रचनाकार-: बिष्णु प्रसाद आचर्य
भ.न.पा. ८ गौरीगन्ज चितवन, नेपाल
न भाषा नै मिल्छ
न धर्म नै मिल्छ
यो कस्तो मुलुक हो
म बुझ्नै सकिन
दुई मुटु मिल्यो
दुई आखाँ जुध्यो
एउटै बनाउन गह्र्यो भो
एउटा नाता जोडौकी भनेको
आफ्नो धर्म नै छोड्नु पर्ने
यो कस्तो मुलुक हो
म बुझ्नै सकिन !
बिरामी पर्दा MC नपाइने
यो कस्तो मुलुक हो
जिबन र मृत्यू को दोधार मा
छटपटाई रहेछ एउटा बिरामी
तै पनि मेडिकल लान नपाइने
यो कस्तो मुलुक हो
म बुझ्नै सकिएन!!
दिउसै लुटेरा लाग्ने
राम्रो मोबाइल बोकेर हिड्नैनहुने
यो कस्तो मुलुक हो
म बुझ्नै सकिन!!!
तिर्खा लाग्दा पानी खान नपाइने
यो कस्तो मुलुक हो
पिसाब लाग्दा पिसाब फेर्न नपाइने
यो कस्तो मुलुक हो
म बुझ्नै सकिएन!!!!
जस्को नुन पनि चल्छ
उसैको शासन चल्छ
यो कस्तो मुलुक हो
सहि र गलत,साचो र झुटो
छुट्याउन नपाइने
यो कस्तो मुलुक हो
म बुझ्नै सकिएन
समाप्त
No comments:
Post a Comment