युवा तथा खेलकुद मन्त्री ओनसरी घर्तीले आफु १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका उपलव्धीलाई संस्थागत गर्ने दिशामा प्रतिवद्ध भएर काम गर्ने बताएकी छिन् । एकीकृत नेकपा माओवादीकी केन्द्रीय सदस्य समेत रहेकी मन्त्री घर्तीले युवाहरुको विदेश पलायन लाई रोक्न आफुले प्रभावकारी कदम चाल्ने बताइन् । मन्त्रालयको कार्यभार सम्हाले लगत्तै आफु मातहतका कर्मचारी र पदाधीकारीहरुलाई संवोधन गर्दै उनले असाध्यै
असहज परिस्थितिमा आफुले मन्त्रालयको जिम्मेवारी सम्हाले पनि कर्मचारीहरुको रचनात्मक सहयोग पाएमा आफु सहज ढंगले अगाडि वढ्न सक्ने बताईन् । खेलाडीको सम्मान र विकास तथा खेल सम्बन्धी नीतिमा समेत पुनस्रंरचनाको खाँचो औल्याउँदै उनले खेल तथा राष्ट्रिय खेलाडीको सम्मान र विकासमा ठोस नीति ल्याइने बताइन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र बहादुर चन्द लगायतले आफ्ना विभाग र संगठनले मन्त्रीलाई पुर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
महिलाको समानुपातिक सहभागिता हुनुपर्ने माग राख्दै विगतदेखि नै आन्दोलनमा सहभागि भएकी मन्त्री घर्ती १० वर्षे जनयुद्धमा पनि एउटा सक्षम कमाण्डरका रुपमा परिचित थिइन् । उनी हाल माओवादी केन्द्रीय सदस्य तथा अनेमसंघ क्रान्तिकारीकी नेतृ पनि हुन् ।

No comments:
Post a Comment