
माओवादी केन्द्रीय समितिको बैठकले उपाध्यक्ष मोहन वैद्यलाई संगठन तथा अनुशासन विभाग प्रमुख र उनका पक्षका नेताहरुलाई सरकार र संसदीय दलको मुख्य पदमा, बाबुराम भट्टराईलाई भावी सरकारको प्रधानमन्त्री र संसदीय बोर्ड प्रमुखमा र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई वर्तमान पार्टीको तर्फबाट नेतृत्व गर्दै सरकारमा, महासचिव रामबहादुर थापालाई सैन्य ईन्चार्जमा र किरण समुहका प्रभावशाली भनिने नेता सीपी गजुरलेललाई बाहिरी मोर्चा ईन्चार्जको जिम्मा लगाएपछि माओवादी भित्रको बिवाद मत्थर भएको हो । माओवादीमा कार्यविभाजनलाई लिएर लामो समयदेखि नेताहरुबीच अन्तरसंघर्ष जारी थियो ।
माओवादीको आजको बैठकले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेका शान्ति र संविधानको कार्ययोजनालाई पनि पारित गरेको छ । दाहालले गरेको कार्यविभाजनको प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ ।स्थायी समिति सदस्य र केन्द्रीय समितिका सदस्यहरुको कार्यविभाजनको टुङ्गो पदाधिकरी बैठकले लगाउने छ । असार १० गतेबाट सुरु भएको बैठक पटक-पटक स्थगित भई एक महिनामा चार पटक मात्र बसेको थियो ।
No comments:
Post a Comment