Blogger Templates

‘नेपाली आमा’

                    रचनाकार:- दिल कुमार तमाङ् भाबुक’

अन्तराष्ट्रिय नेपाली साहित्य समाज मलेशिया शाखाद्वारा आयोजित मलेशियाब्यापी प्रथम कविता प्रतियोगितामा उत्कृष्ट कवितामा पर्न सफल तथा मलेशिया मा प्रकाशित श्रम साप्ताहिक पत्रिकामा बर्ष ६ अंक ९, २०६५ जेठ १८ मा प्रकाशित कविता ‘नेपाली आमा’


नेपाली आमा नरोउ तिमि म फर्की आउनेछु !
शीउदोको शिखर त्यो चन्द्र सूर्य आएर चुम्ने छु !!
कोमल आत्म यो छाती मेरो दश नङ्ग्रा खियाउदै !
पराइको देशमा हिम नदीसरीपसिना बगाउदै !!

सगरमाथा जस्तो अटल शीर धनुष झै झुकाउदै !
बाँचे पनि मरे तुल्य जीबन ओठ मुख सुकाउदै !!
बुद्धको ज्ञान बीरताको गाथा ती सबलाई सम्झदै !
उजाड भूमिमा रमाउनु परयो यो आत्मा जलाउदै !!

लेक र बेशी पहाड तराई ती अग्ला हिमाल !
अरनिको भानु बुद्धको देश स्वोर्ग जस्तो नेपाल !!
मरेछु भने चन्द्र सूर्य अंकित झन्डा होस छातीमा !
यो भौतिक शरीर बिलिन होस नेपाली धर्तीमा !!!
                       
    अन्तरास्ट्रिय नेपाली साहित्य समाज मलेशिया साखाद्वार प्रदान गरिएको प्रमाण पत्र

No comments:

Post a Comment

Blogger Widgets