Blogger Templates

पूर्व राजपरिवारले प्रयोग गर्दै आएको रत्न मन्दिरको पनि लाइन काटियो

कास्की, श्रावण २६ -
विद्युत प्राधिकरण पोखरा शाखाले महसुल नतिर्ने पूर्व राजपरिवारले प्रयोग गर्दै आएको रत्नमन्दिर, हिमागृह र कल्पना सिनेमा हलको लाइन काटेको छ । 
बक्यौता बुझाउन अनुरोध गर्दा अटेर गरेपछि ०६७ पुष देखि रत्नमन्दिर र हिमागृहले  १ लाख ३३ हजार र कल्पना सिनेमा हलले गत जेठदेखि  ५१ हजार रुपैया महसुल नतिरेपछि प्राधिकरणले बिहीबार लाइन काटेको हो ।                  
अघिल्लो दिन करिव एक दर्जन सरकारी कार्यालयको लाइन काटेको प्राधिकरणले महशुल नतिरेका आधा दर्जन सरकारी कार्यालयका लाइन काट्ने भने पनि दोस्रो दिन भने रत्नमन्दिर र हिमागृहको मात्रै लाइन काटेको छ ।
महसुल नबुझाउने सेती बाँध, सेती डेस्लेटिन मेसिन, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोल्ट स्टोर क्षेत्रीय अदालतको लाइन काट्ने भने पनि काटिएन । महसुल तिर्ने भनेर पत्र आएपछि अन्य कार्यालयको लाइन नकाटिएको प्राधिकरणले जनाएको छ ।

No comments:

Post a Comment

Blogger Widgets