काठमाडौ, श्रावण ९ -
प्रधानमन्त्री झलनाथ खनालले जेठ १४ पछाडि दलहरुबीच सहमतिको राजनीति अगाडि बढेकाले मन्त्रिपरिषद् पुर्नगठनको विषयलाई पनि त्यही अनुसार बढाउनुपर्ने बताएका छन् ।
माओवादीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फेरबदल गर्ने निर्णय गरेपछि प्रधानमन्त्री खनाल असन्तुष्ट देखिएका छन् । उनले पाँच बुँदे सहमति कार्यान्वयन गर्ने दवाब बढीरहेको बेला मन्त्रिमण्डल पुर्नगठनले राम्रो सन्देश नदिने बताएका छन् । बालुवाटारमा सोमबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालसंगको भेटमा खनालले सहमतिको राजनीति अगाडि बढेकाले मन्त्रिपरिषद्को पुर्नगठन पनि त्यससंग जोडिएको बताए ।
दाहालले आफ्नो पार्टीको केन्द्रीय समितिले गरेको निर्णय बारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । माओवादीले केही पुरानालाई यथावत राख्दै १२ क्याविनेट र १२ राज्य मन्त्रीको नाम सिफारिस गरेको छ । प्रधानमन्त्रीले विपक्षी दलसहित तीन दलका नेता बसेर शान्ति,संविधान र सहमतिका विषयलाई टुंग्याउनुपर्नेमा जोड दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । शान्ति,संविधान र सहमतिका लागि बल पुर्याउनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो थापाले भने । पाँच बुँदे सहमति कार्यान्वयनका विषयमा खनालले दाहालसंग छलफल गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डसँगको भेट सकिएलगत्तै प्रधानमन्त्री कोइरालालाई भेट्न महाराजगाज पुग्नुभएको हो । भेटमा माओवादीले नयाँ मन्त्रीहरु सिफारिस गरेको बिषयमा दुवै नेताहरुले असन्तुष्टी ब्यक्त गर्नुभएको छ । कोइरालासँगको भेटमा प्रधानमन्त्री खनालले माओवादीका नयाँ मन्त्रीहरुलाई आज सपथ नगराउने बताउनुभएको छ । उहाँले माओवादी पाँचबुँदे सहमति भन्दा बाहिर गएको प्रतिकि्रया दिनुभएको छ ।
No comments:
Post a Comment