Blogger Templates

त्रिशुलीमा बेपत्ता ५ परिवारलाई जनही ३५ हजार

७ साउन, काठमाडौं ।
तुइन चुडिएर त्रिशुलीमा खसेर हराएका ५ जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालय गोरखा र जिल्ला  विकास समिति गोरखाले राहत रकम प्रदान गरेका छन् । हिजो दैवी प्रकोप उद्धार समिति गोरखाको कोषबाट २५ हजार र जिल्ला विकास समिति गोरखाबाट १० हजार गरी प्रतिपरिवार ३५ हजारका दरले परिवारका सम्बन्धित व्यक्तिलाई रकम हस्तान्तरण गरिएको हो । बेपत्ता मीना श्रेष्ठका श्रीमान कुमार, अमृतलाल श्रेष्ठकी श्रीमती दुर्गामाया, रामकुमार श्रेष्ठकी श्रीमती विमला, जीत बहादुर गैरेकी श्रीमती सान्नानी र चितवन घर भएका छविलाल सिलवालकी श्रीमती मायादेवीलाई रकम हिइएको हो । त्रिशुलीमा खसेका आफ्ना मान्छे ७ दिनसम्म खोज्दा पनि नभेटिएपछि परिवारका सदस्यहरुले परम्पराअनुसार काजकृया गरिसकेका छन् ।

No comments:

Post a Comment

Blogger Widgets