खाँदबारी, पुस २८ - संखुवासभाको सिमावर्ती किमाथांका र हटिया गाविसको विचमा पर्ने छेसुम्बाडाँडामा हिउँमा चिप्लिएर एक जनाको मृत्यु भएको छ । अर्का एक जना वेपत्ता भएका छन् । चेपुवा गाविस ३ गुठी गुम्बाका ३४ वर्षीय छुवाङग ल्होमी भोटेको मृत्यु भएको हो । मृतक ल्होमीको शव बिहीबार हटिया र किमाथांका गाविसका स्थानीयले फेला पारेका छन । उनको सव छेसुम्बाडाँडाको ओरालोमा भेटिएको हटियाका पूर्व गाविस अध्यक्ष वाङदावी भोटेले बताए ।
ल्होमीसंग अर्का नाम खुल्न नसकेका हटियाका एकजना स्थानीय भने वेपत्ता भएको प्रहरीले जनाएको छ । बुधबार हटियाबाट किमाथांका जाने क्रममा छेसुम्बाडाँडा नजिक हिउँमा उनीहरु दुवैजना बेपत्ता भएका थिए । एकसाता लामो परेको हिमपात पछि घाम नलागेकाले हिउँ पग्लन सकेको छैन । हटियावाट किमाथांका आवतजावत गर्ने बाटोभरी हिउँ भएको वाङदाबीले बताए । बेपत्ताको खोजी गर्न प्रहरी र स्थानीय सक्रिय भएर लागिपरेको प्रहरीले जनाएको छ । मृतक छुवाङको शव भने पोष्टमार्टमका लागि खाँदबारी ल्याईने भएको छ । घटनास्थल सदरमुकाम खाँदबारीवाट ५० कोष टाढा छ । त्यहाँ पुग्न ५ दिन पैदल हिड्नु पर्छ ।
महिला मृत अवस्थामा
संखुवासभाको खाँदबारी १३ स्थित अरुण नदीमा एक महिलाको मृत अवस्थामा फेला परेको छ । तुर्केपुल मुनी खाँदबारी १ स्थित खोरण्डेमा डेराबस्दै आएकी ३१ बर्षीय कबिता गुरुङ शेर्पा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको सब जिल्ला अस्पताल खाँदबारीमा पोष्टमार्टमका लागि राखिएको छ ।
No comments:
Post a Comment