Blogger Templates

'शहिदले धिकार्ला’

                       रचनाकार:- दिल कुमार तमाङ् ‘भाबुक’

मलेशियामा प्रकाशित पत्रिका श्रम साप्ताहिक पत्रिकामा मा वर्ष ६ अंक १, बैसाख १ आइताबार २०६५ प्रकाशित कबिता ‘शहिदले धिकार्ला’ 

ए क्रान्तिकारी योद्धाहरु हो
अब थाक्नु हुदैन है
सुनौलो बिहानी ल्याउनै पर्छ
शहीदले धिकार्ला है !

           धक्का दिनुस किल्ला किल्लामा
           मेची काली उठ्नै पर्छ
           दासत्वको अन्त्य गर्दै
           सामन्ती सत्ता तोड्नै पर्छ !

अघि बढौ योद्धाहरु
दरबारको पर्खाल फोर्नै पर्छ
कलम हुनेले कलम चलाउ
गरिबको ईतिहास कोर्नै पर्छ !

           सामन्तिको जन्जिर तोड्न
           श्वास तीनको चोर्नु पर्छ
           सीप हुनेले खाल्डो बनाउ
           जिबशेस पुर्नु पर्छ !

ए क्रान्तिकारी योद्धाहरु हो
अब थाक्नु हुदैन है
गणतन्त्र ल्याउनै पर्छ
शहिदले धिकार्ला है !
                   समाप्त

No comments:

Post a Comment

Blogger Widgets