नवलपरासी, श्रावण २६
- सरकारी कार्यालयको सिको गर्दै लामो समयदेखि विद्युत महसुल नबुझाएको देशभरीको माओवादी लडाकु शिविरले ९ करोड ८६ लाख महसुल बुझाएको छ ।
ऊर्जा मन्त्री गोकर्ण बिष्टले सरकारी कार्यालयको लाइन काट्ने घोषणा गरेपछि झस्किएको माओवादी लडाकुको नेतृत्वले सबै शिविरको महसुल प्राधिकरण केन्द्रीय कार्यालयमा बुझाएको हो । सबै मुख्य शिबिर र सहायक शिविरहरुको गरेर कुल ९ करोड ४३ लाख बक्यौतामध्ये गत बैशाख सम्मको महसुलमा जरिवाना थप गरेर रकम बुझाएको हो ।
प्राधिकारण केन्द्रीय कार्यालयको लेखाशाखाले महसुल भुक्तानी भएको जानकारी दिएको हो । माओवादी शिविर नजिकका बिद्युत प्राधिकरण कार्यालयलाई प्राधिकरण केन्द्रीय कार्यालयले महसुल बुझाई सकेकोले तत्काल उनीहरुको लाइन नकाट्नु भन्ने मौखिक आदेश बुधवार दिएको हो ।
नवलपरासीस्थित माओवादी चौथो डिभिजनले बुझाउन पर्ने करिब ९९ सय लाख रुपैयाँ मध्ये अधिकांश रकम बुझाई सकेको जानकारी पाएको विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलका बरिष्ठ लेखा अधिकृत प्रेम पौडेलले जानकारी दिए ।
उनले शिविरको गत बैशाखदेखि यताको महसुल असुल्न बाँकी रहेको र त्यो पनि छिट्टै बुझाउने आश्वासन पाएको जनाए ।

No comments:
Post a Comment