काटाकुटी गाउँ बिकास समिति जनकपुर अंचल, दोलखा जिल्ला तथा नेपालको २७.६३°उत्तर ८५.९८°पूर्बी मा अबस्थित यो गा.बि.स बाट प्रस्ट रुपमानै गौरिशंकार हिमालले बिहानिको मिर्मिरे किरण संगै ओठमा लाली लगाएर मुस्कुराएको देख्न सकिन्छ भने यहाँ बाट देख्न सकिने अरु ठाउँ हरुमा कालिन्चोकी भगवोती माई को मन्दिर अनि चरिकोट बजार तथा चर्नावोती, मागा खोला अनि फस्कू खोला सुसाएको सुन्न सकिन्छ, यीनै सुस्केरा संगै बसन्त ऋतुमा कोइलीहरुले गाईएका गीतहरु त्यो नागी र कोपिला जंगल अनि चुलीडाँडाको लाकुरीको रुख बाट चैते हुरी संगै गुन्जिएर आएका मिठासपूर्ण ध्वानिहरुले उजाड मौसम मा पनि मनलाई त्यसै त्यसै चंगा बनाई दिन्छ, त्यहि हो मेरो प्यारो गाउँ काटाकुटी जहाँ म जन्मिए, हुर्के अनि श्री बीरेन्द्र मा.बि. मा अध्ययन गरे पनि, सन् १९९१ को जनगनाना अनुसार यस गा. बि. स. मा जम्मा ७४० घर धुरी मात्रै भएको पाइन्छ भने त्यो बेलाको जनसंख्या जम्मा ३६६० जना मात्रै भएको तथ्यांक भेट्न सकिन्छ ।
यो ठाउँ समथर जस्तो जमिनको भू-बनोट नभएर भिरालो तरिकाले बनेको हुनाले एकै समयमा पनि विभिन्न तरिका र प्रकारका हावा पानीहरु पाइन्छन बेशी खकाले फेदी मा गरम हुदाँ माथि लेख नागी अनि ढुंगे र मागादेउराली तिर जाडो नै हुन्छ भने बिच भूभाग तिर सहज खालको हावापानी मिल्दछ, नेपालको विभिन्न बिकासको मापदण्डलाई आधार मान्दा दोलखा जिल्ला त्यति दुर्गम रुपमा कहलिदैन र चिनिदैन पनि, त्यहि आधारमा यो गा.बि.स एक अर्ध बिकसित भएको ठाउँको रुपमा लिन सकिन्छ ।
ने.क.पा माओबादीको १२ बर्षे जनयूद्ध बाट नेपालको अरु जिल्ला र गाउँ हरु प्रभाबित भए जस्तै यो गा.बि.स. पनि त्यस बाट अछुतो रहन भने सकेन, माओबादीको जनयूद्ध कालमा निबर्तमान शाही सरकारले गरेको त्यो नरसंहार पूर्ण हृदय बिदारक बोत्ले काण्ड नेपालको ईतिहास मा सधै अबिस्मरनिय रही रहने छ, बिहानीको भालेको डाँक संगै गाउँ पसेका नर-भक्षेक हरुले कालो रात भाग्न नपाउदै, पूर्बमा उज्यालो ले लालिकिरण सजाउन नपाउदै, चराहरुले गुड छोड्न नपाउदै साउनको कुहिरो संगै मेघ गर्जिए झै आवाज निकाल्दै निस्किएका भोका तर निर्जिब गोलीहरूले १८ जनाको ज्यान लियो तर निर्दोस जनताहरुले केहि न बोल्नै सके न गर्न नै .......... र यो १२ बर्षे अबधिमा बिकासको खासै उलेख्य कुनै काम हरु भएन, जब तत्कालिन राजा ज्ञानेन्द्र ले कु गरे त्यसपछी माओबादी पार्टी र संसदीय राजनीतिक पार्टीहरु एक अर्कामा आत्म समर्पण गर्न पुगे, त्यसपछी देशले नयाँ मोड लियो २३७ बर्षे पुरानो राजतन्त्र हटेर गणतन्त्र घोषणा गरियो, अहिले यहाँका जनताहरु शान्तीका स्वास फेर्दै हातमा हात मिलाउदै बिकासको मूल फुटाउन आतुर देखिन्छन ।
श्री बीरेन्द्र मा.बि.सम्म जोडिएको ग्रामीण सडक
श्री बीरेन्द्र मा.बि. काटाकुटी -७ दोलखा
यस गाउँ क्षेत्रफ़लको हिसाबले मझौला खालको जनासंख्या भए पनि भौगोलिक विकटताको कारण यहाँ वार्ड न. ७ मा श्री बीरेन्द्र मा.बि., श्री जनकल्याण प्रा.बि. वार्ड न.३, श्री कालिभुमी नि.मा.बि. वार्ड न. १, श्री जुगेश्वोरी प्रा.बि. वार्ड न.८, वार्ड न. ६ मा एउटा बोर्डिंग स्कुल सहित वार्ड न.२ भुरुंगा मा एउटा प्रा.बि संचालन मा छन् । करिब बर्षेनी १४०० जना बिधार्थी बालबालिकाहरुले शिक्षाको ज्योति भविष्यको उज्यालो बाटो देख्न पाई राखेका छन् यस गा.बि.स. मा सामाजिक कार्य र बिकास निर्माणलाई टेवा पुर्याउने उद्धेश्यले युबा तथा विभिन्न वर्ग र समुदायका व्यक्तिहरु द्वारा संघ संस्था हरु खोलिएका छन् । जसमा श्री शिखर जनजागृति समूह, लोकतन्त्र सहकारी संस्था, टुकी संघ, भूपू सहकारी संस्था, बालज्योति युबा क्लब, हरिसिद्धि युबा क्लब, आमा समूह सक्रिय रुपमा लागि परेका छन् । श्री शिखर जनजागृति समूह ले आफ्नो स्थापनाकाल २०६३ देखिनै श्री बीरेन्द्र मा.बि. मा अध्यनरत बिधार्थी छात्र छात्राहरुको लागि शैक्षिक प्याकेज सहित उनीहरुको गुणस्तर र क्षेमतामा अभिवृद्धि गर्ने उदेश्यले प्रतेक शैक्षिक सत्रमा विभिन्न कार्यक्रम सहित सफल तथा गरिब जेहेन्दार र दलित, गैरदलित बिधार्थीहरुको गुणस्तरलाई मापदण्ड बनाई आबश्यक सामग्री सहित अभिनन्दन गर्दै आएको छ त्यस्तै टुकी संघ र अन्य स्थानीय एनजिओ हरुले पनि सबै तह तप्का र बर्गका समुदायलाई समेट्न नसके पनि आफ्नो लक्क्ष प्रति प्रतिबद्ध भइ काम गर्दै आइरहेका छन् ।
क्रमशः अपलोड गरिदै
No comments:
Post a Comment