Blogger Templates

प्रचण्ड र बैद्य मिलन प्रति भट्टराई सशंकित

माओवादी अध्यक्ष प्रचण्डले जनविद्रोहमा जोड दिइरहेको असन्तुष्ट खेमालाई साथ लिन गरेको प्रयासले प्रधानमन्त्री बाबुराम भट्टराईलाई सशंकित तुल्याएको छ।उनको त्यस्तो शंका मेटाउन प्रचण्ड आफ्ना पक्षका नेताहरुका साथ प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए।दुई पक्षीय छलफलमा सहभागि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, "सरकार, शान्ति प्रकृया र संविधान लेखनबारे केही आशंका पैदा भएका थिए, त्यसैबारे छलफल भयो।"विपक्षि दलहरुले चर्को असन्तुष्टी देखाइरहेकै बेला सरकारको विकल्प खोजिरहेको असन्तुष्ट खेमासँगको छलफललाई अध्यक्ष प्रचण्डले केहीदिन यता तीव्र बनाएका थिए।


दायाँबायाँ
ती छलफलहरुमा प्रधानमन्त्री भट्टराई पक्षलाई सामेल गराइएको थिएन।सल्लाहकार पौडेलका अनुसार प्रचण्डले विकल्प विना आफूहरु नयाँ सरकारको पक्षमा नरहेको स्पष्टिकरण दिएका थिए।जारी केन्द्रिय समिति बैठकमा उपाध्यक्ष मोहन वैद्य पक्षले जनविद्रोहमा जोड दिइएको फरक प्रस्ताव पेश गरेको थियो।पार्टीलाई फुटबाट जोगाउन भन्दै प्रचण्डले उनीहरुसँग हात मिलाउन शान्ति र संविधानमा जोड दिइएको प्रतिवेदनलाई स्थगित गरी नयाँ प्रस्ताव पेश गर्दैछन्।तर नयाँ प्रतिवेदन शान्ति र संविधानको मुल उद्देश्यबाट दायाँबाँया बहकिन नहुनेमा आफूहरुले जोड दिएको प्रधानमन्त्रीका सल्लाहकार पौडेलले बताए।

विश्वस्त
प्रचण्डले पनि त्यसप्रति आफ्नो दृढता जनाएको पौडेलको भनाई थियो।तर जवाफबाट आफूहरु केही आश्वस्त भए पनि पूर्ण विश्वस्त नभइसकेको भट्टराई पक्षका नेताहरुले जनाएका छन्।त्यसैबारे बुधवार हुने पार्टी उच्च नेताहरुको बैठकमा हुने प्रचण्डको नयाँ एकता प्रतिवेदन बारेको छलफलबाट थप प्रष्ट हुने उनको भनाई छ।

No comments:

Post a Comment

Blogger Widgets