Blogger Templates

'प्रचण्डलाई नभने मैले कसलाई भन्ने ?' शुशिल कोईराला

काठमाडौं, श्रावण १८ -
कांग्रेस सभापति सुशील कोइरालाले ठूलो पार्टीका नाताले शान्ति प्रक्रियाको जिम्मेवारी माओवादीमै रहेको दोहोर्‍याएका छन् ।
राजधानीमा बुधबार कांग्रेस मोरङ-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'जिम्मेवारी माओवादीकोमात्र हो भन्नु गलत हो' भनेपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
'माओवादी ठूलो पार्टी पनि हो र शान्ति प्रक्रियाको एउटा पक्ष पनि,' उनले भने, 'शान्ति प्रक्रिया सुरु गर्ने गिरिजाबाबु हुनुहुन्न, अब यसको नेतृत्व प्रचण्डजीले लिनुपर्छ भनेको हुँ, तपाईंलाई नभने मैले कसलाई भन्नु ?'
कोइरालाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सुरु गरेको शान्ति प्रक्रिया दाहालले पूरा गरे उनलाई जनताले महान् नेता बनाउने उल्लेख गरे । 'गिरिजाबाबुले सुरु गर्ने काम पूरा गर्ने काम त गर्नुभो,' उनले भने, 'अब तपाईंले पूरा गर्नुस्, तपाईंलाई जनताले महान् नेता बनाउनेछन्, यस्तो अवसर कमै नेतालाई मात्र प्राप्त हुन्छ, जुन जिम्मेदारी तपाईंले पाउनुभएको छ ।'
दाहालले भाषण गर्दा लामो समय ताली बजेकोप्रति लक्षित गर्दै उनले भने, 'तपाईंले आश्वासन दिंदा त त्यति लामो समय ताली बज्यो, अब कमसेकम शान्ति प्रक्रिया पूरा गर्ने आँट गर्नुस् जसरी गिरिजाबाबुले हामीलाई, पार्टीलाई बिर्सिएर काम सुरु गर्नुभएको थियो ।'

No comments:

Post a Comment

Blogger Widgets