछि पीडितहरुले समिति नै बनाएका छन् र हिजो पत्रकार सम्मेलन गरी घरेलु हतियारबाट प्रतिकार गर्ने चेतावनी पनि दिएका छन्। घरेलु हतियार ? कस्तो ?? समितिका सदस्य तथा स्थानीयवासी कृष्णप्रसाद पौडेलले हिजो पत्रकार सम्मेलनमा भने, ‘तीन सय गुलेली तयार पारेका छौँ।

पौडेलले भने, ‘आफ्नो गाँस र बासको रक्षाका लागि तीन सय गुलेली तयार पारेका छौँ र घरजग्गा नै जाने अवस्था भयो भने मर्नुभन्दा बौलाउनु जातिभन्ने उखानलाई आत्मसात् गर्दै विरोधमा उत्रिन्छौँ।एकीकृत नेकपा (माओवादी) नेतृत्वको सरकार जनतालाई आतङ्कित बनाउने र सडक विस्तारका नाममा स्थानीय बासिन्दालाई उठिवास गर्ने योजनामा रहेको उनले आरोप लगाए। समितिले सरकारलाई मालपोत, घरजग्गा कर, व्यवसाय कर तिर्दै आएको घरलाई भत्काउन सरकारले डोजर पठाएर आतङ्क मच्चाउन खोजे त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।
Blogger Widgets