६ साउन, म्याग्दी ।
म्याग्दीको गलेश्वरबाट बेनी आउादै गरेको ट्याक्सी कालिगण्डकी नदिमा खस्दा वेपत्ता भएकाहरु अझै भेटिएका छैनन् । ग १ ज १२३९ नम्बरको ट्याक्सी शुक्रबार बिहान बेनी-जोमसोम सडकखण्ड अन्तरगत जलेश्वरबाट कालिगण्डकी नदीमा खसेको थियो । चालक र यात्रु ट्याक्सी सहित ६ जना कालिगण्डकी नदीमा वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक दिनेशकुमार आचार्यले बताउनुभयो । वेपत्ता मध्ये ट्याक्सी मालीक समेत रहेका चालक गलेश्वरका ३७ वषिर्य बेदप्रसाद सुवेदी, दग्नामका १० वषिर्य इस्पेन शेरपुजा, बेगका ४७ वषिर्य दलबहादुर तिलीजा, हिस्तान काी ११ वषिर्या दिपा गर्बुजा तथा उनका बाबा र आमा रहेको प्रहरीले जनाएको छ । बेपत्ता दिपाको बाबा र आमाको नाम भने खुल्न सकेको छैन । उकालो चढेर ओराले झर्ने क्रममा टायर चिप्लीदाा ट्याक्सी सडक देखि करिब २० मिटर तल खसेको प्रत्यक्षदर्शी अर्का चालक मिनबहादुर लामाले बताउनुभयो । नदी किनारमा खसेको ट्याक्सीलाई नदीले तीन सय मिटर बगाएको छ । नदीको बिच भागमा ढुङ्गामा अड्कीएको अवस्थामा रहेको ट्रयाक्सीलाई प्रहरी, सेना, रेडक्रसकर्मी, यातायात व्यवसायीको प्रयासमा दिउासो नदी बाहीर निकालीएको थियो । ट्याक्सी बाहिर निकालिए पनि चालक र कुनै पनि यात्रु नभेटिएको प्रनाउ आचार्यले बताउनुभएको छ । कालिगण्डकी नदिमा पानिको बहाब अत्याधिक रहेकाले वेपत्ताको जिवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको छ । आफन्त र प्रहरीले वेपत्ताको खोजी सुरु गरेका छन् । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरिक्षक आचार्यले बताउनुभयो ।
No comments:
Post a Comment