Blogger Templates

किरण र प्रचण्ड एक भए बाबुराम कै सरकारलाई राष्ट्रिय सरकार बनाउने

माओवादीका दुई पक्षबीच शान्ति र संविधानका लागि एक भएर जाने सहमति भएपछि पार्टीमा देखिएको विवाद हाललाई टरेको छ। माओवादी पदाधिकारीको सोमबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डर उपाध्यक्ष मोहन वैद्यले केन्द्रीय समितिमा प्रस्तुत गर्नुभएका प्रतिवेदनलाई छलफलमा लैजाने र शान्तिप्रक्रिया संविधान निर्माण एवम् जनसंघर्षका लागि एक भएर अगाडि बढ्ने निर्णय गरेको हो। माओवादी केन्द्रीयसमिति बैठकमा प्रस्तुत भएका दुवै प्रतिवेदन थाती राखी दुवै पक्षलाई मान्य हुने गरी जनपरिचालनको कार्ययोजना केन्द्रीय समिति बैठकमा लैजाने सहमति संस्थापन र वैद्य पक्षबीच भएको छ।

पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शान्ति र संविधानका लागि व्यापक जनपरिचालन गर्ने कार्ययोजना बैठकमा लैजाने र पार्टीभित्रका विवादलाई बहस गर्दै महाधिवेशनमा टुंग्याउने सहमति भएको जानकारी गराउनुभयो। शान्ति र संविधानविरुद्ध षड्यन्त्र भए जनसंघर्षमा जानसमेत दुवै पक्षबीच सहमति भएको छ। आन्तरिक विवादका कारण अन्य पार्टीले आफ्नो पार्टीलाई ट्रुपमा पार्न खोजेको आशंका गर्दै पार्टी एक भएर अगाडि नबढे जनताको पक्षमा जनसंविधान नबन्ने खतरा देखिएको विश्लेषण बैठकले गरेको छ। पार्टीको आगामी कार्यदिशाका बारेमा बहस चलाउँदै जाने तर हाल जनसंविधान निर्माण र शान्तिप्रकि्रयालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने सहमति दुवै पक्षबीच भएको नेताहरुले बताएका छन्।

प्रचण्ड पक्ष र मोहन वैद्यबीचको विवाद चुलिएपछि माओवादी पार्टी फुट्ने नै हो कि भन्ने आशंका बढिरहेको थियो। पदाधिकारी बैठकको सहमतिले फुट्ने स्थितिबाट पार्टी जोगिएको तर आन्तरिक विवाद पूरै समाधान भने भइनसकेको सचिव सीपी गजुरेलले बताउनुभएको छ। वैद्य पक्षका नेता गजुरेलले भन्नुभयो- 'पार्टी विभाजित त हुँदैन तर भविष्यमा नेतृत्व सच्चिन भने तयार हुनुपर्छ।एक भएर अगाडि नबढे शान्ति र संविधानमा गम्भीर खतरा उत्पन्न हुने देखिएकाले पनि मूल विषयमा एक भएर जाने सहमति भएको उहाँले स्पष्ट पार्नुभयो।

त्यसै गरी प्रचण्ड पक्षका नेता हरिबोल गजुरेलले शान्ति र संविधानका पक्षमा पार्टी बिनाविवाद एकमतले अगाडि बढ्ने तर त्यसमा षड्यन्त्र भए जनसंघर्षमा जान तयार रहने निर्णयसमेत पदाधिकारी बैठकले गरेको जानकारी गराउनुभएको छ। वैद्य पक्षको जनविद्रोहमा जाने नीति र संस्थापनपक्षको जनविद्रोह तत्काल आवश्यक छैन भन्ने दुवै कुरालाई मिलाएर हाललाई यस्तो सहमति पदाधिकारी बैठकले गरेको बताइएको छ। पदाधिकारीको निर्णय केन्द्रीय समितिको बैठकमा लगी अनुमोदनसमेत गराइने भएको छ। माओवादी बैठकले संविधान निर्माणबाट नेपाली कांग्रेस पछि हटेका कारण शान्ति र संविधान निर्माणप्रक्रिया संकटमा परेको निष्कर्षसमेत निकालेको छ।

त्यसै गरी बैठकले शान्ति र संविधानका लागि जनपरिचालन कार्यक्रम गर्ने निर्णय पनि गरेको छ। परिचालनका कार्यक्रम तय गरी केन्द्रीय समितिको बैठकमा पेस गर्न पार्टीअध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डलाई जिम्मेवारी दिइएको छ। प्रचण्डनिवास नयाँबजारमा बसेको बैठकले अन्य राजनीतिक दलहरुसँग परामर्श गर्ने तथा आवश्यकताअनुसार लचिलो पनि हुँदै जाने बताएको छ। तर परिवर्तनमुखी संविधान निर्माण र सहमतिबमोजिम शान्तिप्रक्रिया अगाडि नबढाइए पार्टी झुक्न नसक्नेतर्फसमेत सचेत गराइने निर्णय पनि सँगसँगै गरेको बताइन्छ।

यता सोमबार सिंहदरबारमा बसेको कांग्रेस-एमालेसहितका १६ दलको बैठकले संविधान निर्माण र शान्तिप्रक्रियामा माओवादी पछि हटेको भन्दै सहमतिबमोजिम अगाडि बढ्न माओवादीलाई विशेष आग्रह गर्ने निर्णय गरेको छ। माओवादीकै कारण शान्तिप्रक्रिया र संविधान निर्माण संकटमा परेको निष्कर्ष ती दलको छ। आज फेरि बस्ने नेताहरुको बैठकले दुवै पक्षलाई मान्य हुने समाधान पत्ता लगाउने र पछि बस्ने केन्द्रीय समिति बैठकमा सो सहमतिलाई लगिने भएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी शुरु गरिएको जानकारी दिनुभएको छ।रिपोर्टस्र क्लबमा सोमबार बोल्दै उहाँले प्रधानमन्त्रीले पदमा बस्ने नैतिक हैसियत गुमाइसकेकाले बहुमत जुट्नेबित्तिकै अविश्वासको प्रस्ताव ल्याउने बताउनुभयो। अविश्वास प्रस्तावका लागि दलहरुबीच छलफल भइरहेको जानकारी दिँदै उहाँले अवस्था यस्तै रहेमा अविश्वास प्रस्ताव ल्याउनुको विकल्प नरहेको बताउनुभयो।डा। महतले सातबुँदे सहमतिमा सेना समायोजनसम्बन्धी सम्पूर्ण कुरा स्पष्ट भएको अवस्थामा माओवादीले अहिले आएर सहमतिविपरीत पहिला दर्जा निर्धारण र ६ हजार ५ सयभन्दा बढी समायोजन रोजेका लडाकूहरुलाई के गर्नेलगायतका बखेडा झिकेर शान्तिप्रक्रिया रोकेको आरोप लगाउँदै शान्तिप्रक्रियालाई माओवादीले दुहुनो गाई बनाएको टिप्पणी गर्नुभयो।

'सातबुँदेअनुसार लडाकूले सेनाको व्यक्तिगत मापदण्ड पूरा गर्छ कि गर्दैन अहिले नै यो पद र ऊ पद भन्न मिल्छ ?’ -उहांको प्रश्न थियो।सहमति गर्ने र कार्यान्वयन नगर्ने माओवादीको पुरानै चरित्र दोहोरिएको भन्दै फाइदा हुँदा सम्झौता गर्ने र अरु बेला कार्यान्वयन नगर्ने माओवादी चरित्र स्पष्ट भएको दाबी गर्दै महतले माओवादी लडाकूको हैसियत सेनाको रुपमा नस्वीकारिएकाले सेनाको समूगत समायोजन कुनै पनि हालतमा हुन नसक्ने बताउनुभयो। प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय पद्धति नभए शान्तिप्रक्रिया अवरुद्ध हुन्छ भन्नु शान्तिप्रक्रियालाई बार्गेनिङ कार्ड ब्लाकमेलिङको उपकरण र कामधेनु गाई बनाउनुभएको भन्दै महतले त्यॊ कांग्रेसका लागि स्वीकार्य नभएको बताउनुभयो।'सार्वभौमसत्ता एक व्यक्तिमा होइन संसद्मा हुनुपर्छउहाँले भन्नुभयो- 'राष्ट्रपति पद्धतिमा निरकुंशता हुन्छ भन्ने कुरा बंगलादेश पाकिस्तान फिलिपिन्स ल्याटिन अमेरिकी र अधिकांश अफ्रिकी मुलुकमा भएको घटनाले प्रस्ट बनाइसकेको छ।

डा. महतले शहीद गेटबाट त्रिभुवनको सालिक हटाउने निर्णय इतिहासलाई मेट्ने षड्यन्त्र भएको भन्दै ७ सालको आन्दोलनमा त्रिभुवनले साथ लिएकाले कांग्रेसले उनलाई सम्मान गर्ने बताउनुभयो। 'इतिहासलाई इतिहासकै रुपमा हेरिनुपर्छ इतिहास मेटन पाइँदैनउहाँले भन्नुभयो- 'नेपालमा राणा शासनको पनि इतिहास छ त्यसलाई मेट्न पाइँदैन। रुसमा अझै जारका सालिक छन् चीनमा छन्।’  

No comments:

Post a Comment

Blogger Widgets