Blogger Templates

मन्त्री टोपबहादुर रायमाझीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई घाइते भएका छन्

श्रावन १८ -
भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझी सवार बा १ झ ४२२५ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई घाइते भएका छन्।

केही समयअघि नारायणहिटी पश्चिमगेट नजिकै बा २२ प ९२२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक कृष्णबहादुर तामाङ र सवार मिलन आचार्य घाइते भएका हुन्। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।
मन्त्री रायमाझी चढेको गाडीले सर्वसाधारणलाई ठक्कर दिएपछि ट्राफिकले प्रहरीले गाडी र चालक इन्द्रमणि
पौड्याल लाई नियन्त्रणमा लिएको थियो। केही समय नियन्त्रणमा राखेर आज  हाजिर हुनेगरी पौडेललाई छाडिएको छ।

No comments:

Post a Comment

Blogger Widgets